कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरू चपेटामा पर्दै गएको स्थानीय बताउँछन् । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले कोप–२७ अघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वव्यापी तापक्रम वृद्धिको असरले हिमाली क्षेत्रको हिम गलनमा तीव्रता आएकाले ती क्षेत्रमा रहेका विश्वसम्पदा सूचीका प्राकृतिक सम्पदा लोप हुने अवस्थामा पुगेको देखाइएको छ ।
तापक्रम वृद्धिको नयाँ गतिले दुई डिग्री सेल्सियस नाघ्ने जानकारहरूको प्रक्षेपण वास्तविकतामा परिणत भएमा उच्च हिमाली भेगका विश्वसम्पदा जोगाउन नसकिने युनेस्कोले घोषणा गरेको छ । सगरमाथा क्षत्रेका खुम्बु हिमनदी छोटिँदै गएका छन् । यसअनुसार यस क्षेत्रबाट हरेक वर्ष बरफ बिलाउँदै गएको जनाइएको छ ।
सगरमाथा आधार शिविर क्रमशः गहिरिँदै गएको स्थानीय व्यवसायीहरुको अनुभव छ । आरोहीले आफूले लगेका खानेकुरा तथा बन्दोबस्तीका सबै सामग्रीहरू आधार शिविरमै छोडेर फर्किने गरेका छन् जसका कारण आधार शिविरमा फोहोरको मात्रा बढ्दै गएको र यसले पनि यहाँको तापमानमा असर गरेको छ ।
पछिल्लो एक दशकमा सगरमाथा आधार शिविर भासिँदै गएको करिब १५ वर्षदेखि सगरमाथा क्षेत्रमा पर्यटन व्यवसाय गर्दै आएका साङ्गे शेर्पाले बताए । यसका कारण आधार शिविर क्रसर उद्योगजस्तो देखिन थालेको उनको भनाइ छ । 'सगरमाथासहित यस क्षेत्रका हिमालहरू कालो बन्दै गएको, हिमालमा जति हिउँ हुनुपर्ने हो त्यस्तो छैन । बेस क्याम्प नै पनि धेरै परिवर्तन भएको छ, बेस क्याम्प वर्षैपिच्छे खाल्डोमा परिणत हुँदै गएको छ, यो त राम्रो हैन नि,' पर्यटन व्यवसायी शेर्पाले भने ।
आधार शिविरमा पहिलो जाने क्रम बढ्दै गएको स्थानीय जानकारहरू बताउँछन् । विगतमा सम्म अवस्था रहेको आधार शिविरमा अहिले जताततै पहिरोका कारण खाल्दो देखिएको आधार शिविरमा भेटिएका अर्का व्यवासायी पेमारिन्जी शेर्पाले बताए । 'मलाई नै थाहा हुँदा पनि उहाँ बेस क्याम्प निकै चाउर थियो, सम्म परेको थियो तर अहिले त पूरै खाल्डोजस्तो भएको छ, पहिरोले गरेर यहाँको ग्लासियरहरू पनि घटदै गएको छ,' उनले भने।
जलवायु परिवर्तनको असरले खुम्बु क्षेत्रको हिमालमा मात्रै नभएर बालीनाली र जनजीवनमा समेत प्रभाव परेको स्थानीयवासी बताउँछन् । विगतमा गहुँ, फापर, जौजस्ता बालीहरु प्रशस्त उत्पादन हुने खुम्जुङ, थामेलगायत ठाउँहरुमा पछिल्लो समय उब्जाउन नै नहुने गरेको खुम्जुङकी पासाङल्हामु शेर्पाले बताए । उब्जाउ शक्ति घटेसँगै खेती गर्ने कृषक नहुँदा अधिकांश बारीहरू बाँझो हुने क्रम बढेको उनको भनाइ छ ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...