×

NMB BANK
NIC ASIA

८ दल र तीन स्वतन्त्र भिड्ने तयारी

इलाम-२ मा क-कसले दिँदैछन् उम्मेदवारी ?

काठमाडाैं | चैत २४, २०८०

NTC
Premier Steels

नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त इलाम २ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि आज बिहान १० बजेदेखि साढे तीन बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न कार्यक्रम छ । अहिलेसम्म ८ दल र तीन जनाको स्वतन्त्र उम्मेदवारी पर्ने देखिएको छ । 

Muktinath Bank

उपनिर्वाचनका लागि एमालेले सुवास पुत्र सुहाङलाई उम्मेदवार बनाएको छ । पेशाले वकिल रहेका ३२ वर्षीया सुहाङलाई सत्तारूढ दल नेकपा माओवादी केन्द्रको समर्थन छ । नेकपा एकीकृत समाजवादीले भने उम्मेदवारी दिने तयारी गरेको छ । एकपा एसबाट जितबहादुर राईले उम्मेदवारी दिने तयारी गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेसले पनि युवा नेता एवं इलाम जिल्ला सभापति डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाएको छ । ​नेविसंघ केन्द्रीयका पूर्वउपाध्यक्ष, जिल्ला अध्यक्ष र पार्टी जिल्ला कोषाध्यक्ष भएका खड्का अघिल्लोपटक नेम्वाङसँग ११४ मतान्तरले पराजित भएका थिए । 


Advertisment
Nabil box
Kumari

निर्माण व्यवसायीसमेत रहेका कांग्रेस संस्थापननिकट ४८ वर्षीय खड्काले पनि उम्मेदवारी दर्ता गर्दैछन् । गत निर्वाचनमा कांग्रेसका खड्कालाई माओवादी केन्द्रले पनि समर्थन गरेको थियो । 

Vianet communication

गत निर्वाचनमा इलाममा नेम्वाङले ३० हजार २० र खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए । समानुपातिकतर्फ एमालेले २६,५६२ र कांग्रेसले २२,३३३ मत ल्याएका थिए । रास्वपाले ४६८६ मत ल्याएको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बूले उम्मेदवारी दर्ता गर्दैछन् । यसअघि माओवादीनिकट लिम्बूले उपनिर्वाचनमा इलामबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । तर, रास्वपाले उनैलाई उम्मेदवार बनाएको हो । २०७९ को चुनावमा रास्वपाका प्रकाश सापकोटाले इलाम २ मा १३८० मत प्राप्त गरेका थिए । लिम्बू पूर्वपत्रकार पनि हुन् । 

डगेन्द्र थेगिमले पहिचानवादीहरूको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिँदै छन् । जनमत पार्टीले पनि पहिचानवादीहरूको उम्मेदवारलाई सहयोग गर्दैछ । थेगिम लामो समय एमालेमा लागेर अहिले पहिचानवादीको पक्षमा उत्रिएका नेता हुन् । जसपा, नेपाल समाजवादी पार्टी र अन्य केही दल र संघ संस्थाले सहयोग गरेका छन् । 

स्वतन्त्रबाट प्रदीप लिम्बू र डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । राप्रपाबाट लक्ष्मी गुरुङ र राप्रपा नेपालबाट गणेश चौहान चुनावी मैदानमा उत्रिंदै छन् ।

इलामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले साढे १० बजेदेखि साढे तीन बजेसम्म दलहरूलाई समय तोकेरै उम्मेदवारी दर्ताको सूची प्रकाशित गरेको छ । आयोगको सूचीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीलाई १२ बजे, एमालेलाई साढे १ बजे, नेपाली कांग्रेसलाई साढे २ बजेको समय तोकिएको छ । 

साढे १० बजे स्वतन्त्रका प्रदीप लिम्बू, ११ बजे स्वतन्त्रकै  गौतम र साढे ११ बजे नेमकिपाको लागि मनोनयन गर्ने समय छुट्याइएको छ । 

साढे १२ बजे मंगोल नेसनल अर्गनाइजेसन, १ बजे जसपा, ३ बजे राष्ट्रिय प्रजातन्त्र पार्टी र साढे ३ बजे राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको लागि उम्मेदवारी मनोनयनको समय छुट्याइएको छ ।

२७ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । आगामी वैशाख १५ गते बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x