×

NMB BANK
NIC ASIA

पत्रकार पुरुषोत्तम दाहाल : अठोट, मेहनत र जाँगरले दिएको चिनारी

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
संयोग हो, जुन दिन म पुरुषोत्तम दाहालको ‘मेरो पत्रकारिता’ का अन्तिम पृष्ठहरू पढ्दै थिएँ, त्यसै दिन दिउँसो नेपालका कतिपय अन्लाइन सञ्चारमाध्यममा मणिराज उपाध्यायको निधन भएको खबर प्रकाशित हुन थालेको देखियो । ९४ वर्षको उमेरमा परलोक हुनुभएका उपाध्याय २००७ सालपछिको नेपालमा जग बसाल्ने पत्रकारहरूको सानो समूहमा पर्नुहुन्छ । उहाँका समकालीनहरूमा अब हामीले चिनेका–जानेका–मानेका पत्रकारमा सम्भवतः मदनमणि दीक्षित मात्र जीवित हुनुहुन्छ ।

पुरुषोत्तम दाहालले पत्रकारिताका आफ्ना मुख्य गुरु मानेका सम्पादक चन्द्रलाल झा पनि सातसालपछिको कालखण्डमा क्रियाशील पत्रकारको लहरमा पर्नुहुन्छ । झा ७५ वर्षको उमेरमा २०६९ सालमा बित्नुभयो । उहाँका समवयीमध्ये गोपालदास श्रेष्ठ र गोविन्द वियोगी पनि अहिले हामीबीच हुनुहुन्न । अंग्रेजीतर्फ मणीन्द्रराज श्रेष्ठ जीवित भएपनि उहाँको ‘द मदरल्याण्ड’ बन्द भएको निकै वर्ष बितिसक्यो । अनि, सातसालसम्म त गोरखापत्रले नै नेपालको पत्रकारिता धानेको थियो जहाँ प्रेमराज शर्मा र गोपालप्रसाद भट्टराईजस्ता दह्रा सम्पादकहरूले काम गरेका हुन् । निकट अतीत चिहाउँदा भारतदत्त कोइराला, गोकुलप्रसाद पोखरेल र कृष्णभक्त श्रेष्ठ उल्लेखनीय नाम देखिन्छन् । अंग्रेजीतर्फ, वरुणशमशेर र मनरञ्जन जोशीको विशिष्ट स्थान छ ।

मैले चन्द्रलाल झानजिक रहेर पत्रकारिता सिक्न, गर्न त पाइनँ तर उहाँलाई सक्रिय पत्रकारको रूपमा भने पटक–पटक देखेको छु; कुराकानी गर्ने अवसर पनि परेको थियो । २०४० सालतिर सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दबीच पञ्चायती तानातान हुँदा चन्दसमर्थक पशुपतिशमशेरले शङ्कर होटेलमा गरेको पत्रकार सम्मेलनमा झा राणालाई –याख्–याख्ती पार्न सम्पादकमध्येमा हुनुहुन्थ्यो । गोरखापत्रमा काम गर्दाका मेरा मित्र उद्धव उपाध्यायले
‘नेपाल टाइम्स’ मा काम गर्दाको प्रसङ्गमा सम्पादक झाको यस्तो निर्देशन हुन्थ्यो, ‘समाचार जे लेख्न पनि छुट छ; मुख्य कुरो खण्डन आउनु भएन ।’ मलाई यो शाश्वत सूत्र लाग्छ ।

एक समय ‘राष्ट्रपुकार’ साप्ताहिकमा अग्रज होमनाथ दाहालका एक सहयोगी भई काम गरेको अनुभव समेत बटुलेको हुनाले २०४६ सालपछिको होलो वातावरणमा काम गर्न पुरुषोत्तम दाहाललाई निकै सजिलो भएको देखिन्छ । एक तहको आत्मविश्वास बनिसकेकोले नै रेडियो नेपालबाट ‘घटना र विचार’ जस्तो समसामयिक विषय प्रसङ्गको खरो–दह्रो विवेचना गर्न अग्रसर टोलीको नेतृत्वमा उनलाई कठिनाइ भएन ।

त्यसैगरी, समयको अन्तरालमा प्रसारण माध्यम छोडेर मुद्रणतर्फ गई ठूलो आकारको र त्यो पनि दैनिक ‘राजधानी’ मा सम्पादकको जिम्मेवारी सम्हाल्दा पनि पुरुषोत्तमलाई अत्यास लागेन । झण्डै पाँचसय पाताको यस पुस्तकमा लेखकले यसै परिवेशको सेरोफेरोमा आफूलाई चित्रित गरेको पाइन्छ । प्रस्तुतिमा इमान्दारी त होला नै ।

