×

NMB BANK
NIC ASIA

राजनीतिकर्मीलाई संविधान र कानुनको ज्ञानदिन जरूरी छ : बिजुक्छेँ

भक्तपुर | बैशाख २७, २०८१

NTC
Premier Steels

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले राजनीतिक दलका नेता कार्यकर्तालाई संविधान र कानुनको ज्ञान दिन जरूरी रहेको बताएका छन् । 

Muktinath Bank

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ लको ‘ख्वप न्याय दबु’ पुस्तकको आज विमोचन गर्दै उनले नेता, कार्यकर्तालगायत सबैले कानुन बुझ्न अत्यावश्यक रहेको बताएका हुन् । उनले भने, “हरेक क्षेत्रमा कानुनको ज्ञान भएको मानिस चाहिन्छ । त्यसमा पनि राजनीति गर्ने हरेक नेता तथा कार्यकर्तालाई सबैभन्दा बढी कानुनको ज्ञान चाहिन्छ । कानुनी ज्ञानबिनाको राजनीति अपूर्ण हुन्छ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कारागाराको जीवन भोगिरहेका धेरैजसो कैदीहरूले ऐन, कानुनको अज्ञानताका कारण समस्या भोग्न बाध्यहुने चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले नागरिकलाई अनिवार्यरूपमा कानुनका सर्वमान्य सिद्धान्त जानकारी गराउन सके आपराधिक घटनामा कमी आउने उनको भनाइ थियो । त्यसैगरी उनले निर्वाचन घोषणापत्रअनुसार काम नगर्ने राजनीतिक पार्टीलाई कारबाही हुने व्यवस्था संविधान र कानुनमा उल्लेख गरिनुपर्ने समेत बताए । 


Advertisment
Nabil box
Kumari

कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप कलेजले जनताका छोराछोरीलाई कम शुल्कमा कानुन विषयमा उच्च शिक्षा प्रदान गर्न र नयाँ पुस्तामा २१औँ शताब्दीका चुनौती सामना गर्नसक्ने ज्ञान र चेतना प्रदान गर्न भूमिका खेलिरहेको बताए । उनले देश र समाजप्रति उत्तरदायी कानुनका विद्यार्थी बनाउने, शिक्षालाई उत्पादन र श्रमसँग जोड्ने तथा श्रमलाई सम्मान गर्ने नागरिक तयार गर्ने लक्ष्यका साथ आफूहरू क्रियाशील रहेको समेत बताए । 

Vianet communication

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय मानविकी तथा कानुन सङ्कायका डीन प्राडा अनिलकुमार पोखरेल, फौजदारी कानुनका विज्ञ एवम् वरिष्ठ अधिवक्ता प्रा डा रञ्जितभक्त प्रधानाङ्ग, भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश वासुदेव न्यौपाने, कानुन अध्ययन समाज नेपालका अध्यक्ष अधिवक्ता रामप्रसाद प्रजापति, ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीलगाउतले कानुन प्रत्येक व्यक्तिले जान्नु आवश्यक रहेको बताउँदै विद्यालय तहमै सामान्य कानुनको ज्ञान दिनुपर्ने आवश्यकता औँल्याए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x