×

NMB BANK
NIC ASIA

सहकारी ठगी प्रकरण

कस्तो हो कांग्रेसले गृहमन्त्री रविमाथि छानबिन गर्न मागेको संसदीय समिति ? कसरी गर्छ काम ?

काठमाडाैं | चैत २२, २०८०

NTC
Premier Steels

सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको मागलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘बटमलाइन’ बनाएपछि सदन सुचारू गर्न सरकारलाई अप्ठ्यारो पर्ने देखिएको छ ।

Muktinath Bank

कांग्रेसले आगामी बैठकमा संसदीय छानबिन समिति गठनको प्रस्ताव ल्याउन अल्टिमेटम दिँदै अन्यथा संसद चल्न नदिने जानकारी बुधवार गराइसकेको छ । संसद्को अर्को बैठक यही चैत २७ गतेलाई बोलाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिपक्षी हैसियतमा रहेको प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेसको मागलाई बेवास्ता गरेर अगाडि जान सरकारलाई अप्ठ्यारो छ ।


Advertisment
Nabil box
Kumari

संसदीय छानबिन समिति गठन नगरे संसद् चल्न नसक्ने, गठन गरे सरकार अप्ठ्यारोमा पर्ने दबाबले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा छन् । 

Vianet communication

फागुन २१ गते कांग्रेससँगको समीकरण भत्काएर एमाले र रास्वपासँग प्रचण्डले सत्ता साझेदारी गरेपछि सहकारी ठगीको विषय संसद्मा जोडदार ढंगले उठ्न थालेको थियो । सहकारीको पैसा अपचलनमा संलग्न रहेको भनेर प्रहरीमा पूरक जाहेरी परेका लामिछानेलाई गृहमन्त्री बनाएलगत्तैदेखि कांग्रेसले संसद्मा कुरा उठाइरहेको थियो । 

प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक विश्वासको मत लिने दिन फागुन ३० गतेको बैठकको शुरूमै कांग्रेस सचेतक सुशीला थिङले सहकारी ठगीमा संलग्नलाई मन्त्री बनाइएको भन्दै संसद् सहज ढंगले चल्न नसक्ने चेतावनी दिइन् । त्यो दिन प्रचण्डले त्यही व्यक्तिलाई प्रधानमन्त्री अफर गरेको र आफ्नो कित्तामा नआएपछि सहकारी गठ भनेको भनेर कांग्रेसलाई जवाफ फर्काएका थिए ।

चैत्र ६ गते संसदमा प्रधानमन्त्री प्रचण्डले सहकारी ठगीमा रविको संलग्नताको पुष्टि हुने प्रमाण फेला नपरेको भन्दै सामान्य जवाफ दिए ।

लगत्तै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले रविविरुद्ध यथेष्ट प्रमाण रहेको भन्दै संसदीय छानबिन समिति गठनको विकल्प सुझाए । 

राजनीतिक सहमति जुट्न मुस्किल

गृहमन्त्रीमाथि लागेको सहकारी ठगीको आरोपबारे संसदीय छानबिन गर्नुपर्ने मागलाई कांग्रेसले प्रतिष्ठाको विषय बनाइसकेको छ । आकस्मिक, शून्य र विशेष समयमा कांग्रेसका सांसदहरूले बोल्ने विषय बनेको छ, सहकारी ठगीमा गृहमन्त्रीका संलग्नता । 

सभापति शेरबहादुर देउवाले यो विषयलाई धेरै नउचाल्न आग्रह गरे पनि महामन्त्रीद्वयले सहकारी ठगीमा रविको संलग्नताबारे संसद्बाट जोडदार ढंगले कुरा उठाइसकेका छन् । सत्ताको वैकल्पिक समीकरण बनाउनका लागि रास्वपालाई धेरै नचिढ्याउने देउवाको रणनीति रहेको भन्ने खालका समाचार आएपछि महामन्त्रीहरू झनै सशक्त ढंगले बोले ।

बुधवार प्रतिनिधि सभा बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बोलिसकेपछि पनि अजय चौरसियाले त्यही विषयमा विशेष समयमा बोले । महामन्त्री शर्माले ५० औं हजार सर्वसाधारणको ८० करोड रुपैयाँ हिनामिना भएको विषय असामान्य भन्दै छानबिन समिति आफूहरूको बटमलाइन भएको बताएका थिए ।

शून्य समयमा राजेन्द्र बजगाईं र सीता मिजारले च्वास्स घोच्नेगरी कटाक्ष गरे । ‘संसद्को रोस्ट्रममा उभिएर गृहमन्त्री सहकारी ठगीमा दोषी हुनुहुन्न भन्ने अधिकार उहाँलाई छ ? निर्दोष भएको प्रमाणपत्र दिने उहाँ न्यायाधीश हो ?’ चौरसियाले प्रचण्डलाई प्रश्न गरे ।

‘सभामुख महोदय, सत्तापक्षको रोमा बस्ने कुनै सांसदले सहकारी पीडितको पक्षमा र ठगी गर्नेलाई कारबाही होस् भनेर बोल्नुभयो भने संसद्को रेकर्डबाट हटाइदिन आग्रह गर्न चाहन्छु,’ सांसद मिजारले भनेकी थिइन् । 

