×

NMB BANK
NIC ASIA

बोआओ फोरममा विष्णु पौडेलको सम्बोधन– नेपालले विकासको गतिलाई तीव्रता दिने विश्वास

काठमाडाैं | चैत १५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले ’विश्व विकास पहलकदमी (जीडीआई)’ शुरू गरेकोमा चीनलाई धन्यवाद दिएका छन् । 

Muktinath Bank

चीनको बोआओमा आयोजित ’ग्लोबल डेभलपमेन्ट इनिसिएटिभः प्रमोटिङ वर्ल्ड पिस’ कार्यक्रममा बिहीवार सम्बोधन गर्दै उनले जीडीआईले गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, जलवायु परिवर्तन र डिजिटल विकासलाई प्राथमिकतामा राखेकोमा आफू खुसी भएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

’कुनै पनि देशलाई पछाडि नछोड्ने र विकासका प्राथमिकताका क्षेत्रहरूलाई सम्बोधन गर्ने दृष्टिकोणमा जीडीआईले लिएको पहलकदमी नेपालको आफ्नै विकासका प्राथमिकतासँग पनि जोडिएको छ,’ सम्बोधनका क्रममा पौडेलले भने ।


Advertisment
Nabil box
Kumari

उनले जीडीआई फोरमले एसियासँगै विश्वका अन्य क्षेत्रको विकासका लागि महत्वपूर्ण मुद्दाकेन्द्रित वार्ता र छलफलका लागि ठाउँ सिर्जना गरिदिएको भन्दै चीनको प्रशंसासमेत गरे । 

Vianet communication
Laxmi Bank

null

‘यस वर्षको विषयवस्तु ’ग्लोबल डेभलपमेन्ट इनिसिएटिभः प्रमोटिङ वर्ल्ड पिस’ निकै समयसापेक्ष छ,’ उनले भने, ’किनकि विकास र शान्तिको मार्गमा जटिल चुनौतीहरूको सामना गरिरहेका छौं । यो फोरमले त्यसको समाधानका लागि महत्त्वपूर्ण भूमिका खेलेको छ ।’

एसियाली देशहरूबीच एकआपसमा सहयोग प्रवर्द्धन गर्न ’बोआओ फोरम एसिया (बीएफए)को योगदानले जीडीआईको विश्वव्यापी साझेदारीको आह्वानसँग मेल खाने उनले बताए । 

सम्बोधनका क्रममा उनले भने, ’विश्वव्यापी मुद्दामा सहकार्य गरेर अघि बढ्ने, ज्ञान आदानप्रदान गर्ने र नवप्रवर्तनलाई बढावा दिने यस मञ्चको पहलकदमीले अन्तर्राष्ट्रिय समुदायले दिगो विकासका लक्ष्यहरू हासिल गर्न सक्छ ।’

नेता पौडेलले यस्ता महत्त्वपूर्ण पहलकदमीमाथि नेपालको प्रतिबद्धतालाई थप जोड दिँदै आफ्नो देश पनि यस समूहमा भाग लिन लागेकोप्रति खुसी व्यक्त गरे । 

उनले पूर्वाधार विकास, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिजस्ता क्षेत्रमा बढ्दो अन्तर्राष्ट्रिय सहयोगले नेपालको राष्ट्रिय विकासको गतिलाई तीव्रता दिने विश्वास व्यक्त गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x