×

NMB BANK
NIC ASIA

सन्दर्भः उपनिर्वाचन

उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता, इलाममा एमालेलाई माओवादीले सघाउने

काठमाडाैं | चैत २४, २०८०

NTC
बाँयाबाट क्रमशः कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का र एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ।
Premier Steels

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज (शनिवार) उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।

Muktinath Bank

इलाम–२ को प्रतिनिधिसभा र बझाङ प्रदेशसभा– १ मा हुने उपनिर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुन लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

उम्मेदवारीमाथि चैत्र २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ ।

Vianet communication

चैत्र २६ गते ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, चैत्र २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताका समय तोकिएको छ ।

२७ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

आगामी वैशाख १५ गते बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान हुनेछ ।

नेकपा (एमाले)का तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि इलाम–२ मा उपनिर्वाचन हुन लागेको हो । एमालेले उनकै छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । 

नेकपा (माओवादी केन्द्र)ले इलाम–२ मा एमालेलाई सघाउने निर्णय गरेको छ ।

रास्वपाका उम्मेदवार मिलन लिम्बू । 

दुवै पार्टीका जिल्ला संयोजकले शुक्रवार विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रले गरेको निर्णयलाई औपचारिकता दिँदै एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई मतदान गर्न मतदातासँग अपिल गरेका छन् । 

‘आगामी वैशाख १५ गते हुन लागिरहेको इलाम–२ प्रतिनिधिसभा उपनिर्वाचनमा एमाले र माओवादी केन्द्रबीच एमाले केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय समझदारी भएकोले इलाम – २ मा नेकपा एमालेको उम्मेदवार सुहाङ नेम्वाङलाई साझा उम्मेदवारको रूपमा अत्यधिक बहुमतका साथ विजयी गराउनका लागि इलाम– २ का आम मतदातामा हार्दिक अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा एमाले जिल्ला अध्यक्ष महेश बस्नेत र माओवादी केन्द्रका जिल्ला संयोजक विजय खम्बुले हस्ताक्षर गरेका छन् ।

माओवादीले यसअघि नै इलाम–२ मा एमालेलाई सघाउने जनाएको थियो तर औपचारिक निर्णय भने भएको थिएन । 

इलाम–२ मा नेपाली कांग्रेसले डम्बरबहादुर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । पहिचान पक्षधर डकेन्द्र लिम्बूले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

मूलतः कांग्रेस, एमाले र रास्वपाबीच नै प्रतिस्पर्धा हुने अनुमान छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x