×

NMB BANK
NIC ASIA

माल्दिभ्सका विदेशमन्त्री भारत भ्रमणमा

काठमाडाैं | बैशाख २७, २०८१

NTC
Premier Steels

नयाँ दिल्ली– कूटनीतिक गतिरोधको बीचमा माल्दिभ्सका विदेश मन्त्री मूसा जमीर दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे छलफल गर्न भारतको औपचारिक भ्रमणमा नयाँ दिल्ली आइपुगेका छन् । 

Muktinath Bank

स्रोतका अनुसार भ्रमणको क्रममा दुई पक्षले द्विपक्षीय र क्षेत्रीय मुद्दाहरूमा छलफल गरी बहुआयामिक सम्बन्धलाई गति दिनेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय विदेश मन्त्रालयले पनि एक्समा उनको आगमनको विवरण सार्वजनिक गरेको छ । ‘माल्दिभ्सका विदे मन्त्री मूसा जमीरलाई भारतको औपचारिक भ्रमणमा हार्दिक स्वागत छ,’ जहाँ लेखिएको छ ।


Advertisment
Nabil box
Kumari

स्रोतका अनुसार माल्दिभ्सका विदेशमन्त्रीले भारतका परराष्ट्रमन्त्री एस जयशंकरसँग भेट गरी आपसी हितका द्विपक्षीय र क्षेत्रीय मुद्दाहरूमा छलफल गर्नेछन् । नयाँ दिल्ली भ्रमणको क्रममा विदेश मन्त्री जमीरले भारतीय विदेश मन्त्री जयशंकरलाई भेटवार्ता गर्नेछन् । ‘माल्दिभ्स हिन्द महासागर क्षेत्रमा भारतको प्रमुख समुद्री छिमेकी हो र विदेश मन्त्री जमीरको भ्रमणले दुई देशबीचको द्विपक्षीय सहयोगलाई थप गति दिने अपेक्षा गरिएको छ,’ भारतीय विदेश मन्त्रालयको  विज्ञप्तिमा उल्लेख छ ।

Vianet communication

भारतले मे १० अघि नै माल्दिभ्सबाट आफ्ना सैन्य कर्मचारीहरू फिर्ता गर्ने बताएको छ । गत मे ३ मा भारत र माल्दिभ्सबीच सम्पन्न द्विपक्षीय उच्चस्तरीय संयन्त्रको चौथो बैठकले मे १० सम्ममा माल्दिभ्सबाट भारतीय सैन्य कर्मचारी हटाउने सहमति गरेका थिए । 

यसअघि, राष्ट्रपति मोहम्मद मुइज्जुको नेतृत्वमा रहेको माल्दिभ्स सरकारले औपचारिक रूपमा भारतलाई मालेबाट आफ्नो सेना फिर्ता लिन अनुरोध गरेको थियो ।

माल्दिभ्सको विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा दुवै पक्षले विद्यमान द्विपक्षीय सहयोगको समीक्षा गरेको उल्लेख छ । जसमा विकास र रक्षा सहयोग लगायत आपसी हितका विभिन्न मुद्दाहरूमा छलफल भएको थियो ।

उच्चस्तरीय समूहको पाँचौँ बैठक आपसी सहमतिअनुसार आगामी जुन÷जुलाई महिनामा मालेमा आयोजना गर्ने सहमति भएको छ ।

माल्दिभ्सबाट भारतीय सेनालाई हटाउनु मुइज्जुको पार्टीको मुख्य चुनावी अभियान थियो । हाल माल्दिभ्समा डोर्नियर–२२८ समुद्री गस्ती विमान र दुई एचएएल ध्रुव हेलिकप्टरसहित करिब ७० जना भारतीय सैनिक तैनाथ छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x