कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
काठमाडाैं | बैशाख २५, २०८१
लोकान्तर डट्कमले आयोजना गरेको आर्थिक संकट समाधान बहसमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत सहभागी भएका छन् । स्थापनाको आठौं वार्षिकोत्सवको अवसरमा लोकान्तरले सोमवार आर्थिक संकट समाधान बहस आयोजना गरेको थियो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले सरकारले मुलुकलाई सकारात्मक दिशामा लैजान खोजेको बताए । अर्थतन्त्रका लागि सही नीति कायम राखिएमा सत्ता गठबन्धन फेरिए पनि फरक नपर्ने उनको भनाइ थियो ।
समारोहमा पूर्वप्रधानमन्त्री ओलीले लोकान्तरले प्रकाशित गरेको ‘समृद्धिका तगारा’ नामक पुस्तक सार्वजनिक गरे ।
सोमवार नै आर्थिक बहसको पहिलो शत्रमा अर्थमन्त्री वर्षमान पुन, पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल सहभागी थिए ।
आर्थिक बहसमा मन्त्री पुनले आगामी बजेटमार्फत आयातामुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रुपान्तरण गर्ने कोशिश गरिरहेको बताए ।
‘रोजगारी सिर्जना गर्ने र आन्तरिक आर्थिक क्षेत्रलाई मजबुत बनाउने कुरा गरिरहेका छौं’, मन्त्री पुनले भने ।
पूर्वअर्थमन्त्री पौडेलले सरकारले राजनीतिक स्थिरताको वातावरण निर्माण गर्दै मुलुकको आर्थिक समृद्धिका लागि सकारात्मक काम गरेको बताए ।
‘यो सरकार राजनीतिक स्थिरताको दिशातर्फ उन्मुख छ । तर यसलाई भत्काउने कोशिश नभएका होइनन्, हामी स्थिरताका पक्षमा छौं', पौडेलले भने, ‘सरकारले आर्थिक विकास, लगानीमैत्री वातावरण, रोजगारी वृद्धि र उत्पादनमूलक क्षेत्रमा सकारात्मक काम गरिरहेको छ र यो निरन्तर हुनुपर्छ ।’
कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रिजालले राजनीतिक स्वार्थका लागि सत्ता परिवर्तन हुनु आर्थिक विकासका लागि दुःखद भएको बताए ।
सरकारले सत्ता स्वार्थमा भन्दा आर्थिक समृद्धिका कार्यसूचीमा प्राथमिकता दिनुपर्ने उनले जोड दिए ।
गभर्नर अधिकारीले देशको अर्थतन्त्रको आधारशिला एकदम राम्रो रहेको बताए । ‘अहिले हाम्रो अर्थतन्त्रमा कुनै क्राइसिस छैन, हुनसक्छ कोही उद्योगी र व्यापारीको आत्मविश्वासमा कमी आएको होला । हामीले धेरै अप्ठेरो अवस्था पार गरेर यहाँ आएका हौं ।’
उपप्रधानमन्त्रीसहित नेताद्वारा शुभकामना
लोकान्तरको वार्षिकोत्सवको अवसरमा विभिन्न दलका नेता सहभागी भएका थिए । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका उपमहासचिवद्वय विष्णु रिमाल र प्रदीप ज्ञवाली, नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री जनार्दन शर्मा शुभकामना दिन उपस्थित भएका थिए ।
कांग्रेस सांसद श्याम घिमिरे, एमालेकी विद्या भट्टराई, डा. अन्जना शाक्य, रास्वपा सांसद मनीष झा, स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहलगायत उपस्थित थिए ।
पूर्वमन्त्री शेरबहादुर तामाङ, रामचन्द्र झालगायत विभिन्न दलका नेता पनि कार्यक्रममा उपस्थित थिए ।
कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, डिजिटल मिडिया सोसाइटीका अध्यक्ष प्रतीक प्रधान, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल लगायत सहभागी थिए । यस्तै बैंकर संघका अध्यक्ष सुनिल केसी, उद्यमी विमल केडिया लगायत निजी क्षेत्रका प्रतिनिधि कार्यक्रममा सहभागी भएका थिए ।
डा. ओममूर्ति अनिल, डा. प्रमोद लामिछाने लगायत पनि कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि ओलीले लोकान्तरको तर्फबाट ‘स्टार प्रफमर अफ दि इयर’ अवार्ड ललित चौधरीलाई हस्तान्तरण गरे ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...