×

NMB BANK
NIC ASIA

ग्लोबल मनी वीक विशेष निबन्ध प्रतियोगिता : ३१ प्रतियोगीलाई उछिन्दै राजवंशी बनिन् प्रथम

काठमाडाैं | चैत २३, २०८०

NTC
Premier Steels

विश्व वित्तीय सप्‍ताह २०२४ (ग्लोबल मनी वीक २०२४)को अवसरमा धितोपत्र ब्रोकर्श एशोसिएसन नेपाल (डिब्यान)ले आयोजना गरेको राष्ट्रव्यापी निबन्ध प्रतियोगिताको विजेताको घोषणा गरिएको छ ।

Muktinath Bank

२०८० फागन ३० गते एक सूचनामार्फत विभिन्न कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूलाई प्रतियोगितामा सहभागिताका लागि आह्वान गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतियोगितामा सहभागिताको अन्तिम दिन २०८० चैत ७ गते साँझ ५ बजे भित्र देशभरिबाट निबन्ध पठाई सहभागी भएका तथा प्रतियोगिताको नियम बमोजिम सामेल भएका ३२ जना प्रतियोगीहरूबाट विजेता छनोट गरिएको डिब्यानले जनाएका छ ।


Advertisment
Nabil box
Kumari

‘नेपालको पुँजी बजारमा वित्तीय साक्षरता प्रवर्द्धनको पहल’ विषयमा आयोजित निबन्ध प्रतियोगितामा सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट कीर्तिपुरमा अध्ययनरत विद्यार्थी कल्पना राजवंशी प्रथम बनेकी छिन् ।

Vianet communication

काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट ललितपुरमा अध्ययनरत विद्यार्थी प्रज्वलविक्रम थापा द्वितीय बनेका छन् । 

यस्तै, मानसरोवर बहुमुखी क्याम्पस, हुम्लामा अध्ययनरत विद्यार्थी प्रदीप घर्ती क्षेत्री तेस्रो बनेका डिब्यानले जनाएको छ ।

प्रतियोगितामा विजेता हुने प्रथम, द्वितीय, तृतीयले क्रमशः ५०, २५ र १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

विजेताहरूलाई एक कार्यक्रम आयोजना गरी पुरस्कार रकम हस्तान्तरण गरिने डिब्यानले जनाएको छ ।

धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालले प्राप्त निबन्धहरूको अध्ययन तथा विजेता छनोट गर्नका लागि हरिप्रसाद वाग्ले, विष्णुकुमार गिरी र सन्दीप राणासहितको ३ सदस्यीय मूल्यांकन समिति गठन गरेको थियो ।

ग्लोबल मनी वीक किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्त्व सम्बन्धमा जागरण ल्याउने उद्देश्यले विश्वव्यापी रुपमा बर्सेनि मनाइने अभियान हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

बैशाख ३१, २०८१

कुमारी बैंक लिमिटेड र टिकापुरको कैलालीस्थित फिट लाइफ क्लबबीच छुट सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकले क्लबबाट सेवा लिएबापत भुक्तानी गर्नुपर्ने रकम कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरमारफत गर्दा ...

बैशाख ३१, २०८१

माछापुच्छ्रे बैंकले 'न्यू स्मार्ट तलब खाता' अन्तर्गत दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई बीमा रकम भुक्तानी गरेको छ ।​​​​​​ वीरगन्जको आदर्शनगरस्थित बैंकको शाखामा ...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

बैशाख २६, २०८१

माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ । मूलपानी क्रिकेट मैदानमा मंगलवार सम्पन्न फाइनलमा आईसीएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंक...

जेठ १, २०८१

शेयर बजारमा मंगलबार जलविद्युतका सेयर अस्वाभाविकरुपमा बढेको छ । नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुगेको छ । यो साता नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको बढोत्तरी भएको हो ।  मं...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x