×

NMB BANK
NIC ASIA

उपनिर्वाचनका उम्मेदवार

कांग्रेसका उम्मेदवारः इलामका खड्का ११४ मतले पराजित, बझाङका सिंह वडाध्यक्षमा तेस्रो

काठमाडाैं | चैत २२, २०८०

NTC
Premier Steels

लामो रस्साकस्सीपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अन्ततः इलाम– २ मा डम्बरबहादुर खड्का र बझाङ प्रदेशसभा– १ का लागि अभिषेक सिंहलाई उपनिर्वाचनको उम्मेदवार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको प्रस्तावअनुसार नै इलामको प्रतिनिधिसभा र बझाङको प्रदेशसभाका लागि संस्थापन पक्षकै दुई उम्मेदवारको टुंगो लागेको हो । 

Muktinath Bank

इतर पक्षका नेता डा शेखर कोइराला र महामन्त्री गगन थापा पक्षले इलाममा भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडान लिएका थिए । तर सभापति देउवाको अडानअनुसार नै मंगलवार, बुधवार र बिहीवार बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार तय गरेको हो । बोर्डको निर्णयलाई बिहीवार दिउँसो बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको थियो । दुवै क्षेत्रमा चैत २४ गते उम्मेदवारी मनोनयन गर्ने र वैशाख १५ गते निर्वाचन गर्ने कार्यतालिका छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा (एमाले)का सांसद सुवास नेम्वाङको निधन भएपछि रिक्त भएको इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा कांग्रेसबाट पहिलेकै उम्मेदवार खड्कालाई नै उठाउने निर्णय भएको हो ।


Advertisment
Nabil box
Kumari

null 

Vianet communication

खड्का २०७९ मा भएको निर्वाचनमा तत्कालीन एमाले उपाध्यक्ष नेम्वाङसँग ११४ मतको झिनो अन्तरले पराजित भएका थिए । अघिल्लो चुनावमा नेम्वाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए । उनै युवा नेता खड्कालाई फेरि पनि देउवाले उम्मेदवारको टिकट थमाएका हुन् । उनी कांग्रेस इलामको सभापतिसमेत छन् । खड्का नेविसंघको केन्द्रीय उपाध्यक्ष र दुईपटक नेविसंघको इलाम सभापति भइसकेका छन् । इलाम कांग्रेसको कोषाध्यक्षसमेत भएर काम गरेका उनी निर्माण व्यवसायी पनि हुन् । 

त्यस्तै बझाङको प्रदेशसभा १ (१)को लागि कांग्रेसले उठाएका उम्मेदवार अभिषेक अघिल्लोपटक जितेका पृथ्वीबहादुर सिंहका छोरा हुन् । बाबुको निधन भएपछि रिक्त भएको क्षेत्रमा कांग्रेसले संस्थापन निकटकै सिंहलाई उम्मेदवार बनाएको हो । सुदूरपश्चिम प्रदेशमा मन्त्री भएकै बेला पृथ्वीबहादुरको दुर्घटनामा परी निधन भएको थियो । बाबुको दुर्घटनामा परी निधन भएपछि देउवाले उनकै छोरालाई टिकट दिलाएका हुन् । 

इलाममा एमालेले सुवास नेम्वाङका पुत्र सुहाङलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)ले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ ।

null

बझाङमा पृथ्वीबहादुर सिंह १७ हजार ११२ मत ल्याएर विजयी भएका थिए । पराजित एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत प्राप्त गरेका थिए । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सँग तालमेल गर्दा कांग्रेसका पृथ्वीबहादुर झण्डै चार हजार अन्तरले जितेका थिए । तर सडक दुर्घटनामा उनको निधन भएपछि छोरा अभिषेकलाई कांग्रेसले उम्मेदवार बनाएको हो । अभिषेक गत स्थनीय तहको निर्वाचनमा जयपृथ्वी नगरपालिका ५ को वडाध्यक्षमा पराजित भएका थिए । स्वतन्त्रका प्रेम थापा २७१ मत ल्याएर विजयी हुँदा एमालेका राकेशबहादुर सिंहले २१५ मत प्राप्त गरेका थिए । तेस्रो भएका कांग्रेसका अभिषेकको २०१ मत आएको थियो । उनै अभिषेकलाई यसपटक कांग्रेसले टिकट थमाएको छ । 

‘हामीले अलग र नयाँ अनुहारलाई टिकट दिलाउन सबै प्रयत्न गर्यौं । तर सभापति आफ्नो प्रस्तावबाट दायाँबायाँ हुन चाहनुभएन’ कांग्रेसका एक पदाधिकारीले भने, ‘असन्तुष्टि व्यक्त गर्दा उम्मेदवारले मत नपाउने अवस्था बन्छ । यसैले सभापतिको बोलावाला हुने पार्टी पद्धतिमा चुपचाप उहाँको प्रस्ताव मान्नुको विकल्प हामीसँग भएन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x