×

NMB BANK
NIC ASIA

इलाम-२ उपचुनाव: स्थानीय तह निर्वाचनमा कहाँ कसले जितेका थिए ?

काठमाडाैं | चैत २४, २०८०

NTC
Premier Steels

आगामी वैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनमा एउटा नगरपालिका र तीनवटा गाउँपालिकाका सबै वडा पर्छन् । देउमाई नगरपालिका, फाकफोकथुम, माङसेबुङ र चुलाचुली गाउँपालिकाका सबै वडा यो क्षेत्रमा पर्छन् । इलाम नगरपालिकाको १ देखि ९, ११ र १२ गरी ११ वटा वडा यो क्षेत्रमा पर्छन् । माई नगरपालिकाको ६, ७ र ८ गरी तीनवटा वडा यो क्षेत्रमा पर्छन् ।

Muktinath Bank

पालिकाका कसले कहाँ जितेका थिए ?
गत स्थानीय तहको निर्वाचनमा ११ वटा वडा पर्ने इलाम नगरपालिकामा कांग्रेसका केदार थापा मेयरमा विजयी भएका थिए । थापाले एमालेका धीरेन कुमार चेम्जोङलाई २५७८ मतान्तरले पराजित गरेका थिए । थापाले १३ हजार १६५ मत प्राप्त गर्दा एमालेका चेम्जोङको १० हजार ५८७ मत आएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वडातर्फ कांग्रेसले १, ४ देखि १० सम्मका ७ वटा र १२ गरी जम्मा ९ वटा वडा जितेको थियो ।  एमालेले २, ३ र ११ गरी तीनवटा मात्रै वडाध्यक्षमात्रै जितेको थियो । कांग्रेसले अधिकांश वडाध्यक्ष फराकिलो मतान्तरसहित जितेको थियो । 


Advertisment
Nabil box
Kumari

देउमाई नगरपालिकामा एमाले एक हजार मतान्तरले मेयरमा विजयी भएको थियो । एमालेका सूर्यप्रसाद पोखरेल ८ हजार ६९५ मतले विजयी हुँदा कांग्रेसका होमप्रसाद दुलालले ७ हजार ६२२ मत प्राप्त गरे । 

Vianet communication

वडाध्यक्षतर्फ एमालेले १, २, ४, ५ र ८ गरी ५ वटा वडा जितेको थियो । ३, ६, ७ र ९ गरी ४ वटा वडा कांग्रेसले जितेको थियो । चुलाचुली गाउँपालिका अध्यक्षमा कांग्रेसले एमालेलाई २ हजार ८९५ मतान्तरले पराजित गरेको थियो । अध्यक्षमा राजेन्द्र केरुङ ६ हजार ६५० मत ल्याएर विजयी हुँदा एमालेका ओमनारायण खनाल ३७५५ मत ल्याएका थिए । नेकपा एसका  नारायण लावतीको  ५०५ आएको थियो । 

वडाध्यक्षतर्फ १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले जित्दा २ देखि ६ नम्बरसम्मका ५ वटा वडामा कांग्रेसले सहजै वडाध्यक्ष जितेको थियो । फाकफोकथुममा एमालेले ५ सय मतान्तरले पालिकामा जित्न पुगेको थियो । अध्यक्षमा जितेका एमालेका दीपेन्द्र खनालले ५ हजार ३२२ र पराजित कांग्रेसका डिकबहादुर थापाले ४ हजार ८२१ मत प्राप्त गरेका थिए । 

वडाध्यक्षतर्फ कांग्रेसले १, २, ४ र ७ गरी ४ वटा वडा जितेको थियो । एमालेले ३, ५ र ६ र गरी तीनवटा वडा जितेको थियो । माङसेबुङ पालिकामा एमालेले ३ सय मतान्तरले जितेको थियो । अध्यक्षमा एमालेका हेमन्त राईले ३ हजार ८१८, कांग्रेसका डिकेन्द्र इदिङगोले ३ हजार ४९५ मत प्राप्त गरेका थिए । वडाध्यक्षतर्फ एमालेले १, २, ४ र ६ गरी ४ वटा वडा जित्न पुगेको थियो । ३ नम्बर वडा माओवादीले जित्दा ५ भने राष्ट्रिय जनमुक्ति पार्टीले जितेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x