×

NMB BANK
NIC ASIA

महरको चेतावनी– सहकारी ठगी प्रकरणमा संसदीय समिति नबनाए प्रधानमन्त्रीमाथि पनि छानबिनको प्रश्न उठ्छ

बुटवल | बैशाख २७, २०८१

NTC
Premier Steels

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनाए प्रधानमन्त्रीमाथि पनि छानबिनको प्रश्न उठाउने चेतावनी दिएका छन् । नेपाल प्रेस युनियन, रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महरले गरिब जनताको पैसा दुरुपयोग गर्ने सहकारी ठगहरूलाई कारबाही हुनैपर्ने दाबी गरे । 

Muktinath Bank

‘सहकारी दुरुपयोग गर्नेहरू सत्तामा छन्,’ उनले भने, ‘जीबी राई र रवि लामिछानेमाथि छानबिन नभएसम्म कांग्रेस पछाडि हट्दैन । सरकारले संसदीय छानबिन समिति नबनाए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि पनि छानबिनको प्रश्न उठाउनेछौं ।’ सरकारले अपराधीलाई बचाउन चाहेको नेता महरको आरोप छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इलाम र बझाङको उपचुनावमा कांग्रेस पराजित हुनुमा नेतृत्वको कमजोरी रहेको नेता महरले बताए । ‘पार्टीका पदाधिकारीहरू उपचुनावमा ध्यान दिएनन् । ‘पि–फाइभ’ खटिएनन् जसले गर्दा कांग्रेसले पराजित भोग्यो ।’ अब कांग्रेस प्रतिपक्षमै बसेर पार्टीलाई बलियो बनाउनुपर्ने उनले बताए । 


Advertisment
Nabil box
Kumari

‘कहिले माओवादीसँग कहिले एमालेसम्म लहसिएर सरकारमा कांग्रेस जान आवश्यक छैन,’ महरले भने, ‘आफ्नै बल र संगठनले आउँदो निर्वाचनमा लड्ने गरी कांग्रेस जुट्नुपर्छ ।’ उनले कांग्रेसको आगामी नेतृत्वका लागि देउवाको विकल्प नभएकोसमेत दाबी गरे । उनले भने, ‘पार्टीमा दोस्रो पुस्ताका नेता नेतृत्वमा आउनेजस्तो मैले अरुलाई अहिलेसम्म देखेको छैन ।’
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x