‘कांग्रेस पार्टीले टिकट नदिएपछि अर्को कुनै जाने ठाउँ रास्वपा छ भन्ने थियो । पछिल्लो समय अवसरको ठाउँ बनेको थियो । सहकारीको कारणले त्यो पनि बन्द हुने अवस्था छ, साथीहरूलाई देखेर दुःख लागेको छ,’ बजगाईंले भने ।

संसद्मा कांग्रेस प्रमुख सचेतकले शुरू गरेको संसदीय समितिको मागबारे महामन्त्रीद्वयले नै जोडदार ढंगले उठाइसकेपछि त्यसबाट पछि हट्न कांग्रेसलाई धर्मसंकट भएको छ । 

कांग्रेसले यति जोडतोडले उठाइरहेको संसदीय छानबिन समितिको मागमा राजनीतिक सहमति जरुरी हुन्छ । तर, सत्ता गठबन्धनका प्रमुख घटक नेकपा एमाले र माओवादी केन्द्र संसदीय छानबिन समितिका लागि तयार भएका छैनन् । 

प्रतिनिधि सभा बैठकमा कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेकै दिन चैत ६ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय छानबिन समिति आवश्यक नरहेको बताएका थिए । त्यसयता ओली बोलेका छैनन् । 

कांग्रेस सांसदले कटाक्ष गरे पनि एमाले र माओवादीका सांसदलाई सहकारी ठगीमा बोल्न नेतृत्वले अघोषित रूपमा प्रतिबन्ध लगाएको एक सांसदले गुनासो गरे । 

बोल्ने क्रममा केही सांसदले राजीनामा माग गरे पनि कांग्रेसले औपचारिकरूपमा रविको राजीनामा मागेको छैन । तर, छानबिन समिति गठन भएपनि नैतिकताको आधारमा राजीनामा गर्ने अवस्था आउने कांग्रेसको बुझाइ छ । 

संसदीय छानबिन समिति गठन गर्नु प्रकारान्तरले गृहमन्त्रीले राजीनामा गर्नुसरह हुने भएकाले सत्तापक्षले सहजै कांग्रेसको मागमा सहमत हुने लक्षण देखिएको छैन । संसदीय छानबिन समिति गठनको कांग्रेस मागलाई ‘सत्ताबाट बाहिरिँदाको छटपटी’को रूपमा सत्तापक्षले आरोप लगाइरहेको छ । 

कांग्रेसले गर्ने संसद् अवरोधको शैली हेरेर रणनीति बनाउने सत्तापक्षको बुझाइ छ । 

कस्तो हो विशेष समितिः कसरी काम गर्छ ? 

प्रतिनिधि सभा नियमावलीमा ‘संसदीय छानबिन समिति’ भनेर छुट्टै व्यवस्था छैन । प्रतिनिधि सभा नियमावलीको नियम १८० मा ‘विशेष समिति’ गठन गर्ने व्यवस्था छ । 

‘कांग्रेसका माननीयज्यूहरूले भनेजस्तो छानबिन समिति नियमावलीले कल्पना गरेको छैन, नियम १८० अनुसारको विशेष समितिले नै छानबिन गर्ने हो,’ संसद् सचिवालयका एक अधिकारीले लोकान्तरसँग भने । 

त्यस्तो विशेष समिति गठनका लागि राजनीतिक सहमति आवश्यक हुन्छ । ‘विशेष, संवेदनशील वा गम्भीर प्रकृतिका विधेयक वा अन्य कार्यका लागि प्रतिनिधि सभामा आवश्यकतानुसार विशेष समिति गठन गर्न सकिने छ,’ नियमावलीमा भनिएको छ । 

सोही नियमको उपनियम २ मा ‘त्यस्तो समिति गठन गर्नुपरेमा समितिले गर्नुपर्ने काम र सोको समयावधि समेत उल्लेख गरी समितिमा रहने सदस्यको नामावलीसहितको प्रस्ताव सभामुखले कार्यव्यवस्था परामर्श समितिको परामर्शमा बैठकमा प्रस्तुत गर्नेछ,’ भन्ने व्यवस्था छ । 

समितिका ५१ प्रतिशत सदस्य उपस्थित भएपछि गणपूरक संख्या पुग्ने र उपस्थितिको बहुमतलाई समितिको निर्णय मानिने प्रतिनिधि सभा नियमावलीको नियम १८२ र १८४ मा उल्लेख छ । 

‘समितिले आफ्नो कामका निमित्त आवश्यक कुनै कागजपत्र झिकाउन वा सम्बन्धित व्यक्ति तथा सरकारी अधिकारीलाई उपस्थित गराउन सक्नेछ,’ नियम १८५ मा उल्लेख छ । 

अघिल्लो प्रतिनिधि सभा (२०७४–०७९)मा दुईवटा संसदीय छानबिन विशेष समिति गठन गरिएको थियो । २०७७ जेठ २६ गते रुकुमको चौरजहारी नगरपालिकाको सोतीमा दलित युवाको हत्या सम्बन्धमा छानबिनका लागि माओवादी सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो । 

यस्तै २०७९/०८० को आर्थिक विधेयकमा करका दरहरू हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेश गरेको भन्ने सन्बन्धमा छानबिन गर्न २०७९ असार ३२ गते लक्ष्मणलाल कर्णको संयोजकत्वमा संसदीय छानबिन विशेष समिति गठन गरिएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x