×

NMB BANK
NIC ASIA

माछापुच्छ्रे बैंकले मनायो ग्लोबल मनी सप्‍ताह

काठमाडाैं | चैत १२, २०८०

NTC
Premier Steels

​वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ‘ग्लोबल मनी वीक २०२४’ माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रुपमा मनाएको छ ।

Muktinath Bank

‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ भन्ने नाराका साथ मार्च १८ देखि २४ तारिखसम्म परेको वीक अन्तर्गत बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयमार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंकले देशका ७ वटै प्रदेशमा स्थानीय स्कूल, कलेज, क्लबहरूसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी अन्तरक्रिया कार्यक्रमहरूको आयोजना गरी ‘ग्लोबल मनी वीक २०२४ भव्य रुपमा मनाएको हो ।


Advertisment
Nabil box
Kumari

सो अवधिमा बैंकले बैंकिङ्गसम्बन्धी आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्त्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने प्रक्रिया, बचत गर्ने बानी सुधार्ने तरिका, बैंकहरूले प्रदान गरिरहेका डिजिटल सेवाका बारेमा जानकारी गराइएको बैंकले जनाएको छ । 

Vianet communication

यस्तै, डिजिटल सेवाहरूको प्रयोग गर्दा अपनाउनुपर्ने सचेतना, बैंकले प्रवाह गर्ने विभिन्न कर्जा, रेमिट्यान्स, गैरकानुनी रुपमा गरिने हुन्डीको कारोबार र त्यसका नकारात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका आदि जस्ता विषयहरूमा विस्तृत जानकारी दिइएको थियो ।

ग्लोबल मनी सप्‍ताह सन् २०१२ देखि प्रत्येक वर्षको मार्च महिनामा युवा तथा बालबालिकाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्न तथा वित्तीय सचेतना जगाउने उद्देश्यले मनाउने गरिन्छ ।

सोही अनुरूप युवा अवस्थादेखि पैसाको व्यवस्थापन गर्न, भविष्यका लागि बचत गर्न र परिवारमा आर्थिक सहयोग पुर्‍याउने मद्दत गर्ने विश्वासका साथ बैंकले हरेक वर्ष ‘ग्लोबल मनी वीक’ मनाउँदै आएको छ ।

माछापुच्छ्रे बैंकले आम ग्राहक वर्गलाई लक्षित गर्दै यस अघि पनि विभिन्न माध्यममार्फत वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गर्दै आइरहेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २६, २०८१

माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ । मूलपानी क्रिकेट मैदानमा मंगलवार सम्पन्न फाइनलमा आईसीएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंक...

बैशाख ३१, २०८१

माछापुच्छ्रे बैंकले 'न्यू स्मार्ट तलब खाता' अन्तर्गत दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई बीमा रकम भुक्तानी गरेको छ ।​​​​​​ वीरगन्जको आदर्शनगरस्थित बैंकको शाखामा ...

जेठ १, २०८१

शेयर बजारमा मंगलबार जलविद्युतका सेयर अस्वाभाविकरुपमा बढेको छ । नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुगेको छ । यो साता नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको बढोत्तरी भएको हो ।  मं...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x