×

NMB BANK
NIC ASIA

चुनौती बन्दै विद्युतीय फोहोर

विश्वभर बढ्दै छ 'ई-वेस्ट'को भार : बर्सेनि फोहोरमा फ्याकिन्छन् करोडौं मोबाइल फोन

काठमाडाैं | चैत २८, २०८०

NTC
तस्वीर: एपी
Premier Steels

संसारमा मोबाइल फोनको प्रयोग बढ्दो छ । यसले मानिसहरूको कामलाई सहज त बनाएको छ नै सँगै समस्या पनि उत्पन्न गराइरहेको छ । जसमध्ये एउटा हो बढ्दो इलेक्ट्रोनिक फोहोर(ई-वेस्ट)को समस्या । उपभोक्ताहरूले बारम्बार सङ्कलन गर्ने साना इलेक्ट्रोनिक उत्पादनहरूमा मोबाइल फोन चौथो स्थानमा छ।

Muktinath Bank

वी फोरुमको रिपोर्टअनुसार विश्वभर एक हजार ६०० करोडभन्दा बढी मोबाइल फोन प्रयोगमा छन् । जसमध्ये करिब एक तिहाइ अर्थात् ५३० करोड यो वर्ष फोहोरमै फालिने छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फालिने यी फोनहरू एकअर्कामाथि मिलाएर राखियो भने तिनीहरूको कुल उचाइ लगभग ५० हजार किलोमिटर हुनेछ । जुन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन भन्दा लगभग १२० गुणा बढी हो ।


Advertisment
Nabil box
Kumari

इन्टरनेशनल वेस्ट इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक इक्विपमेन्ट फोरम (डब्ल्यूईईई) ले जारी गरेको प्रतिवेदनमा धेरैले पुराना फोनलाई रिसाइकल गर्नुको सट्टा साथमा राख्ने गरेकाले इलेक्ट्रोनिक फोहोर वर्षैपिच्छे बढ्दै गएको छ । 

Vianet communication

विश्वभर बढ्दो इलेक्ट्रोनिक फोहोर आफैंमा ठूलो समस्या बन्दै गएको छ । तथ्याङ्कअनुसार २०२२ मा उत्पादित सेलफोन, विद्युतीय टूथब्रस, टोस्टर र क्यामेरा आदिजस्ता साना इलेक्ट्रोनिक उपकरणहरूको कुल वजन करिब २४.५ मिलियन टन बराबर छ । जुन गिजाको ग्रेट पिरामिडको तौलभन्दा चार गुणा हो । यी साना इलेक्ट्रोनिक उत्पादनहरूले विश्वव्यापी कुल इलेक्ट्रोनिक फोहोरको लगभग ८ प्रतिशत ओगटेको छ।

सन् २०२१ मा ५७ मिलियन टनभन्दा बढी इलेक्ट्रोनिक फोहोर उत्पादन भएको थियो। इलेक्ट्रोनिक उपकरणको तौल चीनको ग्रेट वालभन्दा धेरै रहेको अनुमान गरिएको छ । जुन पृथ्वीमा मानिसले बनाएको अहिलेसम्मकै गह्रौं वस्तु हो।

२०२० मा जारी गरिएको ग्लोबल ई-वेस्ट मनिटर प्रतिवेदन अनुसार सन् २०१९ मा करिब ५४ मिलियन मेट्रिक टन इलेक्ट्रोनिक फोहोर उत्पादन भएको थियो। सन् २०१४ देखि पछिल्ला पाँच वर्षमा यो इलेक्ट्रोनिक फोहोर करिब २१ प्रतिशतले बढेको छ । २०३० सम्म यो बढेर ७४ मिलियन मेट्रिक टन पुग्ने अनुमान छ।

सन् २०१९ मा विश्वभर विद्युतीय फोहोरको १७.४ प्रतिशत मात्र संकलन र पुन: प्रयोग गरिएको अनुमान गरिएको छ। यसको मतलब बाँकी ८२.६ प्रतिशत फलाम, तामा, चाँदी, सुन र अन्य बहुमूल्य धातुहरू फोहोरमै फ्याँकिएको वा जलाइएको छ।

यदि यो समस्यालाई राम्ररी व्यवस्थापन गर्न नसके आगामी ३० वर्षमा विश्वव्यापी इ–वेस्टको मात्रा दोब्बर भएर १० करोड टन पुग्ने अनुमान छ । धेरै देशहरूमा इलेक्ट्रोनिक्सको खपत तीव्र रूपमा बढिरहेको छ ।

 

विद्युतीय सामान बिग्रिएपछि वा समय सकिएपछि फोहोर भन्दै फाल्ने प्रवृत्ति छ । त्यस्ता सामानमा प्रयोग भएका रसायन र मर्करी मानवसम्म आउन सक्छन्, जुन जनस्वास्थ्यका लागि घातक मानिन्छ । तीव्ररूपमा बढ्दो विद्युतीय सामग्री प्रयोगले देशका ठूला शहरहरूमा ‘ई–वेस्ट म्यानेजमेन्ट’ प्रमुख चुनौतीको रूपमा खडा भएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x