मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
कास्की | बैशाख १८, २०८१
पोखराको आकाश धुम्म छ । हिमाल देखिने पोखराबाट नजिकैका डाँडा पनि देखिएका छैनन् । आकाश नखुलेका कारण केही दिनयता हवाई उडान प्रभावित भएका छन् । तुवाँलोले पोखरालाई उकुसमुकुस बनाएको छ ।
वायु गुणस्तर सूचकांक (एक्यूआई)ले पोखराको हावालाई प्रदूषित देखाएको छ । सोमबार दिउँसोसम्म सूचकांकले पोखराको वायु गुणस्तर इन्डेक्स १ सय ७५ अंकमा पुगेको छ, जुन मानव स्वास्थ्यका लागि हानिकारक हो । ५० भन्दा बढी एक्यूआई लेबल मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
यतिबेला पोखराको आकाश मात्र होइन, गण्डकी नै प्रदूषित छ । वनमा लागेको डढेलोले वातावरणमा प्रत्यक्ष प्रभाव पारेको छ । समयमा पानी नपर्दा मौसम सफा हुन सकेको छैन । नेपालमा प्रि–मनसुन मार्च महिनादेखि मेसम्म चल्छ । धेरै पानी पर्ने स्थान पोखरामा समेत प्रि–मनसुनमा पर्नुपर्ने जति पानी परिरहेको छैन ।
खडेरी र डढेलोले वातावरण निस्सासिने खालको बनेको छ । वन निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार आइतबार दिउँसोसम्म गण्डकीको ४ सय ६७ स्थानमा डढेलो लागेको छ । गण्डकीको मुस्ताङबाहेक सबै जिल्लामा डढेलोले भयावह बनेको छ । यसको प्रभाव सबैभन्दा बढी नवलपुर जिल्लामा छ ।
डढेलोमा मानवीय भूमिका बढी
शनिबार म्याग्दीको भीरमुनि सामुदायिक वनमा दिउँसै आगलागी भयो । वनमा आगो लगाएको आरोपमा एक स्थानीय प्रहरी नियन्त्रणमा छन् । उनलाई वनमा आगो लगाइरहेको अवस्थामा भेटेपछि स्थानीयले प्रहरीलाई बुझाएका थिए । म्याग्दीमा नै केही दिनअघि वनमा आगो लगाएको आरोपमा अर्का एक व्यक्ति पक्राउ परेका थिए ।
डिभिजन वन कार्यालय म्याग्दीका सूचना अधिकारी विनयबहादुर अधिकारी खत्रीका अनुसार जिल्लामा दुईजना वनमा आगो लगाएको आरोपमा पक्राउ परेका छन् । उनीहरूको विषयमा अनुसन्धान चलिरहेको छ । अनुसन्धानमा रहेको विषय भएका कारण थप खुलाउन नमिल्ने उनले बताए ।
आइतबार साँझ पनि राम्चे सामुदायिक वन बेनी– ६ मा आगलागी भयो, जसले प्रयोगविहीन भएको सुकुम्बासीको एक घरमा क्षति पुर्यायो । म्याग्दी काली एफएम टावरको फाइबर जल्यो । आगो मानवीय कारणले नै लागेको आशंका छ ।
वन निर्देशनालयले दिएको विवरणअनुसार आइतबार दिउँसोसम्म डढेलोले गण्डकीको ८ हजार २७७ हेक्टर जमिन जलाएको छ । सबैभन्दा बढी नवलपुर र बाग्लुङ जिल्लामा प्रभाव पारेको छ ।
निर्देशनालयका वन अधिकृत तिलक थापाका अनुसार म्याग्दीमा डढेलोका कारण एकजना घाइते समेत भएका छन् । नवलपुरमा ८५ क्युविक फिट काठ र ठूलो परिमाणमा दाउरा क्षति भएको छ ।
