×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेशसभा बैठक : सार्वजनिक लेखा समितिको प्रतिवेदन स्वीकृत

सुर्खेत | चैत १२, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

 कर्णाली प्रदेशसभाको आजको बैठकले ‘सार्वजनिक लेखा समितिको प्रतिवेदन २०८०’ लाई सर्वसम्मत स्वीकृत गरेको छ । बैठकमा सभामुख नन्दा गुरुङले सार्वजनिक लेखा समितिका सभापति जीतबहादुर मल्ललाई प्रस्ताव प्रस्तुत गर्न समय दिइन् । 

Muktinath Bank

बैठकमा नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले महालेखा परीक्षकले सुशासनमा सहयोग पुग्ने गरी कर्णाली प्रदेश सरकारको बेरुजुमा भएका त्रुटि औंल्याएको बताए । “यो पाँच वर्षको अवधिमा कर्णाली प्रदेश सरकारको रु चार अर्ब बेरुजु छ,” उनले भने, “अब भने प्रदेश सरकारले ल्याउने नीति कार्यक्रम भविश्यलाई असर नपुग्ने गरी ल्याउनु पर्दछ ।” बाहिरिने क्रममा बरबुझारथ गर्दा सम्बन्धित सचिवले दायित्व लिने गरी ऐन आउनुपर्ने जनाउँदै नेता शाहीले बेरोजुका सम्बन्धमा सरकारका मन्त्री, सचिव तथा लेखाले प्रमुख दायित्व लिनुपर्नेमा जोड दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारले सार्वजनिक लेखा समितिको महत्वपूर्ण भूमिकाले पछिको बाटो खुला गरेको धारणा व्यक्त गरे । प्रतिवेदनमार्फत वित्तिय अनुशासन कायम गर्न मात्र नभई प्रदेश सरकारको कार्यदक्षता, प्रभाकारिता र कार्यान्वयनमा पनि सहयोग पुग्ने उनले बताए ।


Advertisment
Nabil box
Kumari

नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईले प्रदेश सरकारका सम्बन्धित निकायबाट भएका कमजोरीका कारण रु चार अर्ब बेरुजु आएको जिकिर गरे । उनले एमआरआईलगायका स्वास्थ्यका उपकरण खरिद गर्दा अनियमितता भएको महालेखा परीक्षकले देखाएको बताए । सार्वजनिक खरिद नियमावलीअनुसार रु २० लाखभन्दा माथि टेण्डरमार्फत जानुपर्ने भनिएपनि भौतिक मन्त्रालयले सोझै समान किनेको आरोप लगाउँदै उनले यतिबेला आएको प्रतिवेदनले सुशासन र पारदर्शिताका लागि मार्ग प्रशस्त गरेको जनाए । रासस

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x