कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेका छन् ।
मन्त्री बनेपछि उनले आज जङ्गी अड्डा पुगेर नेपाली सेनाको बारेमा औपचारिक जानकारी लिएका हुन् ।
जङ्गी अड्डामा आयोजित कार्यक्रममा मन्त्री उप्रेतीलाई नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा सेनाले सञ्चालन गरिरहेका विविध गतिविधिहरूका बारेमा जानकारी गराइएको थियो ।
निरीक्षण भ्रमणमा पुगेका नवनियुक्त मन्त्रीलाई प्रधानसेनापति प्रभुराम शर्माले बधाईसहित स्वागत गरेका थिए ।
कार्यक्रममा मन्त्री उप्रेतीले राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय एकताको रक्षार्थ नेपाली सेनाले निर्वाह गर्दै आएको भूमिका महत्वपूर्ण रहेको बताए ।
साथै विकास निर्माण, विपद् व्यवस्थापन, नागरिक सहयोग, खेलकुद एवं विश्व शान्ति स्थापनामार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान स्थापित गराउन नेपाली सेनाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
यस्तै प्रधानसेनापति शर्माले संविधान प्रदत्त जिम्मेवारीका अलावा नेपाल सरकारबाट प्राप्त विकास निर्माणलगायत विविध जिम्मेवारीहरू समयमा नै पूरा गर्न सेना सदैव कटिबद्ध रहेको बताए ।
उक्त जिम्मेवारीहरू पूरा गर्ने क्रममा आई पर्ने चुनौतीहरूलाई नियमसम्मत मन्त्रालयबाट सम्बोधन हुँदै आएको उनले बताए ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...