×

NIC ASIA

जसपा विभाजन

उपेन्द्रको तानाशाहीविरुद्ध विद्रोह गरेका हौं, यही सरकारलाई समर्थन रहन्छ : इस्तियाक राई

काठमाडाैं | बैशाख २३, २०८१

Prabhu Bank
NTC
Premier Steels

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनको नेतृत्व गरेका मोहम्मद इस्तियाक राईले उपेन्द्र यादवको तानाशाहीविरुद्ध विद्रोह गरेको बताएका छन् ।

Muktinath Bank

विद्रोही समूहले ७ सांसद र कार्यकारिणी समितिका ८ सदस्यसहित आइतवार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ दल निर्वाचनका लागि निवेदन लिएर आयोग पुगेका नेता राईले दल विभाजन भए पनि सरकारलाई समर्थन रहने बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘उपेन्द्र यादवको तानाशाही र अधिनायकवादविरुद्ध विद्रोह भएको हो, पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई दिएको समर्थन कायम रहन्छ’, राईले लोकान्तरसँग भने । 

Vianet communication

null

वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि सरकारका बहालवाला मन्त्री नवलकिशोर साह सुडिसहितका ७ सांसद निर्वाचन आयोग पुगेका थिए । राईले कार्यकारिणी समिति र केन्द्रीय समितिमा पनि आफ्नो बहुमत रहेको दावी गरे । 

कार्यकारिणी सदस्य अशोक राई, राजेन्द्र श्रेष्ठ, रेणु यादव, नवलकिशोर साह सुडी, रणध्वज कन्दन्वा, सुशीला श्रेष्ठ, परशुराम बस्नेत र इस्तियाक राईसहितका कार्यकारिणी सदस्य आयोग पुगेका थिए । 

पार्टी विभाजनको समयमा उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादव विदेश भ्रमणमा छन् ।

null

पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याउनु पर्छ । जसपामा ५ सय ४ जना केन्द्रीय सदस्य छन् । आइतवार आयोगमा २८ जना केन्द्रीय सदस्य उपस्थित थिए ।

प्रतिनिधि सभामा १२ जना सांसद रहेको जसपा विभाजनले औपचारिक मान्यता पाए उपेन्द्र यादवसँग ५ जना सांसद बाँकी रहने छन् ।

null

null

null

null

null

null

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x