कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडाैं | जेठ ९, २०८१
पशुपतिनाथ मन्दिरको भेटी चोरी संगठितरूपमै हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हाल पक्राउ परेका पाँचजनाले कति दिनदेखि चोरी गर्दै आएका थिए भन्ने रहस्य खुल्न बाँकी छ ।
मन्दिरमा भक्तजनहरूले चढाएको भेटी गणना गर्ने कार्यमा संलग्न कोषकै कर्मचारी नवराज ढोडारी, नवराज घिमिरे, सञ्जय कपाली, कुमार दमाई परियार र अनिल परियार संलग्न रहेको आरोपमा अहिले प्रहरी हिरासतमा छन् ।
प्रहरीले उनीहरूसँग छुट्टाछुट्टै बयान लिइरहेको छ । बयानमा क्रममा कुमार, अनिल, सञ्जय र नवराजले ढोडारी मुख्य नाइके भएको बताएका छन् ।
ढोडारी पशुपति विकास कोषका छैठौं अधिकृत हुन् । उनकै नेतृत्वमा यी चारजना खटिँदै आएका थिए ।
दैनिक करिब चारलाख रुपैयाँ भेटी जम्मा हुँदै आएको थियो । कुमार र अनिल पशुपतिनाथको नित्य पूजाका बेला बाजा बजाउने कर्मचारी हुन् । उनीहरूले सनई फुक्ने गर्थे । सञ्जयले पनि बाजा नै बजाउने गर्थे ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार ढोडारीले भेटीको बाक्सा खोलेर रकम मिलाएर चाङ लगाउन यी चार जनालाई जिम्मेवारी दिएका थिए ।
‘ढोडारीले ठूला नोट हजार र पाँच सयको बिटा तयार पार्थे, अन्यले साना नोटका बिटा बनाउँथे,’ एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने, ‘त्यही बेला ढोडारीले कुमार र अनिलको पैसाको थुप्रोमा हजारको नोट फालिदिन्थे । उनीहरूले ज्याकेटको बाउलाभित्र छिराएर राख्थे ।’
भेटी गणनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका जुनियर अधिकृतको ड्युटी रहे पनि उनीहरूले खल्ती मात्रै चेक गर्ने हुँदा पैसा बाहिर पुगेको थाहा हुँदैनथ्यो । प्रहरीका अनुसार भेटीको रकम यो समूहले दैनिक १५ देखि २० हजार रुपैयाँ चोरी गर्दै आएको अनुसन्धानबाट खुलेको छ । तर, ढोडारीले अरूलाई हजार/हजार दिएर बाँकी रकम आफैं राख्दै आएका थिए ।
ढोडारी र घिमिरेबाहेक अन्य तीनजनाले भने आफूहरूलाई कोषका कोषाध्यक्ष नारायण सुवेदीले भेटी गणनाको ड्युटीमा राखिदिएको बयान दिएका छन् ।
तर, रकम सुवेदीको हातमा जान्थ्यो वा जाँदैनथ्यो त्यो खुल्न नसकेको प्रहरी वृत्त गौशालाका प्रमुख डीएसपी केशव थेवे बताउँछन् ।
यसको माथिल्लो तह पहिचान गर्न गाह्रो भइरहेको स्रोतले बतायो । ‘दैनिक १५ हजार रुपैयाँ झिक्दा मासिक ४ लाख ५० हजार अवैध आम्दानी हुने भएपछि यो घटनामा कोषभित्रैको संगठित गिरोह संलग्न रहेको देखिएको छ । तर, कसैले एक अर्कालाई दोषारोपण नगर्ने हुँदा माथिल्लो व्यक्ति पहिचान गर्न गाह्रो भइरहेको छ ।’
शुरूमा यी पाँचजनाको गतिविधिका बारेमा कोषले नै प्रहरीलाई सूचना दिएको थियो । कोषकै कुनै कर्मचारीले सुराकी दिएपछि पदाधिकारीले सीसीटीभी हेरेर ढोडारीसहित पाँचजनाको संलग्नता देखिएको भन्दै उनीहरूलाई पक्राउ गरेर मुद्दा चलाउन भनिएको थियो । कोषका सदस्य सचिव मिलनकुमार थापाले डीएसपी थेवेलाई समेत बोलाएर अनुसन्धान गम्भीर ढंगले हुनुपर्ने बताएका थिए ।
‘हामी कोषमा पुग्दा ढोडारीसहित पाँचैजनालाई कोषका पदाधिकारीले नियन्त्रणमा लिइसकेका थिए ।’
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार पक्राउ गर्दा ढोडारीको लकरबाट ५ हजार २६५, कुमारको साथबाट २७ हजार ५ सय, अनिलको साथबाट ३४ हजार ७ सय ५५ र भारतीय रुपैयाँ १९ हजार १२० रुपैयाँ बरामद गरेको थियो ।
दैनिक जम्मा भएको भेटी नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका कर्मचारीले बुझेर लगी बैंक खातामा जम्मा गर्थे । ढोडारीले बैंकका कर्मचारीलाई समेत थाहै नदिई हजारको नोट थुप्रोबाट निकाली कुमार र अनिललाई लुकाउन दिँदै आएको प्रहरीले जनाएको छ ।
कोषका कोषाध्यक्ष सुवेदीले आफूलाई विनापुष्टिको आरोप लगाइएको बताए । उनले बाजा बजाउने जिम्मेवारी दिएकालाई पैसा संकलन गर्ने जिम्मेवारी कोषले नै टिप्पणी उठाएर दिएको बताए ।
उनले लोकान्तरसँग भने, ‘मैले कसैलाई जिम्मेवारी दिएको होइन, कार्यालयले नै टिप्पणी उठाएर दिएको हो । ममाथि लागेका आरोप निराधार हुन् ।’
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...
अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...