बैशाख ३, २०८१
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
बुटवल | चैत १५, २०८०
लुम्बिनी विकास कोषको हाताभित्र बनाइएका बिहारहरूमा पर्यटक, धार्मिक पर्यटक वा तीर्थयात्रीका नाममा गरिँदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग राख्दै यहाँका व्यवसायीले आन्दोलन शुरू गरेका छन् ।
गुरुयोजना क्षेत्रका बिहार तथा गुम्बामा पर्यटक राख्ने व्यवस्था अविलम्ब स्थायी रुपमा रोक लगाउन माग गर्दै लुम्बिनी होटल संघ नेपालले कोषविरुद्ध आन्दोलन शुरू गरेको हो ।
संघले ‘गरी खान देउ’ भन्ने नाराका साथ आन्दोलन थालेको अध्यक्ष गोविन्दप्रसाद ज्ञवालीले बताए । आन्दोलनका कार्यक्रमअन्तर्गत बिहीवारदेखि अनिश्चितकालीन धर्ना शुरू गरिएको छ ।
माग पूरा नभएसम्म कोषको कार्यालय प्रांगणमा शान्तिपूर्ण धर्नासहितका विभिन्न कार्यक्रम गरिने अध्यक्ष ज्ञवालीले बताए ।
‘तीन दिनसम्म दिनको दुई घण्टा शान्तिपूर्ण धर्ना र त्यसपछि समय बढाउँदै लैजाने तयारी छ,’ उनले भने, ‘लुम्बिनीमा उपलब्ध हुन सक्ने विद्धत वर्गलाई सम्मिलित गरी प्रा केन्जो टाँगेले तयार गरेको गुरुयोजनामाथि छलफल, विमर्श गरी सम्बन्धित मन्त्रालयहरूमा निचोड बुझाइने छ ।’
बिहारहरूमा पर्यटक राख्नेगरी सयौं कोठा बनाइएकोमा संघको आपत्ति छ । बिहार र गुम्बा बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको नमूना नभइ व्यापारको थलो बनेकोमा अध्यक्ष ज्ञवालीले चिन्ता व्यक्त गरे ।
‘समस्या समाधानको माग गर्दै गत फागुन २९ गते सात दिनको समय दिएर ज्ञापनपत्र बुझाइएको थियो । तर अघिल्ला वर्षहरूजस्तै बिहारहरूलाई एक–एक थान पत्र बुझाउनुबाहेक कुनै ठोस कदम चालिएन,’ उनले थपे ।
संघका महासचिव पुरुषोत्तम अर्यालले नियमविपरीत बिहारमा होटल व्यवसाय सञ्चालन गरेको कार्यविरुद्ध १२ वर्षदेखि आफूहरू लड्दै आएको र हालसम्म मागको सुनुवाइ नभएको गुनासो गरे ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...