×

NIC ASIA

निर्वाचन प्रणाली सुधार्ने बहस

एमालेसँग गगनको प्रस्ताव– ३० सिटे दलले तर्साउने खेल बन्द गर्न सहकार्य गरौं

काठमाडाैं | बैशाख २, २०८१

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशलाई राजनीतिक स्थायित्वका लागि नेकपा एमालेसँग सम्वादका लागि प्रस्ताव गरेका छन् । संवाद भन्ने बित्तिकै सरकार परिवर्तनको कुरा नबुझ्न उनले आग्रह गरे ।

Muktinath Bank

पूर्व–पश्चिम संवाद यात्राका क्रममा आइतवार बाँकेको खजुरामा आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले निर्वाचन प्रणाली सुधारका लागि एमालेसँग सहकार्यको प्रस्ताव गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेकपा एमालेसँग संवाद गरौं, सरकारका लागि होइन । संवाद भन्दा बित्तिकै केपी ओलीजीलाई के लाग्छ भने सरकार बनाउनेभन्दा पनि निर्वाचन प्रणाली सुधारका लागि’, थापाले भने ।


Advertisment
Nabil box
Kumari

चुनाव अघि गठबन्धन नगर्ने निर्णयमा एमालेलाई सहमत गराउन सके ३० सिटको दलले कहिले कांग्रेस र कहिले एमालेलाई तर्साउने खेल सधैंका लागि अन्त्य हुने उनले दाबी गरे । 

Vianet communication

‘कांग्रेसले गरेको जस्तै एमालेलाई पनि निर्वाचन अगाडि गठबन्धन नगर्ने निर्णयमा पुग्ने अवस्थामा पुर्‍याऔं । सकिन्छ भने संविधान बदलौं, नभए कानून बदलौं । राजनीतिक दलसम्बन्धी कानून संशोधनको चरणमा रहेको समयमा कांग्रेस र एमाले मिल्यौ भने चुनाव अघि पसर खोलेर धन्दा चलाउने । २०–३० सिटेले कहिले कांग्रेस कहिले एमालेलाई तर्साउने खेललाई सधैंलाई बन्द गरौं’, महामन्त्री थापाले भने । 

उनले २०८२ सालमा महाधिवेशन गरेर कांग्रेसलाई सशक्त बनाउन तलैदेखि दबाब सृजना गर्नुपर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x