मनाङमा भने एक स्थानमा मात्र डढेलो लागेको छ । गण्डकीमा लागेको डढेलो अधिकांश मानवीय कारणले सिर्जित रहेको निर्देशनालयका वन अधिकृत तिलक थापा बताउँछन् ।
‘नेचुलरभन्दा पनि बढी मानवीय कारणले डढेलो लागेको हो । पानी नपरेको अवस्था छ । प्रतिकूल मौसम र चैत वैशाखको हावाहुरीका कारण थप क्षति भएको छ,’ थापाले भने ।
यसरी जंगलमा आगो लगाउने प्रमुख कारण हो, घाँस राम्रो आउने सोच । वन तथा वातावरण मन्त्रालय गण्डकीका प्रवक्ता केदार बरालका अनुसार राम्रो घाँस आउने सोचले नै आगो लगाउने गरेको पाइएको छ । ‘मान्छेको धारण के छ भने नजिकको जंगलमा आगो लाग्यो भने राम्रो घाँस आउँछ, त्यही सोचेर आगो लगाउँछन्,’ उनले भने ।
उनका अनुसार वनमा प्राकृतिक रूपमा आगो लाग्ने घटना एकदमै कम हुन्छ । भौगोलिक कारणले लागेको आगो छिटो ननिभ्ने वा निभिसकेको स्थानबाट अन्य स्थानमा सर्ने समस्या रहेको पनि उनले बताए । भिरालो क्षेत्रमा सल्लोमा लाग्ने आगोले अन्य स्थानमा आगो छिटो सार्ने गरेको उनले जानकारी दिए । प्राकृतिक कारणले आगो लाग्ने घटना कम भए पनि बिजुलीको तार शर्ट वा चट्याङका कारण समेत कहिलेकाहीँ डढेलो लाग्ने सम्भावना हुन्छ ।
‘प्राकृतिक कारणभन्दा मानवीय कारणले बढी आगो लाग्छ । चुरोट बिँडीका ठुटाहरू फालिदिने, पिकनिक गयो भने आगो ननिभाई हिँडिदिने, जानीजानी आगो लगाउने समस्या छ,’ उनले भने ।
अघिल्लो वर्षको तुलनामा कम वर्षा
प्रदूषित वातावरणले पोखरालाई उकुसमुकुस बनाएको छ । अप्रिल १८ देखि पोखरामा वायु प्रदूषण उच्च छ ।
केही दिनयता अवरुद्ध हवाई उडानले पर्यटनमा समेत असर परेको छ । मानव स्वास्थ्यमा पनि यसको गम्भीर असर छ । पोखराको प्रदूषित वातावरणको मुख्य कारण समयमा पानी नपर्नु र डढेलो रहेको पृथ्वी नारायण क्याम्पसका भौतिक शास्त्रका प्राध्यापक तथा वायुका विषयमा अनुसन्धान गरिरहेका अनुसन्धानकर्ता जीवन रेग्मी बताउँछन् ।
‘सबैभन्दा पहिलो कुरा पानी नपरेको लामो समय भयो । पोखरामा यसपटक विन्टरको पानी परेन, प्रि–मनसुनमा पर्ने पानी पनि परेको छैन,’ उनले थपे, ‘अस्ति भर्खर यहीँ त्यत्रो आगलागी भयो । अहिले पनि थुप्रै डाँडाहरूमा डढेलो छ । त्यसको धूलो एकदमै मसिनो हुन्छ । त्यो आकाशमा लामो समयसम्म तैरिएर बसिरहेको हुन्छ । तल झर्नलाई कि पानी पर्नु पर्छ, कि त मज्जासँग हावा चल्नुपर्छ ।’
जल तथा मौसम पूर्वानुमान शाखा पोखराले दिएको जानकारीअनुसार प्रि–मनसुन शुरू भएयता पोखरामा जम्मा ८३.८ मिलिमिटर पानी परेको छ । प्रि–मनसुन नेपालमा मार्चदेखि शुरू हुन्छ । मार्चदेखि आजसम्मको मितिमा पोखरामा जम्मा ८३.८ मीमी वर्षा भएको छ । यो वर्षा अघिल्लो वर्षको तुलनामा १८७.८ मीमीले कम हो ।
