पुस २१, २०८०
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् ।
छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्टिङदेखि हरेक काम 'गूगल डक्स'मा गर्नुपर्ने लगायत शैलीका कारण उनी कर्मचारीहरूबीच चर्चाको पात्र बनेकी हुन् ।
१०/१० मिनेटमा कर्मचारीलाई निर्देशन दिने, निर्देशन दिएपिच्छे 'गट इट ?' भनेर अंग्रेजीमा प्रश्न सोध्ने उनको शैली छ । उनले आफूले दिएको निर्देशन बुझे कि बुझेनन् भनेर त्यसो भन्ने गरेकी हुन् । "आजभोलि त मन्त्रीज्यूलाई 'गट इट मन्त्री' पनि भन्ने गर्छन्," एक कर्मचारीले लोकान्तरसँग भने ।
शुरूमा मन्त्रीको कार्यकाल सम्हालेपछि उनले आफूलाई ड्राइभर नचाहिने र आफैं गाडी चलाउने जिद्दी गरेकी रहिछन् । त्यसपछि कर्मचारीहरूले उनलाई प्रोटोकल सम्झाउनुपरेको थियो ।
साथै, उनले जस्तोसुकै काम परेका व्यक्तिलाई पनि भेट्न नदिन सचिवालयमा उर्दी नै जारी गरेकी छन् ।
'अहिले टीयूको भीसीले समय मागे पनि मन्त्रीज्यूले भेट्नुहुन्न, तपाईं को हो र ? मन्त्रीलाई कुनै हालतमा भेट्न सकिन्न,' रास्वपा नेत्री समेत रहेकी श्रेष्ठलाई भेट्न जानेहरूलाई उनको सचिवालयका कर्मचारीले भन्ने गरेका छन् ।
जब उनले कर्मचारीको मुखमै फाइल फ्याँकिन् !
प्रत्येक दिन पौने १० बजेदेखि डेढ/दुई घण्टासम्म मन्त्री श्रेष्ठले शिक्षा सचिव, विज्ञान तथा प्रविधि सचिव र विभिन्न महाशाखाका प्रमुख (सहसचिव)हरू सहितको 'स्ट्यान्ड अप' मिटिङ बस्ने गर्छ ।
हरेक महाशाखाको कार्य प्रगति विवरणबारे महाशाखा प्रमुखबाट मन्त्रीले दैनिक प्रगति विवरण माग्ने गर्छिन् ।
सोही क्रममा केही दिनअघि मन्त्री श्रेष्ठले एक सह–सचिवलाई नराम्रो व्यवहार गरेको अर्का एक कर्मचारीले बताए ।
'एक सहसचिव फाइलसहित स्ट्यान्ड अप मिटिङमा उपस्थित हुनुभएको थियो । इन्टर्नवाला फाइल किन सँगै नल्याएको भन्दै मन्त्रीज्यूले फिल्मी शैलीमा ती सहसचिवको मुखमै त्यही फाइल फाल्नुभयो,' मन्त्रालय स्रोतले लोकान्तरसँग भन्यो ।
सचिव, सहसचिवसमेत उपस्थित रहेको उक्त मिटिङमा मन्त्रीको दुर्व्यवहार देखेपछि सबै निराश भए ।
'एक्लै भएको बेलामा मन्त्रीले गरेको भए यो कुरा बाहिर आउँदैनथ्यो होला तर सबैको सामुन्नेमै उहाँ(मन्त्री)ले यस्तो कर्मचारीहरू काम गर्न अत्यन्त असहज मानिरहेका छन्,' स्रोतको दाबी छ, 'मन्त्रालयको संगठनात्मक संरचनाको 'ओएनएम'सम्बन्धी फाइल लिएर सहसचिव जानु भएको रहेछ । तर, इन्टर्नवाला कार्यविधि किन सँगै नल्याएको भनेर मन्त्रीज्यूले फाइल नै सहसचिवको मुखमा फाल्नु भयो ।'
उनले इन्टर्नका रूपमा नयाँ कर्मचारी भर्ती गर्न लागेको भन्दै चर्को आलोचना भएको थियो । त्यसपछि उनी यो निर्णयबाट ब्याक भइसकेकी छन् ।
मन्त्री श्रेष्ठसँग तल्लो तहका कर्मचारीभन्दा पनि माथिल्लो तहका कर्मचारीहरू बढी असन्तुष्ट देखिएका छन् ।
सुझाव दिँदा ठाउँकोठाउँ सहसचिव सरुवा !
