कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
धनगढी | बैशाख १५, २०८१
सफल कसरी बन्ने ? यसका लागि मेहनत कति आवश्यक पर्छ ? मेहनतसँगै धैर्यताको महत्व कति हुन्छ ? यी विषयमा जीबी आग्रीले राम्रो अनुभव बटुलेका छन् । आफूले देखेको सपना पूरा गर्न अथाह मेहनतसँगै विभिन्न आरोह र अवरोहबीच सङ्घर्ष गरिरहेको एउटा नाम हो– जीबी आग्री । आफ्नो क्षमताको पहिचान गरी त्यही अनुरुपको मेहनत र कर्म गरेपछि सफलता पाइन्छ भन्ने कुराको उनी दृष्टान्त बनेका छन् ।
सडक नाटकदेखि म्युजिक भिडियोसम्म
कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित एक सामान्य परिवारमा जन्मिएका आग्रीको बाल्यकाल सामान्य ढङ्गले नै बित्यो । विद्यालय अध्ययन गर्ने समयमा विभिन्न अतिरिक्त क्रियाकलापमा रुचि राख्ने आग्री बेलाबेलामा हुने कार्यक्रमहरूमा भाग लिइरहन्थे । नाच्न र नाटकमा अभिनय गर्न उनलाई खुबै मन पथ्र्यो ।
एसएलसी सकिएलगत्तै कञ्चनपुरस्थित एनएनएस डब्लूए संस्थाबाट सडक नाटक निर्माणको जिम्मेवारी पाएपछि आग्री फुरुङ्ग भएका थिए । त्यो बेला उनले सुदूरपश्चिमका विभिन्न जिल्लामा सडक नाटकमार्फत् आफ्नो प्रस्तुति देखाए । अभिनयसँगै लेखनमा पनि उनी पोख्त थिए । तयार गरेका सडक नाटकहरूबाट राम्रो प्रतिक्रिया आयो ।
स्थानीय स्तरमा भइरहने मेला महोत्सवमा पनि आग्री सहभागी हुन थाले । उनलाई अभिनय कलाले छपक्क छोएको थियो । अभिनय गर्नका लागि पनि निकै मेहनत र परिश्रम गर्थे उनी । त्यो बेलामा अभिनयबाट रहर त पूरा हुन्थ्यो, तर स्थानीय स्तरमा हुने साना मेला महोत्सवबाट खर्च जुटाउन भने मुस्किल हुन थालेपछि काकासँगै उनी रोजगारीका लागि भारततर्फ गए । भारतमा काम गरेर गुजरा चलाउन थाले । उनलाई भारतमा पनि अभिनयको लतले छोडेको थिएन । काम सकेपछि उनी त्यहाँ हुने विभिन्न कार्यक्रम हेर्न पुगिरहन्थे । हलिउड–बलिउडको सुटिङमा पनि जान उनलाई निकै रहर हुन्थ्यो । ‘काम सकिसकेपछि म सुटिङ हेर्न विभिन्न स्थलमा पुग्थे । हेर्दाहेर्दै मलाई पनि अभिनय गर्न मन लाग्थ्यो । त्यसका लागि मैले सुटिङस्थलमा रहेका अग्रजहरूलाई सोध्थेँ पनि,’ ती दिन सम्झँदै उनी भन्छन्, ‘उहाँहरूले त्यतिखेरको पाँच हजार रुपैयाँमा एउटा कार्ड बनाउनुपर्ने बताउनुभयो । तर मसँग एक हजार ५०० को मात्रै मासिक जागिर थियो । त्यो जागिर मेरो खर्च चलाउन मात्रै ठीक्क थियो । कहिले पाँच हजार जम्मा हुन्छ र म अभिनय सिक्न पाउँ भन्ने मेरो सपना सपनामै सीमित रह्यो ।’
त्यसको केही समयपछि आग्री घर फर्किए । उनले स्थानीय स्तरमै केही गरेर दैनिकी बिताउने निधो गरे । उनको दैनिकी फेरि स्थानीय स्तरमा हुने विभिन्न प्रतियोगिता मेला महोत्सवमा बित्न थाल्यो । नृत्य गर्न पाउँदा आग्री निकै खुसी हुन्थे । ‘कहीँ गीत बज्यो कि मेरो शरीर नाच्न थालिहाल्थ्यो । नाच्न जाँगर खै कहाँबाट आउँथ्यो थाहा छैन, नृत्य एकदमै मन पथ्र्याे मलाई,’ उनले मुस्कुराउँदै भने ।
सपनाको खोजीमा राजधानीतिर
