कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
बुटवल | बैशाख २३, २०८१
देशकै धेरै बस आबद्ध पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलमै छ । भैरहवामा सिद्धार्थ यातायात व्यवसायी संघ पनि छ । ‘सिक्स लेन’ र ‘फोर लेन’ का चिल्ला र फराकिला सडक बुटवल–भैरहवा–लुम्बिनीसम्म छन् । तर, धेरैलाई पत्यार नलाग्न सक्छ, देशकै आर्थिक विकास र पर्यटकीय क्षेत्र लुम्बिनी जान बुटवलबाट सिधा बस सेवा छैन । विश्वकै बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र बुद्ध जन्मस्थल र भैरहवाको गौतमबुद्ध विमानस्थल जान बुटवलबाट सिधा बस सेवा नरहेको हो ।
दूरीका हिसाबले लुम्बिनी एयरपोर्ट २५ किलोमिटर र लुम्बिनी ४२ किलोमिटर मात्र पर्छ । सिक्स लेन र फोर लेन सडक भएका यी क्षेत्रमा पुग्दा बुटवलका पर्यटक र यात्रुले भैरहवासम्म गएर त्यहाँबाट गाडी बदल्नुपर्छ । बुटवल भैरहवा, गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनीसम्म पुग्न एक ठाउँबाट अर्को ठाउँमा जान सार्वजनिक यातायातको सिधा पहुँच नहुँदा सर्वसाधारणदेखि पर्यटकले समेत ठूलो सास्ती व्यहोर्दैआएका छन् ।
बुटवलवासीलाई लुम्बिनी जान पहिले भैरहवासम्मको बस चढ्नुपर्ने बाध्यता छ । भैरहवामा झरेर अर्को बस चढेपछि मात्र लुम्बिनी जानुपर्छ । सानो गाडी रिजर्भ गरेर जाँदा ४/५ हजार खर्च हुन्छ । प्रतिव्यक्ति डेढ दुई सय तिरेर सार्वजनिक सवारीमा जान खोज्दा असजहता भोग्नुपर्छ । बुटवलबाट एउटा सिटमा बसेर गयो । भैरहवा पुगेर गाडी फेर्दा सिट पाइने हो कि होइन थाहा हुँदैन । लुम्बिनी सिधा बस नचल्नु पर्यटन क्षेत्रका लागि दुर्भाग्य हो । यस बारेमा सरोकारवाला र यातायात व्यवसायी दुवैले ध्यान दिएको पाइँदैन ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले केही समयपछि आफूहरू बुटवलबाट लुम्बिनी र एयरपोर्टका लागि बस सञ्चालन गर्ने योजनासहित अघि बढेको बताए ।
‘प्रयास गर्दै नगरेको चाहिँ होइन,’ खरेलले लोकान्तरसँग भने, ‘यसअघि पनि साना गाडी चलाइएको हो । खर्च निकाल्न सकेनन् र हटेका हुन् । अब हामीले इलेक्ट्रिक भेइकलदेखि अन्य गाडी पनि सञ्चालन गर्ने सोच बनाएका छौं । अब यात्रुले छिट्टै सुखद् सन्देश सुन्न पाउनुहुन्छ ।’
बुटवलबाट लुम्बिनी जाने अधिकांश पर्यटक र यात्रु भैरहवासम्म बसमा गएर त्यहाँबाट अर्को बस बदलेर जाने गर्छन् । लुम्बिनी पर्यटकीय केन्द्र भएकाले घुम्न चाहनेहरूका लागि यातायातमा सहजता दिलाउन व्यवसायी र राज्यले सकेको छैन ।
नेपाल एसोसिएन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा) लुम्बिनीकी अध्यक्ष रचना पन्तले पर्यटन क्षेत्रलाई चलायमान गर्न बुटवलबाट लुम्बिनी सिधा बस चल्नु अपरिहार्य भएको बताइन् । ‘अहिले सार्वजनिक यातायातमा बुटवलबाट लुम्बिनी पुग्न साढे ३ घण्टासम्म लाग्छ । बीचमा गाडी फेर्न नपरेको भए सर्वसाधारण यात्रुलाई समय त कम हुन्थ्यो,’ उनले भनिन् ‘सहज तरिकाले घुम्न नपाउँदा बाहिरबाट आएका पर्यटकहरूमा कस्तो सन्देश जाला ।’
