×

NMB BANK
NIC ASIA

नयाँ सरकार बन्ने निश्चित

लुम्बिनीको पाँचौ मुख्यमन्त्री बन्दैछन् प्रचण्डका विश्वासपात्र महरा

बुटवल | चैत २२, २०८०

NTC
Premier Steels

लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महरा हुने भएका छन् । रोल्पा– १ (१)बाट निर्वाचित सांसद महराको पक्षमा नेकपा एमालेका २९, माओवादीका १० (सभामुख बाहेक), जनता समाजवादी पार्टी (जसपा)का ३, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र १–१ जना सांसदले महरालाई मुख्यमन्त्रीमा समर्थन गरेर जाने सहमति भएको छ । 

Muktinath Bank

अहिलेको अवस्थामा महराको पक्षमा संसद्को बहुमत ४४ मत कायम हुन्छ । गठबन्धनमा रहेका ४ दल र १ स्वतन्त्र सांसदले बिहीवार माओवादीका महरालाई मुख्यमन्त्री बनाउनेलगायत ५ बुँदे सहमति गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

महरा लुम्बिनीमा माओवादीबाट दोस्रो र समग्र प्रदेशसभाको पाँचौ मुख्यमन्त्री बन्दैछन् । विसं २०७९ पुस ९ गते एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री हुँदा महरा झण्डै ३ महिना अर्थमन्त्री बनेका थिए । खासमा उनले प्रदेशसभाको दोस्रो कार्यकालमा पहिलो मुख्यमन्त्री बन्ने लक्ष्य राखेका थिए । तर त्यसमा उनी सफल भएका थिएनन् । अन्नतः उनले दोस्रो कार्यकालको तेस्रो सरकारको नेतृत्व गर्ने निश्चित भएको हो ।  

Vianet communication

महराले लामो समय माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा बसेर काम गरेका थिए । उनी प्रचण्डका विश्वासपात्र मानिन्छन् । २०७४ को फागुन ३ गते प्रदेशको पहिलो मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका थिए । एमाले र माओवादी एकीकृत भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएका बेला बनेको उनको सरकार पार्टी विभाजनसँगै २०७८ साउनमा ढलेको थियो । त्यसलगत्तै साउन २८ गते नेपाली कांग्रेसको समर्थनमा माओवादी केन्द्रका संसदीय दलका नेता कूलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका थिए ।

null

लुम्बिनी प्रदेशसभामा ८७ सांसदमध्ये १ जना निलम्बनमा परेपछि अहिले ८६ जना छन् । अहिलेसम्म महरालाई गठबन्धन दलबाट एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादीका १ र नवलपरासी २ (१)बाट निर्वाचित स्वतन्त्र सांसद खडक बस्नेतसहित ४४ सांसदले समर्थनमा हस्ताक्षर गरेका छन् ।

null

महरालाई लोसपा र नागरिक उन्मुक्तिले पनि समर्थन गर्ने सम्भावना देखिएको माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए । उन्मुक्तिका ४, लोसपाका ३ जना सांसद छन् । यी थपिए महराको समर्थनमा ५१ जना पुग्छन् ।  लोसपाबाट सन्तोषकुमार पाण्डेय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सरकारमा गृह तथा सरकारका प्रवक्ता छन् । मुख्यमन्त्री चौधरी गत वैशाख १४ गते लुम्बिनी प्रदेशसभामा सहभागी १० राजनीतिक दलमध्ये ८ दलका ५३ सांसदको समर्थन पाउँदै मुख्यमन्त्रीमा नियुक्त भएका थिए । चौधरीले बिहीवार संसद्मा सम्बोधन गर्दै राजीनामा दिइसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x