कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
जनकपुरधाम | बैशाख १८, २०८१
जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत एक महिनामा रु १८ करोड ६७ लाख मूल्य बराबरको पाठ्यपुस्तक बिक्री गरेको छ ।नयाँ शैक्षिक सत्र तथा विद्यार्थी भर्ना अभियान २०८१ अन्तर्गत सो कार्यालयले उक्त मूल्य बराबरको पाठ्यपुस्तक बिक्री वितरण गरेको हो । गत चैत १३ गतेबाट किताब बिक्री सुरु गरेको सो कार्यालयले हालसम्म १३ लाख ५१ हजार थान पाठ्यपुस्तक बिक्री गरेको हो ।
कार्यालय प्रमुख रुद्र खनालले नयाँ शैक्षिक सत्र सुरु भएपछि कार्यालयले आफ्ना थोक बिक्रेतालाई सहजरुपमा पाठ्यपुस्तक उपलब्ध गराइरहेको बताए । कार्यालयले गतवर्ष विद्यार्थी भर्नाका समयमा रु २७ करोड ६० लाख मूल्य बराबरको २१ लाख थान पाठ्यपुस्तक बिक्री वितरण गरेको थियो ।
अहिले सो कार्यालयमा रु सात करोड १४ लाख मूल्य बराबरको छ लाख २४ हजार थान पुस्तक मौज्जात रहेको उनले जानकारी दिए । कार्यालय प्रमुख खनालले यस वर्ष पुस्तकको अभाव नहुने जानकारी दिए । सुरु सुरुमा पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक बिक्री गरिए पनि पछिल्ला समय मधेसका जिल्लामा समयमा पाठ्यपुस्तक बिक्री वितरण गरिएको हो ।
सो कार्यालयले आफ्ना सूचीकृत भएका ८२ पुस्तक बिक्रेतामार्फत कक्षा ५ देखि कक्षा १२ सम्मका पुस्तक बिक्री वितरण गर्दै आएको छ । कार्यालयले ओखलढुङ्गा, खोटाङ, उदयपुर, सिन्धुली तथा मधेस प्रदेशका जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गराउँदै आएको जनाएको छ ।
स्थानीय पालिकाले सो पुस्तकको रकम सम्बन्धित विद्यालयलाई उपलब्ध गराउने तथा विद्यालयले उक्त पुस्तक आफ्ना विद्यार्थीलाई निशुल्क उपलव्ध गराउँदै आएको छ । सरकारले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराए पनि कतिपय विद्यालयले अभिभावकसँग रकम लिएर पुस्तक दिने गरेको गुनासोसमेत उठ्न थालेको जनाइएको छ ।
कार्यालय प्रमुख खनालले आफू नियमन गर्ने निकाय नभए पनि तोकिएको मूल्यभन्दा बढीमा पाठ्यपुस्तक बिक्री गरेको पाइएमा त्यस्ता बिक्रेतालाई कालोसूचीमा राखी कारबाही गरिने जानकारी दिए ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...