×

NIC ASIA

कोलकाताको शानदार जीत, कठिन बन्दै दिल्लीको प्ले अफ सम्भावना

काठमाडाैं | बैशाख १८, २०८१

Prabhu Bank
NTC
Premier Steels

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ । 

Muktinath Bank

सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले दिल्लीमाथि ७ विकेटको शानदार जीत दर्ता गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पराजित हुँदा दिल्लीलाई प्ले अफको सम्भावना भने कठिन हुँदै गएको छ । जारी प्रतियोगितामा कोलकाता १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने दिल्ली १० अंकसहित छैटौं स्थानमा पुगेको छ ।


Advertisment
Nabil box
Kumari

पहिले ब्याटिङ गर्न आएको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाएर जम्मा १५३ रन बनाएको थियो ।

Vianet communication

दिल्लीका कप्तान ऋषभ पन्तले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए  । दिल्लीको शीर्ष क्रम पूर्ण रूपमा फ्लप साबित भयो । पृथ्वी साले १३ रन, ज्याक फ्रेजरले १२ रन बनाए भने अभिषेक पोरेल १८ रन बनाएर आउट भए । 

शाई होपले दोहोरो अंक पार गर्न पनि सफल भएनन् । कप्तान पन्तले जिम्मेवारी सम्हाल्न खोजे पनि २७ रनको स्कोरमा वरुण चक्रवर्तीले उनलाई आउट गरे । पन्तले एक छक्का र दुई चौका प्रहार गर्दा २० बल सामना गरेका थिए ।

दिल्लीका लागि ९ नम्बरमा ब्याटिङ गर्न आएका कुलदीप यादवले इज्जत जोगाए । कुलदीप टोलीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान साबित भए । उनले २६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३५ रनको उत्कृष्ट पारी खेले । कुलदीपको पारीका आधारमा टोलीले १५३ रन जोड्न सफल भयो । कोलकाताका लागि वरुण चक्रवर्तीले ३ विकेट लिए । वैभव अरोरा र हर्षित रानाले २–२ विकेट हात पारे । यसबाहेक स्टार्क र सुनिल नारायणले पनि १–१ विकेट लिए ।

एक सय ५४ रनको सामान्य लक्ष्य पछ्याउँदा कोलकाताले शानदार सुरुवात गरेको थियो । ओपनर फिल साल्टले आफ्नो आँधीले बलरलाई ध्वस्त पारे । उनले ३३ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ६८ रनको खेल विजयी पारी खेले । 

साल्टको विकेटपछि कप्तान श्रेयस अय्यर र वेंकटेश अय्यर अन्तिमसम्म नटआउट रहेपछि ७ विकेटको सहज जित निस्कियो । दिल्लीका अक्षर पटेलले २ तथा लिजाड विलियम्सले एक विकेट लिए । 

आईपीएलमा आज राति लखनऊ सुपर जायन्ट्स र मुम्बई इन्डियन्स भिड्ने छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x