मंसिर १६, २०८०
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
काठमाडाैं | बैशाख २२, २०८१
नयाँ दिल्ली–भारतका विदेशमन्त्री एस जयशङ्करले भारत विदेशीलाई घृणा गर्ने मुलुक (जेनोफोबिक) नभएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आप्रवासीहरूलाई अस्वीकार गरेकाले भारत र सहयोगी मुलुक जापानले आर्थिकरूपमा सङ्घर्ष गरिरहेको टिप्पणी गरेपछि विदेशमन्त्रीको उक्त भनाइ आएको हो ।
आगामी नोभेम्बरमा रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पविरुद्ध पुनः निर्वाचनमा होमिएका बाइडेनले यसैसाता वासिङ्टनमा अभियान कोष सङ्कलन कार्यक्रममा उक्त टिप्पणी गरेका थिए ।
विदेशमन्त्री जयशङ्करले शुक्रबार एक मिडिया गोलमेचमा बाइडेनको टिप्पणीहरू भारतको वास्तविकतासँग मेल खाँदैन भने । ‘सबैभन्दा पहिला हाम्रो अर्थतन्त्र कमजोर छैन,’ इकोनमिक्स टाइम्स अखबारद्वारा शनिबार प्रकाशित छलफलको रिपोर्टअनुसार उनले भने, ‘भारत धेरै अद्वितीय मुलुक हो, म वास्तवमा भन्न चाहन्छु, विश्वको इतिहासमा यो खुला समाज हो, विभिन्न समाजका विभिन्न मानिस भारतमा आउँछन् ।’
फेब्रुअरीमा आधिकारिक आँकडाअनुसार डिसेम्बरको त्रैमासिकमा आठ दशमलव चार प्रतिशत वार्षिक कूल गार्हस्थ्य उत्पादन (जीडीपी)सहित भारत विश्वको सबैभन्दा द्रुत वृद्धि भएको अर्थतन्त्रमध्ये एक हो ।
भारतको नागरिकता कानूनमा हालै लागु गरिएको सुधारसहित प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि आलोचकहरूले मुसलमानहरूविरुद्ध भेदभाव गरेको आरोप लगाएका छन् । सन् २०१९ मा संसद्ले पहिलो पटक पारित गरेपछि अन्ततः मार्च लागु भएको संशोधित कानूनले ठूलो विरोध निम्त्यायो । एम्नेस्टी इन्टरनेसनलले उक्त कानून अझै पनि केही मुस्लिमलाई नागरिकताबाट वञ्चित गर्न राष्ट्रिय नागरिक दर्ताका साथ उपकरणका रूपमा प्रयोग हुने खतरा रहेको चेतावनी दिएको छ ।
‘यस्ता मानिस छन् जसले सार्वजनिकरूपमा यस मुलुकमा १० लाख मुसलमानले आफ्नो नागरिकता गुमाउने छन् भनेर रेकर्डमा भनेका छन्,’ विदेशमन्त्री जयशङ्करले भने, ‘उनीहरूलाई जिम्मेबार किन ठहर गरिँदैन रु किनकी कसैले पनि नागरिकता गुमाएको छैन ।’
अमेरिकी अध्यागमन नीतिको रक्षाका रूपमा गरिएको टिप्पणीमा बाइडेनले सहयोगी भारत र जापानलाई प्रतिद्वन्द्वी चीन र रुससँग जोडेका थिए । ‘चीन आर्थिकरूपमा यति नराम्रोसँग किन ठप्प छ ? जापान किन चिन्तामा छ ? रुस किन समस्यामा छ ? र भारत ? किनकि उनीहरू जेनोफोबिक हुन्, उनीहरू आप्रवासीलाई चाहँदैनन्,’ कोष सङ्कलन कार्यक्रममा उनले भनेका थिए ।
टोकियोले शनिबार प्रतिक्रिया दिँदै ‘जापानको नीतिको सही बुझाइमा आधारित नभएको टिप्पणी गर्नु दुर्भाग्यपूर्ण’ भएको बताएको छ ।
सन् २०२१ मा पदभार सम्हालेदेखि बाइडेनले एसियामा अमेरिकी सहयोगीहरू विशेषगरी भारत र जापानसँगको सम्बन्धलाई बलियो बनाएका छन् । उनले भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री फुमियो किशिदा दुवैका लागि ह्वाइट हाउसमा राजकीय रात्रिभोजको आयोजना गरेका छन् ।
त्यसपछि ह्वाइट हाउसले बाइडेनको टिप्पणीलाई अस्वीकार गर्नुपर्यो । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले पत्रकारहरूसँग भने, ‘राष्ट्रपतिले ‘अमेरिका आप्रवासीहरूको देश हो’ भनेर फराकिलो सन्देश दिनमात्र खोजिरहनुभएको थियो ।’
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...