मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
विराटनगर | बैशाख २६, २०८१
कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान गर्न गठबन्धनले दबाब दिइरहेका छन् । गठबन्धनमा आबद्ध दलहरू एमाले र माओवादी केन्द्रका सांसदहरूले आज बिहानैदेखि प्रदेश प्रमुख परशुराम खापुङलाई पटक–पटक दबाब दिइरहेका छन् ।
मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएपछि सरकार विहीनताको अवस्था बनेको भन्दै उनीहरूले दबाब दिएका हुन् ।
अर्कोतिर प्रदेश प्रमुख खापुङ भने मुख्य न्यायाधिवक्ता कार्यालयको रायका आधारमा नयाँ सरकारको आह्वान गर्ने तयारीमा रहेको उनीनिकट स्रोतले जनाएको छ ।
एमाले र माओवादीले २०८० चैत २६ गते सरकारलाई दिएको समर्थन र विश्वासको मत फिर्ता लिएका थिए । २०८१ वैशाख २५ गतेभित्र मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेमा नलिएकाले स्वतः पदमुक्त भएको दाबी गर्दै उनीहरूले नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् । पत्रमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको हस्ताक्षर गरेका छन् ।
सरकार रिक्तताको अवस्था रहन नसक्ने भएकाले मुख्यमन्त्रीले विश्वासको मत नलिएर पदमुक्त भएको दिन नै नयाँ सरकार गठनको आह्वान गर्नुपर्ने भन्दै एमाले र माओवादीले प्रदेश प्रमुखलाई दबाब दिएका हुन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको लागि आह्वान तयारी रहेको स्रोतले जनाएको छ । अर्कोतिर गठबन्धन पनि आजै नयाँ सरकार गठन गर्ने तयारीमा रहेको छ ।
प्रदेशसभाका बहुमत सांसदको हस्ताक्षरसहित सरकार गठनको दाबी गरिने एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...