×

NIC ASIA

संसद् अधिवेशन आजदेखि

रवि रास्वपा सभापतिको हैसियतमा संसदमा बोल्दा मात्र कांग्रेसले अवरोध नगर्ने

काठमाडाैं | बैशाख २८, २०८१

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै उनलाई संसदमा बोल्न अवरोध गरेको कांग्रेसले रास्वपा सभापतिको हैसियतमा मन्तव्य राख्दा अवरोध नगर्ने भएको छ । 

दलीय हैसियतमा संसद्मा बोल्न अवरोध नगर्ने सहमति भएको कांग्रेसका एक सांसदले जानकारी दिए । मन्त्रीको हैसियतमा भने रविलाई संसद्मा बोल्न नदिने पूर्ववत् निर्णय कायमै रहेको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चैत २ गते प्रतिनिधि सभा बैठकमा राजनीतिक दलसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न जाने क्रममा अवरोध गरेको थियो । 


Advertisment
Rupse Holidays
Nabil box

त्यसपछिका दिनमा पनि कांग्रेसको विरोधका कारण रविले संसद्मा विधेयक पेस गर्ने कार्यसूची हटेको थियो । शुक्रबार शुरू हुने प्रतिनिधि सभाको अधिवेशनमा दलका नेताहरूले शुभारम्भ मन्तव्य राख्ने तयारी छ । 

Vianet communication

‘अन्य दलका संसदीय दलको नेताजस्तै उहाँले दलीय आधारमा बोल्न पाउने कुरामा हामीले अवरोध गर्दैनौं । तर मन्त्रीको रूपमा संसद्मा कुनै प्रस्ताव पेश गर्न दिँदैनौं,’ कांग्रेसका एक पदाधिकारीले भने । 

संसद् अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने निर्णय लिन शुक्रबार कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ । 

रास्वपा सभापति समेत रहेका लामिछानेले संसद्मा बोल्न पाऊँ भन्दै सभामुखलाई औपचारिक पत्र लेखेका थिए । सो पत्रबारे सभामुख देवराज घिमिरेले दलका नेता र सचेतकसँगको बैठकमा समेत छलफल गरेका थिए । 

सहकारी ठगीमा रविमाथि संसदीय छानबिनको माग कांग्रेसले गत चैत ६ गतेदेखि उठाउँदै आएको छ । यही विषयलाई लिएर संसद् अवरुद्ध गर्ने चेतावनी दिएपछि सरकारले हठात अधिवेशन अन्त्य गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x