आग्रीले आफूभित्रको क्षमता पहिचान गरिसकेका थिए । नाच्नसँगै अभिनय कला क्षेत्रमै रहन आफू योग्य भएको उनले बुझिसकेका थिए । स्थानीय स्तरमा भइरहेका विभिन्न मेला महोत्सवबाट राम्रो प्रतिक्रिया आएपछि आग्रीलाई कला क्षेत्रमै केही न केही गर्ने हुटहुटी जाग्यो । त्यसका लागि उनले देशकै राजधानी काठमाडौंलाई सपनाको गन्तव्य बनाए । भविष्यको खोजीमा उनी काठमाडौंका लागि हिँडे । यसमा आग्रीलाई उनका एकजना साथीले साथ दिए ।
‘बिरानो शहर आफन्त कोही थिएनन् । साथी र म दुवै जनाले मेहनत गर्न थाल्यौं । कामको खोजी गर्न थाल्यौं । तर, सजिलै काम पाइएन । दुई जनासँगै बस्ने भएकाले खान–बस्न केही हदसम्म भने सजिलो नै थियो । त्यसको केही समयपछि साथीको विदेशको भिजा लाग्यो । ऊ विदेश उड्नुपर्ने भयो । म एक्लै के गर्ने, कसो गर्ने सम्हालिनै सकिनँ,’ उनी भन्छन्, ‘गाउँ फर्किउँ– मैले देखेको सपनाको माया लाग्यो, काठमाडौंमै बसौँ– एक्लै कहाँ–कहाँ भौँतारिने ! त्यो बेला आफूले आफूलाई सम्हाल्न निकै गाह्रो भयो ।’
सँगै आएका साथी विदेश गएपछि एक्लै बनेका आग्रीले काठमाडौँमै सङ्घर्ष गर्ने मनसाय बनाए । केही समयपछि उनले एउटा दोहोरी साँझमा काम पाए । दैनिकी राम्ररी नै बितिरहेको थियो । हरेक दिन उनले केही न केही नयाँ गर्ने भन्ने सोचमै बिताइरहेका थिए । परिस्थिति पनि सोचेजस्तै भइदियो । अब उनी जागिर सँगसँगै अभिनयमा पनि देखिन थाले ।
‘मैले म्युजिक भिडियो खेल्ने अवसर पाएँ । काठमाडौंमा दैनिकी चलाउन त्यसले मलाई सहज बनायो । जागिर सँगसँगै मैले ५–६ वटा म्युजिक भिडियोमा अभिनय पनि गरे,’ आग्रीले विगत सम्झिए ।
जब हाइटले धोका दिएको ठाने...
खासमा आग्री फिल्मको हिरो बन्न चाहन्थे । त्यो समयमा अभिनयका लागि निकै प्रतिस्पर्धा गर्नुपथ्र्यो । शरीरलाई फिट एन्ड फाइन बनाइराख्नु पथ्र्यो । अहिलेको समयको जस्तो जो पनि मोडेल जो पनि नायक भएजस्तो अवस्था नभएको आग्री बताउँछन् । हाइट–फाइट, लवाइ–खवाइ सबै मिलेको हुनुपथ्र्यो । हिरो बन्न आफ्नो शारीरिक बनावट हाइटले साथ नदिएको महसुस उनलाई हुन थाल्यो । त्यसपछि उनको गन्तव्य फेरियो ।
‘आजभन्दा २२ वर्ष पहिले कलाकारिता क्षेत्रमा रहन निकै सङ्घर्ष गर्नुपथ्र्यो । अहिलेको जस्तो थिएटरले साथ दिएको अवस्था थिएन । अहिले पनि हेर्ने हो भने मोडलहरूले आफैँले पनि पैसा तिरेर अभिनय गरिरहेको देख्छौं । हामी त्यो बेलामा त मोडल अथवा कलाकार बन्नसबै कुरा मिलेको हुनुपथ्र्यो । मैले आफैँमा फेलियर भएको महसुस गरेँ र अभिनयभन्दा निर्देशनतिर लाग्ने निर्णय लिएँ,’ उनी थप्छन्, ‘किनकि मभित्र क्षमता पनि थियो । मैले सुदूरपश्चिममा सडक नाटक गर्ने बेला आफैँले पनि निर्देशन गर्थे लेख्थे । अनुभव पनि भएको हुनाले मैले अभिनयभन्दा निर्देशनमै ध्यान दिन थालेँ ।’
‘हजुर मुसुक्कै’बाट यू–टर्न