मन्त्री नियुक्त भएपछि केही दिनसम्म उनी आफ्नो निजी निवासमै बसेकी थिइन् । उनलाई भेट्न जाने सेवाग्राहीहरूको काम उनको निवासमै आएर गरिदिन भनेर कर्मचारीलाई निर्देशन दिएकी थिइन् ।
तर, निर्देशन दिएजस्तै तुरुन्तै काम गर्न निजी निवासबाट सम्भव भइरहेको थिएन ।
'उहाँले मन्त्रालयको काम गर्न बिहानै निजी निवासमा कर्मचारीलाई बोलाउनुहुन्थ्यो । तर, उहाँको घरसम्म गाडी जाने बाटो भने फराकिलो छैन,' मन्त्रालयका एक कर्मचारीले लोकान्तरसँग भने, 'गाडी नै उहाँको निवाससम्म पुग्न सक्ने स्थिति थिएन । अर्कोतर्फ सबै साधन पनि त्यहाँ उपलब्ध नहुँदा निर्देशन अनुसार निजी निवासमै पुगेर काम गर्न अप्ठ्यारो भएको थियो ।'
उनले थपे, 'सोही प्रसंगलाई लिएर सहसचिव शिवकुमार सापकोटाले सबै सहसचिवहरूको प्रतिनिधित्व गर्दै निजी निवासमा काम गर्न गाह्रो भएकाले सरकारी निवासमै सर्न सुझाव दिनुभयो । सुझाव दिएपछि मन्त्रीज्यू सापकोटा सरमाथि बेस्सरी खनिनुभयो ।'
'कर्मचारीले सुझाव दिने होइन, निर्देशन पालना गर्ने हो' भन्दै खनिएकी मन्त्री श्रेष्ठले त्यसको भोलिपल्ट नै सापकोटाको सरुवा गरिदिइन् । 'सानो ठिमी अन्तर्गत कुनै कार्यालयमा सापकोटा सरको सरुवा भएको छ,' ती कर्मचारीले भने, 'उहाँको ठाउँमा सहसचिव केशवप्रसाद दाहाललाई ल्याएर प्रवक्ता तोक्नुभएको छ ।'
कर्मचारीले कुनै सुझाव दिँदा मन्त्री श्रेष्ठ रिसाउने गरेको कर्मचारीहरूको भनाइ छ ।
उनले दिनहुँ माग्ने प्रगति विवरणका कारण पनि कर्मचारीहरू आजित छन् ।
'जिल्ला प्रशासन कार्यालयजस्तो गरेर उहाँले दिनहुँ कार्यप्रगति विवरण माग्नुहुन्छ । जिल्ला प्रशासन कार्यालय त होइन नि सधैं कार्य प्रगति होस् । त्यो नभएपछि उहाँ कर्मचारीहरूमाथि खनिनुहुन्छ ।'
मन्त्रीको दैनिकी छिनछिनमा मिटिङ गर्ने र कर्मचारीहरूलाई निर्देशन दिएर 'गट इट ?' भन्नेमा बित्ने गरेको कर्मचारीहरूको गुनासो छ ।
'उहाँको शैली मन्त्रीजस्तो कम, एनजीओको प्रोजेक्ट म्यानेजरजस्तो बढी भएको छ,' एक कर्मचारीले भने, 'मन्त्रीले त कर्मचारीलाई विश्वासमा लिएर काम गर्ने हो । हामी पनि काम गर्नै भनेर आएका हौं । हरेक कुराको एउटा प्रोसेस हुन्छ । कानून हेर्नुपर्छ । मन्त्रीले जे भन्यो त्यही गर्ने मात्र हाम्रो भूमिका होइन नि !'
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...