×

NMB BANK
NIC ASIA

बिहारबाट अवैधरुपमा उत्तरप्रदेश लगेका ९५ बालबालिकाको उद्धार

काठमाडाैं | बैशाख १५, २०८१

NTC
Premier Steels

अयोध्या– भारतको उत्तरप्रदेश बाल आयोगले शुक्रबार बिहारबाट अवैधरुपमा उत्तरप्रदेश लगेका ९५ बालबालिकाको उद्धार गरेको छ । यस घटनाले बाल बेचबिखन बारेको चिन्तालाई प्रकाश पारेको छ ।  

Muktinath Bank

अयोध्या बाल कल्याण समिति सीडब्लूसीका अध्यक्ष सर्वेश अवस्थीले शुक्रबार उत्तरप्रदेश बाल आयोगकी सदस्य सुचित्रा चतुर्वेदीबाट घटनाको जानकारी पाएपछि सीडब्लूसीका सदस्यहरूले बच्चाहरूको उद्धार गरेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बिहान नौ बजेतिर उत्तरप्रदेश बाल आयोगकी सदस्य सुचित्रा चतुर्वेदीले फोन गरेर बिहारबाट साना बच्चाहरूलाई अवैधरूपमा सहारनपुर लगिएको र उनीहरू गोरखपुरमा रहेको तथा अयोध्या हुँदै जान लागेको सूचना दिनुभएको थियो । हामीले उनीहरूको उद्धार गर्यौँ । उनीहरूलाई खाना दियौँ र चिकित्सा सहयोग गर्यौँ,’ अवस्थीले भने । 


Advertisment
Nabil box
Kumari

उनका अनुसार उद्धार गरिएका बालबालिका चारदेखि १२ वर्ष उमेर समूहका छन् । 

Vianet communication

‘बालबालिका ल्याउनेहरूसँग उनीहरूको आमाबुबासँगको कुनै सहमतिपत्र थिएन, ९५ बालबालिकाको उमेर चारदेखि १२ वर्षको बीच छ र उनीहरूमा अधिकांशले आफूलाई कहाँ लैजान खोजिएको हो भन्नेबारे केही थाहा नभएको बताएका छन्, आमाबुबासँग सम्पर्क गर्ने प्रयास भइरहेको छ र बालबालिकाहरू आइपुगेपछि आमाबाबुलाई सुम्पिइने छ,’ अवस्थीले भने ।

यसअघि बिहारका बालबालिकाहरूको एक समूहलाई मदरसाहरूमा पठाउँदै गर्दा उत्तरप्रदेशको बाल आयोगले गोरखपुरबाट उद्धार गरेको थियो । राष्ट्रिय बाल अधिकार संरक्षण आयोगको आदेशमा राज्य बाल प्यानलले उनीहरूको उद्धार गरेको थियो । 

राष्ट्रिय बाल अधिकार संरक्षण आयोग (एनसीपीसीआर)का अध्यक्ष प्रियाङ्क कानुनगोले सामाजिक सञ्जाल एक्सको एक पोस्टमार्फत बालबालिकाको उद्धार भएको सार्वजनिक गरेका छन् । 

‘बिहारबाट अन्य राज्यका मदरसाहरूमा पठाइएका निर्दोष बालबालिकालाई एनसिपिसिआरको निर्देशनमा उत्तरप्रदेश राज्य बाल आयोगको सहयोगमा गोरखपुरमा उद्धार गरिएको छ,’ उनले भने, ‘भारतको संविधानले हरेक बालबालिकालाई शिक्षाको अधिकार दिएको छ, प्रत्येक बालबालिकाका लागि विद्यालय जानु अनिवार्य छ, यस्तोमा गरिब बालबालिकालाई अन्य राज्यमा लगेर धर्मका आधारमा चन्दा कमाउनका लागि मदरसामा राख्नु संविधानको उल्लङ्घन हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x