हालसम्म आग्रीले २०० भन्दा बढी म्युजिक भिडियोमा निर्देशन गरिसकेका छन् । कलाकार बन्ने उद्देश्य बोकेर सपनाको शहर काठमाडौं छिरेका आग्रीको विधा थोरै फेरिएको थियो । उनी कलाकार मात्र नभई निर्देशकको जिम्मेवारी निर्वाह गरिरहेका थिए । यो बीचमा उनले ‘मिलियन भ्युज’ गएका थुप्रै म्युजिक भिडियोको निर्देशन गरिसकेका थिए । सायद उनीभित्रको क्षमता र अवसरको मिलन भएको थिएन । त्यसैले पनि होला निर्देशकहरूको प्रतिस्पर्धामा शीर्ष सूचीमा उनको नाम थिएन । तर, जब उनले चर्चित नायक राजेश हमाल, नायिका निरुता सिंहलगायत सिने क्षेत्रका हस्तीसँग सहकार्य गरेर ‘हजुर मुसुक्कै’ बोलको म्युजिक भिडियो बजारमा ल्याए, त्यसले एकाएक उनको चर्चा चुलिन थाल्यो । आग्रीको निर्देशनमा तयार भएको राज घरानाको कथामा आधारित गीतको म्युजिक भिडियो सार्वजनिक भएपछि कला क्षेत्रमा त्यसले तहल्का नै मच्चायो । यत्रतत्र सर्वत्र हजुर मुसुक्कै र निर्देशक आग्रीको चर्चा हुन थाल्यो ।
‘महानायक राजेश हमालसँग सहकार्य गर्ने नजिकिने मेरो पनि सोच थियो । त्यो अवसरको पर्खाइमा थिएँ । संयोग म आफैँ निर्देशक रहेको म्युजिक भिडियोमा मैले उहाँसँग सहकार्य गर्न पाएँ । म्युजिक भिडियो सर्वाधिक सफल बन्यो । उहाँबाट मैले व्यावहारिक जीवनमा पनि धेरै प्रेरणा पाएँ । दर्शकको माया पाएसँगै निर्देशकहरूको बीचमा जीबी आग्रीको नाम अग्रपङ्क्तिमा लेखाउने मौका पनि पाएँ,’ सगर्व उनी भन्छन् ।
त्यसपछि हमालसँगको आग्रीको सहकार्य झन् अगाडि बढ्न थाल्यो । उनकै निर्देशनमा हमालकै अभिनय रहेको ‘रातो टिकी बोल’को अर्को म्युजिक भिडियो सार्वजनिक भयो । उक्त गीतको म्युजिक भिडियोमा हमालसँगै दिलीप रायमाझी, केकी अधिकारीलगायत कलाकारलाई देख्न सकिन्छ ।
‘मैले तयार गर्ने अधिकांश म्युजिक भिडियोमा सुदूरपश्चिमको कला संस्कृतिलाई देखाउने जमर्को गरेको हुन्छु । ‘रातो टिकी’ बोलको म्युजिक भिडियोमा पनि महानायक राजेश हमाल र नायिका केकी अधिकारीले जुटेली भाषामै संवाद गरेको दृश्य पनि राखेका छौँ । अभिनयले पनि सुदूरपश्चिमको गरिबी वास्तविक समस्या र गलत संस्कृतिकै व्यङ्ग्य गरेको छ,’ उनले भने, ‘त्यसलगत्तै मैले ‘रानीमाया’ बोलको म्युजिक भिडियोको पनि निर्देशन गरेको छु । त्यो पनि सर्वाधिक सफल भएको म्युजिक भिडियो हो ।’
हमाललाई लिएर चलचित्र निर्माणको तयारी
म्युजिक भिडियोमा सोचेजस्तै सफलता पाएपछि निर्देशक आग्री चलचित्र (फिल्म) निर्माणको तयारीमा छन् । राजेश हमाललगायत कलाकारको अभिनय रहने गरी फिल्म निर्माण गर्ने तयारी उनको छ ।
‘मेरो क्षेत्र नै चलचित्र हो । म्युजिक भिडियो पनि निर्देशन गरिरहेको छु । हामीले ‘हजुर मुसुक्कै’ बोलको गीतको कथावस्तु चलचित्रकै लागि तयार गरेका हौँ । तर आर्थिक अभावका कारण त्यो समयमा हामीले चलचित्र निर्माण गर्न सकेनौँ । म्युजिक भिडियोबाट सर्वाधिक सफल भएपछि यस्तै दरबारीया कथावस्तुमा आधारित रहेर चलचित्र बनाउने गरी हाम्रो टीमले काम गरिरहेको छ’, उनले भने ।
