×

NMB BANK
NIC ASIA

मुख्यमन्त्रीबाट राजीनामा दिँदैगर्दा प्रचण्डमाथि खनिए चौधरी: फुत्त-फुत्त प्रवृत्तिले संघीयतामा ग्रहण लागिसक्यो

बुटवल | चैत २२, २०८०

NTC
Premier Steels

लुम्बिनी प्रदेशको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजनीतिक अस्थिरताले संघीयतामाथि ग्रहण लागेको बताएका छन ।

Muktinath Bank

बिहीवार मुख्यमन्त्रीबाट राजीनामा दिने क्रममा प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा अस्थिरता ल्याउँदा देशमा संघीयता रहने वा नरहने भन्ने गम्भीर प्रश्न सिर्जना भएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रचण्डको फुत्त–फुत्त प्रवृतिले संघीयता रहन्छ कि रहँदैन भन्ने अवस्था आयो,’ चौधरीले भने, ‘हामी सकिने अवस्था आयौं । कहिले यता र उता प्रवृत्तिले संघीयतामा ग्रहण लागिसक्यो । व्यवस्था बचाउन सक्छौं कि सक्दैन भन्नेबारे गम्भीर पश्न आएको छ । तीन/तीन महिनामा सरकार फेरबदलका लागि संघीयता आएको होइन । हामीलाई डुबाउने र सक्ने अवस्था सिर्जना भएको छ ।’ 


Advertisment
Nabil box
Kumari

संविधान र प्रदेशको औचित्य पुष्टि गर्न नसकेमा अहिलेसम्म हासिल गरेका जे–जति उपलब्धि गुम्न सम्नेतर्फ चौधरीले सचेत गराए । 

Vianet communication

‘हामीले खाएको तलब÷भत्ता र चढेका गाडीको औचित्य पुष्टि हुन सकेको छैन । संविधान र प्रदेशको औचित्य पुष्टि गर्न सकेनौं भने हाम्रा उपलब्धि सकिने छन् । प्रदेशको औचित्य पुष्टि गर्न नसके हामीले के–का लागि माननीय ?’, उनले प्रश्न गरे ।

संघले प्रदेशलाई दिँदै आएको बजेटसमेत घटाउँदै लगेकोतर्फ संकेत गर्दै नेपाली कांग्रेसका संसदीय दलका नेतासमेत रहेका चौधरीले संघीयता कमजोर भएको जिकिर गरे । 

‘हामीले ४० अर्बको बजेट ल्याएका छौं । अब घटेर २८ अर्बमा आउँदैछ । त्यसमध्ये १० अर्ब प्रशासनिक खर्च हुन्छ । बाँकी १८ अर्बमा हामी खेलिरहेका छौं, रमाएका छौं । यसले संघीयता बलियो होइन कमजोर हुँदै गएको संकेत गरेको छ,’ उनले भने । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x