×

NMB BANK
NIC ASIA

एमाले-रास्वपाकै नेता सहकारी ठगीमा संलग्न रहेकाले छानबिन समिति गठन गर्न दिएनन् : नेता महर

काठमाडाैं | चैत २४, २०८०

NTC
Premier Steels

​नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश नेताहरू सहकारी ठगीमा संलग्न रहेकाले संसदीय छानबिन समिति गठन हुन नसकेको बताएका छन् ।

Muktinath Bank

नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ केन्द्रीय परिषद्को भेलालाई विराटनगरमा सम्बोधन गर्दै नेता महरले यस्तो बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले र रास्वपाका अधिकांश नेता सहकारी ठगी प्रकरणमा मुछिएको र मन्त्रिपरिषद्‌मा पनि विवादित व्यक्तिहरू रहेकाले वर्तमान सरकारबाट सुशासनको कुनै अपेक्षा नरहेको उनको भनाइ थियो ।


Advertisment
Nabil box
Kumari

'विवादित व्यक्ति यतिबेला मन्त्रिमण्डलमा छन्। हामीले सडकदेखि सदनसम्म सहकारीमा जम्मा गरेको जनताको रकम दुरुपयोग गर्नेहरूमाथि छानबिनका लागि आवाज उठाइरहेका छौं। तर सरकार अटेरी गरिरहेको छ। किनकि सरकारमा प्रधानमन्त्रीभन्दा बलिया आपराधिक मानसिकता भएका व्यक्तिहरू छन्। उनीहरूले प्रधानमन्त्रीलाई विभिन्न दबाब र प्रभावमा पारिरहेका छन्', महरले भने।

Vianet communication

त्यस्ता व्यक्तिहरूलाई जनताले समयमै पाखा लगाउनु पर्ने महरले बताए। सहकारी ठगीदेखि विभिन्न प्रकरणमा मुछिएकाहरू वर्तमान पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा सहभागी रहेकाले उनको हालको क्याबिनेट नै अपराधीको संगठनजस्तो रहेको महरले आरोप लगाए ।

अपराधमा संलग्न मन्त्रीहरूले आफूलाई जोगाउन चलखेल गर्ने बाहेक उनीहरूबाट अन्य कुनै अपेक्षा गर्न सक्ने ठाउँ नरहेको महरको भनाइ छ।

‘आज चैत २४ गते २०४६ सालमा जनआन्दोलन शुरू भएको दिए। सोही आन्दोलनको जगमा प्रजातन्त्र स्थापना भएको थियो। आज नै उपनिर्वाचनका उम्मेदवारहरूको उम्मेदवारी दर्ताको दिन परेको छ’, उनले भने, ‘आजकै दिनबाट सबै जनताले प्रण गरेर जनता र देशका प्रति गद्दारी गर्नेहरूलाई कहिले साथ दिने छैनौं भनेर प्रण गर्नु आवश्यक छ ।’

भ्रमको ललिपप देखाएर बदमासी गर्न खप्पिस नयाँ राजनीतिक दलहरूसँग जनता विशेष सतर्क रहनु पर्ने महर बताउँछन् । अरूलाई गाली गरेर मात्र सधैं भ्रमको राजनीति गर्न नसकिने उनले बताए ।

‘पार्टी जन्मिने बित्तिकै रास्वपालगायत नयाँ दलमा आबद्ध नेताहरूका एकपछि अर्को आपराधिक कुकर्म सार्वजनिक भइरहेका छन् । अब जनताले प्रष्टरूपमा बुझिसक्नु भएको छ। त्यसैले उहाँहरूले धेरै ठूला कुरा नगर्दा हुन्छ', महरले भने । नेपालमा प्रजातन्त्र प्राप्तिका लागि कर्मचारी, श्रमिकलगायत सबैको महत्त्वपूर्ण भूमिका रहेकाले नेपाली राजनीतिले उक्त भूमिकालाई भुल्न नहुने बताएका छन् ।

‘अप्ठ्यारोमा पर्दा कांग्रेसले नेतृत्व गर्ने, सधैं निर्वाचन कांग्रेसकै नेतृत्वमा हुने, विदेशसँगको कूटनीतिक सम्बन्ध कांग्रेसले नै सुधारि दिनुपर्ने, जनमतको अपमान गर्दै संसद् विघटन गर्दा कांग्रेसले नै जोगाउनु पर्ने। यसरी मुलुक अप्ठ्यारोमा पर्दा कांग्रेसले काँध हाल्दै आएको छ’, उनले भने, ‘त्यसैले सस्तो लोकप्रियता खोज्ने र मुलुकलाई भड्खालोमा हाल्नेहरूलाई किन कुर्सीमा पुगाएर स्वार्थ केन्द्रित गतिविधिमा सहभागी गराउने। त्यसैले अब हामी सबैले सोच्ने बेला आएको छ ।’

उनले उप निर्वाचनमा दुवै क्षेत्रमा कांग्रेसलाई विजयी गराएर स्वार्थ केन्द्रित राजनीतिक दलहरूलाई गतिलो झापड दिन जनतासँग आग्रह गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x