×

NMB BANK
NIC ASIA

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

काठमाडाैं | बैशाख १८, २०८१

NTC
Premier Steels

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 

Muktinath Bank

पक्राउ पर्नेहरूमा धादिङ धुनिवेशी नगरपालिका-४  घर भएका  जीवा गौतम भन्ने रमेश बयालकोटी, कालिकोट ठेगाना भएका २७ वर्षीय दर्शन नेपाली, काठमाडौं महानगरपालिका-४ चन्डोल बस्ने मन्जु राना मगर, काभ्रेपलान्चोक पाँचखाल नगरपालिका-११ बस्ने २३ वर्षीय सहदेव रिजाल, दोलखा भिमेश्वर नगरपालिका-९ बस्ने ३२ वर्षीय रबिन तामाङ र ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-४ बस्ने ३८ वर्षीया तिर्थ माया कार्की रहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउमध्ये रमेश बयालकोटी र दर्शन नेपालीले बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोएसिया समेतका देशहरूमा पठाईदिन्छु भन्दै ४ सय २२ जनाबाट ३ करोड भन्दा बढि रकम ठगी गरेको खुल्न आएको छ ।


Advertisment
Nabil box
Kumari

 आफ्नो नक्कली नाम बताई झुक्यानमा पारी भिसा प्लस प्रालि नामक कन्सलटेन्सी दर्ता गरेको, सामाजिक सञ्जालहरूमा विदेश जानको लागि अवसर रहेको भनि विज्ञापन पोष्ट गरी कन्सलटेन्सीमा बोलाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

Vianet communication

प्रहरीले महाराजगंजस्थित उक्त  कन्सलटेन्सी, जडिबुटिस्थित दर्शनको कोठा र ललितपुर एकान्तकुनास्थित रमेशको कोठाबाट ८४ राहदानी लगायत १ सय ८२ जनाको रेकर्ड फाइलहरू बरामद गरेको छ । 

यसैगरी पक्राउमध्ये मन्जु रानाले सर्भिया र चेक रिपब्लिकको पठाईदिन्छु भन्दै २१ जना पीडितहरूबाट १ करोड ६० लाख रूपैयाँ ठगी गरेको, सहदेवले क्यानडा पठाईदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ ठगी गरेको, रबिनले अफ्रिका पठाईदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ ठगी गरेको र तिर्थ मायाले चेक रिपब्लिकको पठाईदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ४० हजार ठगी गरेको खुल्न आएको छ । 

पक्राउ परेकामध्ये रमेश बयालकोटी र दर्शन नेपालीलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइने र अन्य व्यक्तिहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x