फागुन ३०, २०८०
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
दमौली–तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारका तर्फबाट रु एक अर्ब दश करोडभन्दा बढी वित्तीय समानीकरण अनुदान प्राप्त हुने भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसबमोजिम तनहुँका चार नगरपालिका र छ गाउँपालिकालाई रु एक अर्ब १० करोड ५७ लाख वित्तीय समानीकरण अनुदान प्राप्त हुन लागेको हो ।
आयोगले आर्थिक वर्ष २०८१र८२ का लागि नेपालको संविधान र प्रचलित कानुनबमोजिम सङ्घीय सञ्चित कोषबाट प्रदेश तथा स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समनीकरण अनुदान सम्बन्धमा सरकारलाई सिफारिस गरेको जनाएको छ ।
तनहुँलाई आगामी आर्थिक वर्षमा प्राप्त हुने अनुदान रकम चालु आवको तुलनामा रु नौ करोड ९९ लाख बढी हो । चालु आवमा जिल्लालाई रु एक अर्ब ५८ लाख वित्तीय समानीकरण अनुदान प्राप्त भएको थियो ।
आयोगका अनुसार तनहुँको भानु नगरपालिकाले रु १३ करोड ६१ लाख प्राप्त गर्नेछ । व्यास नगरपालिकाले रु १८ करोड नौ लाख, म्याग्दे गाउँपालिकाले रु नौ करोड ४८ लाख, शुक्लागण्डकी नगरपालिकाले रु १४ करोड ४६ लाख, भिमाद नगरपालिकाले रु १० करोड ९७ लाख, घिरिङ गाउँपालिकाले रु आठ करोड ४१ लाख, ऋषिङ गाउँपालिकाले रु नौ करोड ६१ लाख, देवघाट गाउँपालिकाले रु आठ करोड ७० लाख, बन्दीपुर गाउँपालिकाले रु आठ करोड ७० लाख र आँबुखैरेनी गाउँपालिकाले रु नौ करोड ४१ लाख अनुदान पाउनेछन् ।
आयोगले गरेको मूल्याङ्कनमा यस वर्ष भिमाद नगरपालिका धेरै अङ्क प्राप्त गरी प्रथम भएको छ । भिमादले ४१ दशमलव ७६ प्रतिशत अङ्क प्राप्त गरेको हो । सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्कसमेतका आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अङ्क प्रदान गरेको हो । कार्यसम्पादन मूल्याङ्कनका लागि स्थानीय तहका लागि १७ सूचक तय गरिएको छ ।
समयमै बजेट पेस गरे–नगरेको, असार मसान्तभित्र बजेट पास गरे–नगरेको, राजस्व बाँडफाँट गरे–नगरेको, आगामी आर्थिक वर्षको बजेटको अनुमान अर्थ मन्त्रालयमा पुस मसान्तभित्र पेस गरे–नगरेको विषयलाई सूचकमा समावेश गरिएको थियो ।
यस्तै आन्तरिक राजस्वको लक्ष्य र सङ्कलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरे–नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको सङ्ख्या, संस्थागत प्रसूति सङ्ख्या, बालबालिकाको सङ्ख्यालगायत शीर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अङ्कभार दिएको हो ।
दश स्थानीय तहमध्ये भिमाद प्रथम हुन सफल भएको छ भने देवघाट गाउँपालिका कमजोर अवस्थामा छ । देवघाट गाउँपालिकाले १६ दशमलव ३७ प्रतिशत अङ्क प्राप्त गरेको छ ।
यसैगरी भानु नगरपालिकाले २९ दशमलव ६२, व्यास नगरपालिकाले ३४ दशमलव ९९, म्याग्दे गाउँपालिकाले २४ दशमलव ५२, शुक्लागण्डकी नगरपालिकाले २९ दशमलव २६, घिरिङ गाउँपालिकाले १८ दशमलव ७६, ऋषिङ गाउँपालिकाले ३४ दशमलव शून्य एक, बन्दीपुर गाउँपालिकाले २४ दशमलव ६८ र आँबुखैरेनी गाउँपालिकाले ३५ दशमलव ६८ प्रतिशत अङ्क प्राप्त गरेको छ । –रासस
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...