आग्रीले २०६८ सालमा अनुराग मल्टिमोभिज नामको कम्पनी दर्ता गरेर चलचित्र निर्माण कार्य शुरू गरेका थिए । निर्माता–निर्देशक आफैँ रहने गरी उनले युवा पुस्तालाई लक्षित गर्दै ‘फूटपाथ’ नामको चलचित्र पनि बजारमा ल्याएका थिए । त्यसपछि भने पारिवारिक कारणले उनले चलचित्र बनाएका छैनन् । ‘२०७० पछि म म्युजिक भिडियोतिर फर्किएँ । तर मेरो मुख्य काम भनेको चलचित्र नै बनाउनु हो । यसर्थ केही समयमै हामीले चलचित्र निर्माणको काम शुरू गर्नेछौँ,’ उनी भन्छन्, ‘मलाई दुई–तीन वटा चलचित्र निर्माणका लागि अफर पनि आएको छ । तर, पनि हजुर मुसुक्कै म्युजिक भिडियोको टीमकै अभिनय र लगानी रहनेगरी हामी चलचित्र निर्माणको तयारीमा छौँ ।’
अन्तर्जातीय विवाह, १८ वर्षपछि प्लस टू पास
निर्देशक आग्रीका प्रेमका किस्ता पनि रोचक छन् । कञ्चनपुर सुडाकी चानु चौधरीको प्रेममा परेका आग्रीले छोटो समयमै त्यो सम्बन्धलाई विवाहमा परिणत गरे । मन मिल्ने चार–पाँच जना साथीको समूह लिएर जानुलाई लिन आग्री उनको घरमै पुगे । जानुका परिवार पनि आग्रीलाई छोरी दिन राजी भए । अनि शुरू भयो उनीहरूको दाम्पत्य जीवन ।
‘मैले प्रेम विवाह प्रेम गरँे अथवा मागी थाहा छैन । हामी दुई जनाले एकअर्कालाई माया गथ्यौं । त्यो सम्बन्धलाई विवाहमा परिणत गर्न चार–पाँच जना साथीहरू उनको घरमा गयौं । उनको परिवार पनि राजी भए । त्यसपछि हाम्रो विवाह भयो । इन्टरकास्ट विवाह भए पनि दाम्पत्य जीवन सुखद र सफल बितिरहेको छ,’ उनी भन्छन् ।
निर्देशक आग्रीको जीवनमा रोचक र अविस्मरणीय क्षण पनि थुप्रै छन् । तीमध्ये अध्ययनको सिलसिलामा पनि उनले विभिन्न आरोह–अवरोह झेलेका छन् । यो सम्झिनलायक पनि छ । एसएलसी पास भएपछि पढ्न छोडेका आग्रीले यति बेला भने पढाइलाई पनि निरन्तर अगाडि बढाएका छन् । एसएलसी पास भएको १८ वर्षपछि उनले प्लस टू पनि पास गरेका छन् ।
‘त्यतिखेरको समयमा पढाइभन्दा पनि कमाइकै बढी महत्व हुन्थ्यो । एसएलसी दिएर कमाउनका लागि भारत र अन्य विभिन्न ठाउँमा जाने परम्पराजस्तै थियो हाम्रो गाउँमा । युवाहरू सबै पढ्न छोडेर कमाउनतिरै ध्यान दिन्थे । त्यही सिलसिलामा मैले पनि पढाइ छोडेर अभिनय कलातिर ध्यान दिएँ, उनी थप्छन्, ‘तर, जिन्दगीमा पढाइको महत्व धेरै हुँदो रहेछ । जब महानायक राजेश हमाल दाइसँग भेट भयो । उहाँले मलाई धेरै कुरामा सहयोग गर्नुभयो । उहाँबाट मलाई प्रेरणा पनि मिल्यो । उहाँको सुझावअनुसार मैले प्लस टू भर्ना गरेँ । र उत्तीर्ण भइ सफलता पनि पाएँ ।’
१८ वर्ष अध्ययन छोडेका निर्देशक आग्री अब भने पढाइलाई निरन्तरता दिने बताउँछन् । जीवनमा शिक्षाको छुट्टै महत्व रहेको अहिले आएर आफूले मज्जैले बुझेको उनी बताउँछन् । ‘अब म पढाइलाई निरन्तरता दिन्छु । सक्रिय रहेकै क्षेत्र कलाकारिता र निर्देशन विधालाई नै मुख्य प्राथमिकतामा राखेर अध्ययन गर्छु’, उनले प्रतिबद्धता जनाए ।
आग्रीको अबको उद्देश्य पनि एक सफल निर्देशक बन्नु सँगसँगै अहिले गरिरहेकै क्षेत्रमा अब्बल बन्नु हो । ’कला क्षेत्रमै मैले जीवनका २२–२५ वर्ष बिताए । अझैपनि मलाई यही क्षेत्रमा रहनु छ, यहीँ क्षेत्रमा धेरै गर्नुछ । र अन्तिम सास पनि कलाकारिता क्षेत्रमै रहेर फेर्नुछ’, भावुक हुँदै उनले कुरा टुंग्याए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...