बैशाख २९, २०८१
असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन । शुक्रबार ...
काठमाडाैं | बैशाख २५, २०८१
किएभ–युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका लागि रुसद्वारा समन्वित षड्यन्त्रमा संलग्न दुई युक्रेनी सुरक्षा अधिकारीलाई हिरासतमा लिइएको बताएको छ ।
किएभका अनुसार युक्रेनी नेतालाई रुसले धेरै अवसरमा निशाना बनाएको छ । यसमा सन् २०२२ फेब्रुअरीमा रुसी आक्रमणको शुरूवात पनि समावेश छ ।
युक्रेनको सुरक्षा संयन्त्रले रुसको सङ्घीय सुरक्षा सेवाद्वारा सञ्चालित एजेन्टहरूको एउटा नेटवर्कलाई पर्दाफास गरेको एक विज्ञप्तिमा बताएको छ । उक्त नेटवर्कको उद्देश्य जेलेन्स्की र अन्य वरिष्ठ युक्रेनी राजनीतिक तथा सैन्य अधिकारीहरूको हत्या गर्नु रहेको थियो ।
‘मस्कोबाट एफएसबीमार्फत गतिविधिहरूको निगरानी गरिएको नेटवर्कमा राज्य सुरक्षा विभागका दुई कर्नल संलग्न थिए, उनीहरूले रुसलाई गोप्य जानकारी चुहाइरहेका थिए,’ एसबियूले भनेको छ ।
युक्रेनी नेतालाई बन्धक बनाएर हत्या गर्न सक्ने जेलेन्स्कीको सुरक्षा विस्तारका निकट व्यक्तिहरूको पहिचान गर्न रुसले काम गरेको विज्ञप्तिमा उल्लेख छ ।
जेलेन्स्कीको हत्या गर्ने रुसी षड्यन्त्रमा सहयोग गरेको आशङ्कामा एक जनालाई हिरासतमा लिइएको पोलिस र युक्रेनी अभियोजकहरूले गत महिना घोषणा गरेका थिए । त्यस्तै किएभबाहिर जेलेन्सीको गतिविधिको विवरण उजागर गरी हत्या गर्ने योजना बनाएको आरोपमा एक महिलालाई पक्राउ गरिएको एसबियुले गत अगस्टमा बताएको थियो ।
असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन । शुक्रबार ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
बलिउड अभिनेता सलमान खानको निवासबाहिर गोली चलाएको घटनामा संग्लग्न भएको आरोपमा भारतीय प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उनको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएको आरोपमा मोहम्मद रफिक चौधरी...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...