मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
आम जनता पार्टी (आजपा) आन्दोलिन हुँदै आएको छ । आजपाले भन्सार पुरस्कारको विरुद्धका साथै समावेशी शिक्षक दरबन्दीको माग गर्दै एकसाथ दुई आन्दोलन गर्दै आएको हो।
वैशाख २० देखि भन्सार पुरस्कारको प्रावधान हटाउनुपर्ने मागमा रहेको आजपाले चौथो चरणको आन्दोलन अन्तरगत भन्सार विभाग घेराउ गर्दै आएको छ ।
जसअनुसार वर्षाका बिच मङ्गलवार पनि त्रिपुरेश्वरस्थित विभाग घेराउ गरिएको अध्यक्ष प्रभु साहले बताए । भन्सार कानुनमा रहेको ४५ प्रतिशत पुरस्कारको प्रावधान विरुद्ध आजपाले आन्दोलन गरिरहेको भन्दै यो व्यवस्था खारेज हुनुपर्ने उनले माग गरे । आन्दोलन आम सम्पर्क समितिको अगुवाइमा हुँदै आएको छ ।
यस्तै तराई मधेसमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था गर्न पार्टीले आम विद्यार्थी मोर्चाको अगुवाइमा मधेसका जिल्लाहरूमा प्रदर्शनसहित दबाब दिँदै आएको छ ।
सोहीअनुसार मङ्गलवार धनुषामा विद्यार्थी र अभिभावकहरुले सडकमा प्रदर्शनसहित ज्ञापन पत्र बुझाएका छन् । धनुषा जिल्लामा १ लाख ८३ हजार विद्यार्थी सङ्ख्या रहेकोमा त्यहाँ मौजुदा शिक्षक जम्मा २ हजार ५ सय मात्र रहेको आजपाको भनाइ छ । जबकि ५० विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी ३६७१ हुनुपर्ने भए पनि शिक्षक दरबन्दी ११५० अपुग छ । आजपाले रौतहटसहितका जिल्लामा पनि शिक्षक दरबन्दीको माग गर्दै दैनिक दबाबस्वरुप प्रदर्शन गर्दै आएको छ ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...