×

NMB BANK
NIC ASIA

उपनिर्वाचनको परिणाम

‘बाबुको बिँडो’ थामेका सुहाङः फूटबलमा लगानी, इलाम २ मा विजयी

काठमाडाैं | बैशाख १८, २०८१

NTC
शनिवार भएको उपनिर्वाचनमा मतदान गर्दै सुहाङ नेम्वाङ ।
Premier Steels

नेपाली समाजमा एउटा उखान प्रचलित छ– बाबुको बिँडो थाम्नु । यसको अर्थ हो बुवाको असली उत्तराधिकार बन्नु । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएर बाबुको बिँडो थामेका छन् । बुवा सुवासचन्द्र नेम्वाङको निधन भएपछिको रिक्त स्थानमा उनकै छोरा सुहाङले बाजी मारेका हुन् । 

Muktinath Bank

शनिबार मतदान भएर मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई झण्डै ६ हजार मतान्तरले पछि पार्दै सुहाङ विजयी भए । सुहाङले २७ हजार ७७२ मत ल्याए भने दोस्रो स्थानका खड्काले २१ हजार ९४२ मत पाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७९ को निर्वाचनमा सुवासले कांग्रेसका खड्कालाई  ११४ मतको झिनो अन्तरले पराजित गरेका थिए । अहिले छोरा सुहाङले फराकिलो मतान्तरमा जितेका छन् । खड्कालाई उनले ५ हजार ८३० मत अन्तरले जितेका हुन् । 


Advertisment
Nabil box
Kumari

चुनावी आमसभाका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सुहाङ ।

Vianet communication

स्थायी समिति सदस्यसमेत रहेकी पूर्वमन्त्री शिवमाया तुम्बाहाम्फेलगायतका सिनियर नेतालाई पछि पार्दै सुहाङ इलाम–२ मा एमालेबाट उम्मेदवार बनेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले सुहाङलाई इलाम २ को उम्मेदवार छान्दा परिवारवादको आरोप लागको थियो । तर अझ बढी मतान्तरमा विजयी भएर सुहाङले त्यो आरोपलाई फिका बनाउँदै लगेका छन् ।

एमालेका उपाध्यक्ष सुवासको गत भदौ २६ गते मृत्यु भएपछि यो क्षेत्र खाली थियो । यो क्षेत्रमा उनको विरासत उनकै छोरा सुहाङले थामेका छन् । यो क्षेत्रमा २०५६ सालदेखि सुवासले लगातार चुनाव जित्दै आएका छन् । सुहाङ बुवाको जीवनकालमा भने राजनीतिमा सक्रिय थिएनन् । 

काठमाडौंमा बसेर कानून व्यवसाय पेशा अंगालेका अधिवक्ता सुहाङ बुवाको निधनपछि भने जिल्लाका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुने गरेका थिए । यसअघि सुहाङ अस्ट्रेलियामा अध्यययन गरेर नेपाल फर्किएका हुन् ।

एक फूटबल खेल दौरान सुहाङ ।  

बुवा सुवास फूटबलका फ्यान थिए । विशेषगरी उनी अर्जेन्टिनाका कप्तान लियोनल मेसीका समर्थक थिए । त्यसो त सुवास इलाम क्याम्पस पढ्दा त्यहाँको फूटबल टोलीको कप्तानसमेत थिए । यसर्थ बुवाको त्यो विरासत जोगाउन उनले फूटबल क्षेत्रमा समेत लगानी गरेका थिए । 

गत संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा उनले स्पोर्टिङ इलाम डे मेची क्लब किनेका थिए । स्व बुवाको फूटबलप्रतिको लगाबलाई जीवन्त बनाउन फूटबल क्लबमा लगानी गरेको उनले बताएका थिए । 

साथै सुहाङले कानून व्यवसायतर्फ पनि बुवा सुवासकै बिँडो थामेका छन् । आफ्नै बुवाको पदचाप पछ्याउँदै उनी वकिल बनेका छन् । चुनावी सभामा पनि सुहाङले बुवाकै पदचाप पछ्याउँदै कसैलाई गाली नगरी भोट माग्ने गरेका थिए । इलामका अधिकांश मतदाताले सुहाङ भोट माग्न आउँदा बाबु सुवासकै झल्को आएको बताएका थिए । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x