कात्तिक २९, २०८०
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
काठमाडाैं | बैशाख ५, २०८१
युक्रेनसँगको युद्धमा रुसी सेनाको मृत्यु हुनेको संख्या ५० हजार नाघेको बीबीसीले पुष्टि गरेको छ ।
गत फेब्रअरी २२ बाट शुरू भएको रुस–युक्रेन युद्धमा ५० हजारभन्दा बढी रुसी सेनाको मृत्यु भएको बीबीसीको समाचारमा उल्लेख छ ।
युद्ध शुरू भएको दुई वर्षभन्दा बढी भइसकेको छ । दोस्रो वर्षमा पहिलो वर्षको तुलनामा २५ प्रतिशतभन्दा बढी रुसी सेनाको मृत्यु भएको बीबीसीले प्रकाशन गरेको समाचार टिप्पणीमा उल्लेख छ ।
बीबीसीको रुस संस्करण, स्वतन्त्र सञ्चारमाध्यम र स्वयंसेवकहरूले युद्ध शुरू हुँदादेखि मृत्युको गणना गरिरहेका थिए ।
बीबीसीले दाबी गरेको मृत्यु संख्या रुसले आधिकारिक रुपमा दिएको आंकडाभन्दा निकै बढी छ । उक्त संख्या लगभग आठ गुणा बढी हो ।
बीबीसीले लेखेको छ, ’मृतक सैनिकको लास गाड्ने चिहानबाट पनि संख्या पत्ता लगाउन ठूलो मदत भयो । हाम्रो टीमले आधिकारिक प्रतिवेदनहरू, पत्रपत्रिका र सामाजिक सञ्जालबाट पनि जानकारी हासिल गरेको छ ।’
युद्धको दोस्रो वर्षमा २७ हजार ३०० भन्दा बढी रुसी सैनिकले ज्यान गुमाएका छन् । पहिलो वर्षमा त्यो संख्या २२ हजारभन्दा बढी थियो ।
बीबीसीको यो प्रतिवेदनमाथि रुसले आधिकारिक टिप्पणी गर्न अस्वीकार गरेको छ । मृत्युको संख्या योभन्दा अझ बढी हुनसक्ने बताइएको छ ।
बीबीसीले भनेको छ, ’हाम्रो विश्लेषणमा रुसले कब्जा गरेको पूर्वी युक्रेनस्थित डोनेट्स्क र लुहान्स्कमा मिलिसियाको मृत्युलाई समावेश गरिएको छैन । त्यो थपिएमा मृत्यु हुनेको संख्या अझ बढी हुनेछ ।’
युक्रेनले भने आफ्नो तर्फबाट भएको क्षतिबारे खासै आधिकारिक धारणा दिने गर्दैन । अमेरिकी गुप्तचरले युद्धमा ३१ हजार युक्रेनी सेना मारिएको तथ्यांक सार्वजनिक गरेको छ । यो रुसी पक्षमा भएको क्षतिभन्दा लगभग आधा कम हो ।
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...