×

NMB BANK
NIC ASIA

सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती, १०१ किलोमिटरमा अनुगमन गरिने

कैलाली | बैशाख ९, २०८१

NTC
Premier Steels

कैलालीमा सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टरले एक सय एक किलोमिटर सीमा क्षेत्रमा पैदल गस्ती शुरू गरेको छ ।

Muktinath Bank

सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय नीति र निर्देशनअनुसार कैलालीमा शनिवारदेखि आठ दिनसम्म सीमा पैदल गस्ती शुरू गरेको हो ।​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्रिनगर भन्सार सीमास्तम्भबाट शुरू भएको गस्ती जिल्लाको पूर्वी सीमास्तम्भ पुगेर समापन गरिने जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

सशस्त्र प्रहरी निरीक्षक पुष्करबहादुर बमको कमान्डमा ३५ जनाको टोलीले सीमा क्षेत्रको अनुगमन, निरीक्षण र सीमा क्षेत्रका स्थानीयसँग संवादसमेत गर्ने सशस्त्र प्रहरी बल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेले बताए ।

Vianet communication

उनले त्रिनगरस्थित सीमास्तम्भ ७५२/६ रहेको स्थानबाट पैदल गस्ती शुरू भएर सीमास्तम्भ श्रीलङ्कास्थित नम्बर ७०० मा पुगेर समापन गरिने बताए ।

भारतसँग जोडिएको एक सय एक (१०१) किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती टोलीले अनुगमन र निरीक्षण गर्ने उनको भनाइ छ ।

पैदल गस्तीमा  सीमास्तम्भको अवस्था र समग्र सीमा क्षेत्रको वस्तुस्थितिबारे अध्ययन गरिने जनाइएको छ । सशस्त्र प्रहरी बल, नेपालको केन्द्रीय नीति र निर्देशनअनुसार यसअघि कञ्चनपुरको सीमा क्षेत्रमा समेत पैदल गस्ती गरिएको जनाइएको छ ।

सो क्रममा सीमास्तम्भको अनुगमन, सीमा क्षेत्रबाट हुने तस्करी, आपराधिक गतिविधि तथा सीमा क्षेत्रका स्थानीयले भोग्नुपरेका समस्याबारे आवश्यक जानकारी लिएर माथिल्लो निकायलाई रिपोर्टिङ गर्ने काम गरिने भएको छ ।

सशस्त्र प्रहरी बलको सीमा क्षेत्रमा शुरू भएको पैदल गस्तीले लागुऔषध ओसारपसार, चोरी–तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा पर्ने वडाका जनप्रतिनिधि, राजनीति दलका नेता, स्थानीय र भारतीय सीमा सुरक्षा बलका अधिकारीसँग अन्तरक्रिया गर्ने जनाइएको छ ।

तस्करी नियन्त्रण, विपद् व्यवस्थापन, आपराधिक गतिविधिको निगरानी र नियन्त्रण गर्न पैदल गस्तीले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रहरी उपरीक्षक पाण्डेले आठ दिनसम्म गस्ती टोलीले दिन र रातिको समयमा समेत पैदल गस्ती गरेर सीमा क्षेत्रको निरीक्षण गर्ने जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x