सार्वजनिक यातायातमा बुटवलबाट लुम्बिनी जान असहज छ । लुम्बिनीबाट फर्किँदा पनि साँझबाटै गाडी पाइँदैन । यातायात व्यवसायीले पनि जहाँ यात्रु बढी पाइन्छ, त्यता मात्र गाडी बढी चलाउने अरु ठाउँमा नचलाउने गरेका छन् । पर्यटन प्रवर्द्धन र सामाजिक उत्तरदायित्व सम्झेर गाडी चलाउने हो भने तत्काल यात्रु नपाएपनि पछि राम्रोसँग चल्न सक्थ्यो । सिधा यातायात सञ्चालन हुने हो भने धेरै व्यक्तिगत रूपमा सहज तरिकाले लुम्बिनी घुम्न जाने पर्यटन व्यवसायी गोपाल रानाले बताए । बुटवल लुम्बिनी सिधा सार्वजनिक यातायात सञ्चालन हुने हो भने दुबै ठाउँलाई फाइदा हुने उनको भनाइ छ ।
लुम्बिनी आएका राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकहरू सहज रूपमा बुटवल आउन सक्थे । बुटवल र आसपासका ठाउँ घुम्थे । बुटवलमा अरू काम विशेषले आएकाहरूलाई पनि लुम्बिनी पुगेर आऊँ भन्नलाई सजिलो हुन्थ्यो । यसले दुवैतर्फ चहलपहल बढ्थ्यो । आर्थिक चलायमान हुन्थ्यो । पश्चिम नेपाल बस व्यवसायी प्रा.लिका सञ्चालक सदस्य नारायण घिमिरेले बुटवल–लुम्बिनी सिधा बस सञ्चालन अपरिहार्य रहेको कुरा सबैलाई महसुस भएको बताए ।
अहिले बुटवलबाट भैरहवा र भैरहवाबाट लुम्बिनी ५–५ मिनेटमा गाडी छुट्छन् । बुटवल लुम्बिनी १–१ घण्टामा छुटेमा पनि सर्वसाधारण यात्रुलाई धेरै राहत हुन सक्थ्यो । बुटवलबाट लुम्बिनी जानका लागि सडकका थुप्रै विकल्प छन् । सबैभन्दा चलेको रुट बुटवल भैरहवा हो । त्यसबाहेक बुटवलबाट पश्चिम रामपुर हुँदै पनि जान सकिन्छ । सैनामैनाको मुर्गियाबाट पनि जाने बाटो छ ।
त्यस्तै, बेलबास बेथरी सडकबाट पनि गाडी चलाउन सकिने विकल्प छन् । अहिले बुटवलको बेलबासबाट बेथरी चार लेनको फराकिलो सडक बनेको छ । सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यो सडक हुँदै पनि बुटवलबाट लुम्बिनीसम्म सार्वजनिक यातायात सञ्चालन गर्न सकिन्छ । बुटवलबाट लुम्बिनी सिधा सार्वजनिक यातायात सञ्चालन भएमा पर्यटकीय चहलपहल अझ बढ्न सक्छ ।
लुम्बिनीमा तीन वर्षअघि भित्रिएका बस चलाएर बुटवल लुम्बिनी सञ्चालन गर्न सके यात्रु, सरकारी कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकहरूलाई सहज हुने यात्रुहरू बताउँछन् । अहिले बुटवलबाट लुम्बिनीसम्म दैनिक ३० जना सरकारी कर्मचारी सेवाका लागि जाने गर्छन् ।
‘बिहान कम्तीमा पौने ९ बजे बुटवलबाट लुम्बिनीसम्मलाई सिधा बस छुटाइदिए सहज हुने थियो,’ स्थानीय शिक्षिका चन्द्रमाया आचार्यले भनिन् ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...