कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा राजनीतिक परिवर्तन पछि पनि श्रमिक वर्गको हक,हित र संरक्षण हुन नसकेको बताएका छन् । पार्टी आबद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै थापाले नेपालको श्रम बजार बिस्तार हुनुको सट्टा सङ्कुचित भएको टिप्पणी गरे ।
सरकारको गलत नीति र अदूरदर्शिताका कारण रोजगारीको अवसर सृजना हुन नसकेको र नेपाली युवाहरूले वैदेशिक रोजगारीको मुख ताक्नु पर्ने दुर्भाग्यपूर्ण अवस्था रहेको थापाको भनाई थियो । रेमिटेन्सको भरमा मुलुक चलाउनु पर्ने विडम्बनापूर्ण अवस्था देशले बेहोर्नु परिरहेको भन्दै थापाले पछिल्लो समय राज्य प्रति जनताको भरोसा टुटेको समेत बताए । मजदुर वर्ग र उसको आश्रित परिवारको शिक्षा ,स्वास्थ्यमा सरकार गम्भीर हुनुपर्ने बताए ।
सम्मेलनको उद्घाटन सत्रमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ ,ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष योगेन्द्र कुँवर , मधेसी ट्रेड युनियन महासंघका अध्यक्ष पल्टन ठाकुर , आईएलओका प्रतिनिधि सोलोमान राजवंशी लगायतले बोलेका थिए ।
टुकोनका अध्यक्ष हिक्मतजङ्ग भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको बन्द सत्रले ६ बुँदे प्रतिबद्धता पारित गरेको छ । सम्मेलनमा ५५ जिल्लाका प्रतिनिधिहरुको सहभागीता रहेको टुकोनले जनाएको छ ।
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...