मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
काठमाडाैं | बैशाख १८, २०८१
चिनियाँ तटरक्षक सेनाले मंगलवार फिलिपिन्सको जहाजलाई क्षति पुर्याउने गरी पानीका फोहोराहरू फ्याँकेको भन्दै फिलिपिन्सले आपत्ति जनाएको छ ।
फिलिपिन्सका अधिकारीहरूले चीनले पछिल्लो समय फिलिपिन्समाथि अतिक्रमण गर्न खोजेको ज्वलन्त उदाहरणका रूपमा यसलाई लिएका छन् ।
फिलिपिनी तटरक्षक सेनाका अधिकारीहरूले आफ्नो जहाजले चिनियाँ नियन्त्रित जमिन नजिकै 'वैध' गस्ती गरिरहेका बेला चीनले पानीको फोहोराले आक्रमण गर्ने प्रयास गरेको आरोप लगाएका हुन् ।
फिलिपिन्स कोस्ट गार्डले खिचेको भिडियोमा दुई ठूला चिनियाँ जहाजहरूले फिलिपिनी जहाज विपरित पक्षबाट पानीको तोप प्रहार गरेको देखिएको सीएनएनले जनाएको छ ।
यसमा कुनै हताहती र चोटपटक भने भएको छैन ।
चिनियाँ पक्षले भने फिलिपिनी जहाजहरूले चिनियाँ जलक्षेत्रमा घुसपैठ गरेकाले ती जहाजहरू निकाल्नुपरेको भन्दै आफ्नो बचाउ गरेको छ ।
चिनियाँ सामाजिक सञ्जाल वेबोमा मंगलवार एक पोस्ट गर्दै चिनियाँ कोस्ट गार्डले चिनियाँ जलक्षेत्रमा फिलिपिनी सेनाले घुसपैठ गरेकाले बाहिर निकाल्न कारवाही गरेको जनाएको हो ।
बेइजिङले दक्षिण चीन सागरको लगभग सम्पूर्ण भूभागमा स्वामित्व दाबी गर्दै आएको छ ।
विगत दुई दशकमा चीनले दक्षिण चीन सागरमा आफ्नो तटीय रेखाबाट टाढासम्म जल र स्थल क्षेत्र ओगटेर सैनिक गतिविधि गर्दै आइरहेको आरोप फिलिपिनी पक्षले लगाएको छ ।
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन । शुक्रबार ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...