सन् २०२३ मा यो समयमा मार्चदेखि आजको मितिसम्म २७१.६ मीमी पानी परेको थियो । त्यस्तै प्रि–मनसुनको अवधिमा ५ सय ८.३ मीमी पानी परेको थियो । प्रि–मनसुनमा विगतका वर्षहरूको तुलनामा यसपालि निकै कम पानी परेको शाखाका प्रकाश गुरुङ बताउँछन् ।
२०२२ मा प्रि–मनसुनको समयमा कम वर्षा भएको रेकर्ड थियो, जसलाई २०२४ ले पछाडि पारेको छ । सन् २०२२ मा अप्रिलको समयसम्म ११७.८ मीमी पानी परेको थियो । प्रि–मनसुनको अवधिभर ४०४.३ मीमी वर्षा भएको थियो ।
वायु प्रदूषणको कारण मुख्यतः स्थानीय नै भए पनि यसमा अन्तरदेशीय कारण पनि हुन्छ । यो भारतका विभिन्न स्थानमा बाली भित्र्याउने समय हो । त्यस क्षेत्रबाट पनि प्रदूषित वायु नेपाल आउँछ ।
कानून छ कारबाही हुँदैन !
चैतदेखि आइतबारसम्ममा गण्डकीका ४ सय ६७ स्थानमा डढेलो लागेको छ ।
त्यसबाहेक आइतबार साँझ मात्र पोखरा २७ को सामुदायिक वनमा आगलागी भयो । डढेलो लाग्ने क्रम बढिरहेको छ । वनमा जानीजानी आगो लगाएमा कानूनी कारबाही हुने प्रावधान समेत छ ।
वन ऐन, २०७६ को दफा ५० को उपदफा (४) मा डढेलो लगाउने कार्य भएमा कारबाही हुने व्यवस्था छ । यो ऐनअनुसार क्षति भएको बिगो असुल गर्ने वा तीन वर्षसम्म कैद सजाय वा ६० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने प्रावधान छ ।
कानूनी प्रावधान भएपनि गण्डकीमा हालसम्म यो कसुरमा कसैमाथि कारबाही भएको छैन । म्याग्दीमा भने अनुसन्धान भइरहेको छ । वनमा आगो कसले लगायो पत्ता लगाउन नै गाह्रो भएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता केदार बराल बताउँछन् ।
‘वन डढेलो लगाउन धेरै टाइम लाग्ने होइन । धेरै संख्यामा गएर लगाउने विषय भएन, छुस्स एक ठाउँमा लगेर छोसिदियो भने त्यसले ठूलो रूप लिने भयो, सोही कारण डढेलो लगाउने मानिस पत्ता लगाउन गाह्रो छ,’ उनले थपे, ‘कसैले लगाएर थाहा पाइहाल्यो भने पनि सकेसम्म भन्दैनन् । स्थानीयले सपोर्ट गर्छन् । डढेलो लागिहाल्यो, गाउँघरको मान्छेलाई किन पार्नु भन्ने सोचाइ धेरैमा पाइन्छ ।’
मन्त्रालयले वनमा डढेलोका विषयमा सचेतना फैलाउनका लागि विभिन्न कार्य गरेको छ । सञ्चारमाध्यममा सामग्री प्रकाशन/प्रसारण समेत गराउँदै आएको छ । सामुदायिक वनसँग सहकार्य गरेर पनि सचेतनासम्बन्धी कार्यक्रम गरेको छ । तर, डढेलो लाग्ने क्रम रोकिएको छैन । डढेलो न्यूनीकरणमा स्थानीय आफैं सचेत हुनुपर्ने विज्ञहरूको सुझाव छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...