×

NMB BANK
NIC ASIA

इलाम २ : सत्तारुढ एकीकृत समाजवादीका लिम्बूसहित ६ जनाको उम्मेदवारी दर्ता

काठमाडाैं | चैत २४, २०८०

NTC
तस्वीर : मनोनयन दर्ता गराउँदै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम
Premier Steels

इलाम क्षेत्र नम्बर २ मा अहिलेसम्म ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।​

Muktinath Bank

सत्तारुढ नेकपा एकीकृत समाजवादीका जीतबहादुर लिम्बूसहित ६ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन अधिकृतको कार्यालयका अनुसार समाजवादीका लिम्बू, जनमतका प्रेम थामसुहाङ, नेमकिपाका श्यामबहादुर दर्जी, मङ्गाेल नेशनल अर्गनाइजेशनका मणिबहादुर लिम्बूलगायतले उम्मेदवारी दर्ता गराएका हुन् ।


Advertisment
Nabil box
Kumari

यस्तै स्वतन्त्र रुपमा डाकप्रसाद गौतम र डकेन्द्रसिंह थेगिमले मनोनयन दर्ता गरिसकेका छन्  ।

Vianet communication

निर्वाचन अधिकृतको कार्यालयका ईन्द्रकुमार श्रेष्ठका अनुसार नेकपा एमाले पनि मनाेनयन दर्ता गर्न कार्यालयमा पुगिसकेको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले पनि उम्मेदवारी दर्ता गराउँदैछन् ।

गत (२०७९) चुनावमा इलाम-२ बाट जितेका नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङको निधनपछि आगामी वैशाख १५ मा सोही क्षेत्रमा उपनिर्वाचनमा हुँदैछ ।

अघिल्लोपटक सुवास नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतको झिनो अन्तरले पराजित गरेका थिए ।

गत निर्वाचनमा इलाममा नेम्वाङले ३० हजार २० मत ल्याएका थिए । खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए । रास्वपाका प्रकाश सापकोटाले इलाम २ मा १३८० ल्याएका थिए । 

प्रत्यक्षतर्फ कांग्रेसलाई माओवादीको समर्थन थियो । एमाले एक्लै चुनावमा भिडेको थियो । अघिल्लोपटक एमाले एक्लै भिडे जस्तै यसपटक कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको छ । 

समानुपातिकतर्फ भने एमाले पहिलो दल बनेको थियो । एमालेले २६ हजार ५६२ मत प्राप्त गर्दा कांग्रेसले २२ हजार ३३३ मत ल्याएको थियो । माओवादीले ५१५३ मत मात्रै पायो । रास्वपाले ४६८६ मत प्राप्त गरेको थियो । 

मङ्गोल नेशनल अर्गनाइजेशनले १६६१, राष्ट्रिय जनमुक्ति पार्टीले १४१३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १३१९, राप्रपाले ११९१, जसपाले ९०६, नेकपा एकीकृत समाजवादीले ५८६, नेकपा मार्क्सवादीले १२९, जनमत पार्टीले १२४, आमूल परिवर्तन मसिहा पार्टी नेपालले १०५, लोसपाले ९९, नेमकिपाले ७१, नेपाली जनता दलले ६० प्राप्त गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x