×

NMB BANK
NIC ASIA

‘प्रधानमन्त्रीकै अफर आएको थियो, नयाँ पनि आउला नि !’

काठमाडाैं | बैशाख २५, २०८१

NTC
Premier Steels

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको दोहोर्‍याएका छन् ।

Muktinath Bank

यसअघि रास्वपाका अन्य नेताले रविलाई प्रधानमन्त्रीको अफर गरेको बताए पनि स्वयं रविले यसबारे बोलेका थिएनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसद् गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले मंगलवार बोलाएको सर्वदलीय बैठकपछि पत्रकारसँगको कुराकानीमा लामिछानेले उपप्रधानमन्त्री भन्दा माथिल्लो अफर (प्रधानमन्त्री) अस्वीकार गरेको दाबी गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

‘आफ्नो अफर मान्यो भने माथिल्लो पदका लागि विभिन्न च्यानलबाट कुरा ल्याउने । नमानेपछि भोलि पल्टदेखि गृहमन्त्रीमाथि छानबिनको कुरा उठाउने ?’ लामिछानेले प्रश्न गरे । रास्वपा नेताहरूले प्रधानमन्त्री अफर गरिएको दावी गरे पनि कांग्रेस नेताले अप्रमाणित कुरा गरेको बताएका छन् । 

Vianet communication

फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको समीकरण बदलेर एमालेसहितको सरकार बनाएका थिए । सोही समयमा रविलाई कांग्रेसले प्रधानमन्त्री अफर गरेको चर्चा चलेको थियो । 

फागुन ३० गते प्रतिनिधि सभा बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री अफर भएको भए ‘नाई मलाई तिनै युवती चाहिन्छ’, शैलीमा किन गृहमन्त्री खाएको भनेर प्रश्न गरेका थिए । 

विगतमा गरिएको प्रधानमन्त्रीको अफर फेरि पनि आउन सक्ने रविले दाबी गरे । अहिले फेरि प्रधानमन्त्रीको अफर आएको हो ? भन्ने पत्रकारको प्रश्नको जवाफमा रविले भने ‘नयाँ पनि आउला नि !’

सहकारी ठगीमा रविको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिनको कुरा उठाइरहेको छ ।

संसदीय छानबिन समिति नबने वैशाख २८ गते शुरु हुने संसद् अधिवेशनका बैठक अवरुद्ध गर्ने कांग्रेसले चेतावनी दिएको छ ।

कांग्रेसको अडानमा कारण सभामुखले बोलाएको बैठक सहमतिमा पुग्न सकेन । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x