पुरुषोत्तमलाई काङ्ग्रेसी युवाहरूको जमातमा एक औसत प्रचारक (कार्यकर्ता) मात्र ठान्ने बानी लागेकाहरूलाई अनौठो लाग्दो हो, तर अठोट, मेहनत र जाँगरले दिएको उनको नयाँ चिनारीलाई उपेक्षा गर्न अब कसैले सक्दैन । २०४६ साल माघमा चाक्सीबारीमा नेपाली काँग्रेसको सम्मेलन हुँदा प्रतिनिधिको बिल्ला लगाएका पुरुषोत्तमले आफूमाथि पार्टीको प्रभाव परेको कुरालाई लुकाएको देखिन्न । र, रेडियोको ‘घटना र विचार’ कार्यक्रमबाट काँग्रेसलाई चुनावी लाभ भएको यथार्थलाई पनि स्वीकारै गरेको देखिन्छ । हो, करदाताको तिरोबाट चल्ने सार्वजनिक संस्थालाई पार्टी विशेषको पक्षमा प्रयोग विवादास्पद हुनु अपरिहार्य छ । तर त्यस्तो विवाद काँग्रेसको मामिलामा मात्र लागू हुने होइन; एमाले लगायत कुनै पार्टी अछुता छैनन्; रहँदैनन् ।

‘त्यस समय मसँग पत्रकारिता विषयमा कुनै शास्त्रीय ज्ञान थिएन र आज पनि छैन,’ पुरुषोत्तम आफ्नो कमजोरी खुलस्त लेख्छन् । तर जसले अध्ययनशील औ आँटिला गुरुहरूको सामीप्य एवं मार्गदर्शन पायो, त्यसले सम्प्रेषणको सीप कामबाटै आर्जन गर्दै जान्छ । अघिल्लो पुस्ताका (हाम्रा अग्रज) पत्रकारले त्यही प्रक्रियाबाट आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको हो ।

आचार, व्यवहार र समाजप्रतिको दायित्वबोध भएको मानिसले सामान्य समझ (कमन सेन्स) राखेकै हुन्छ । हो, पत्रकारिता विषय मेहनत गरी पढेको व्यक्तिको प्रस्तुति बढी छरितो र प्रभावकारी हुनसक्ने कुरामा भने सन्देह छैन । जस्तै, पत्रकारिता पढेको सञ्चारकर्मीले सडक दुर्घटनामा ‘करीब १९ जना’ मरे लेख्दैन (करीब २० लेख्छ), अनुच्छेद छुट्याएर खबर लेख्छ (अदालतको फैसला जस्तो एकै अनुच्छेदमा सबैथोक अटाउने भद्दा वाक्य लेख्दैन), तथ्य मात्र खबरमा हाल्छ (कथ्य निफनेर फाल्छ), सन्तुलनमा सजग रहन्छ, भाषाशैली र व्याकरणको हेक्का राख्छ र गाली–बेइज्जतीको मुद्दामा तारिख खेप्ने अवस्थामा आफूलाई पु–याउँदैन । कुनै बखत पत्रकारिताको छात्र भएको नाताले यी र यस्ता केही कुरा म भन्न सक्छु ।

मिल्दो दृष्टान्त एक ग्रामीण किसान हुनसक्छ जसले निरक्षर हुँदाहुँदै पनि खेती लगाएर अन्नबाली भित्र्याउँछ । कदाचित् त्यस किसानले साक्षर हुन पायो भने उत्ति जमीनबाट बढी उब्जाउ लिनसक्छ किनभने पढालेखा भएपछि उसले मल कीटनाशकहरू मात्रा मिलाएर हाल्न जान्दछ, सिँचाइमा ध्यान दिन्छ र बाली उठाएपछि बजारमा गई आफ्नू मालको उचित मूल्य लिन सिपालु हुन्छ ।

किताबमा रोचक–घोचक प्रसङ्ग धेरै भेटिन्छन् । जस्तो, तन्दुरी परिकार खाँदा–खुवाउँदा एकपल्ट पुरुषोत्तमको एक महिनाको तलब नै स्वाहा भएको घटना । त्यस्तै, मोहनगोपाल खेतान एक समय उद्योग–व्यापारमा चल्तीको नाम थियो; एकपटक पुरुषोत्तमसितको कुराकानीमा भनेछन्; ‘मेरा घरमा नआइपुगी आजका पत्रकारहरूको पेशा नै चल्दैन ।’ विनोद चौधरी उतिखेर अहिलेको जस्तो चर्चित नाम रहेनछ ।

२०४४ सालको सन्दर्भ उप्काउँदा पुरुषोत्तम कैलाश सिरोहियाको चर्चा गर्छन् जो ‘बागबजार टुकुचा पुलनजिकै फर्निचरको शोरूम खोलेर बसेका थिए । अहिले उनी ‘मिडिया जाएन्ट’ भएका छन् । उनको लगन र सञ्चारप्रतिको निष्ठा प्रशंसनीय छ ।

राजा ज्ञानेन्द्रसितको अन्तर्वार्ता पुस्तकमा पठनीय सामग्रीको कोटिमा पर्छ ।

पुरुषोत्तमको लेखनकला सरल छ, तसर्थ समकालीन नेपालको एउटा पाटो नियाल्न इच्छुक जोसुकैले यो किताब पढ्दा हुन्छ । पत्रकारिताको पढाइमा संलग्न छात्रछात्राको लागि भने यो राम्रो सन्दर्भग्रन्थ हुने ठान्दछु ।

कृति : मेरो पत्रकारिता
लेखक : पुरुषोत्तम दाहाल
प्रकाशक : सूचना चौतारी संचार सहकारी संस्था लि.
संस्करण : प्रथम, २०७३ भदौ
पृष्ठ : ४८२
मूल्य : रु. ७२५।–

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x