×

NIC ASIA

'गाउँ आएको बाटो'मा दयाहाङको नयाँ लुक [भिडियो]

काठमाडाैं | जेठ ११, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

जेठ २५ देखि प्रदर्शनमा आउने फिल्म 'गाउँ आएको बाटो'को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई, बाल कलाकार प्रसन राईको प्रमुख अभिनय देख्न सकिन्छ । उभौली पर्वको अवसरमा सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता दयाहाङ अन्य फिल्ममा भन्दा फरक अवतारमा देखिएका छन् ।  

निर्देशक सुब्बा दयाले यो फिल्ममा दयाको परिपक्व अभिनय देखिने दाबी गरे । ‘यो फिल्म दयाले अत्यन्त अब्बल काम गरेको फिल्म हो । अन्य काममा पनि राम्रै काम गर्नुभएको छ । तर, यो फिल्ममा दयाको अभिनयमा आएको बदलाव देखिन्छ, परिपक्व अभिनय छ,’निर्देशक सुब्बाले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दयाहाङले सन् २००९ तिरै यो फिल्म बन्ने चर्चा सुनेका थिए । तर, त्यतिबेला यो फिल्मको अभिनेताको भूमिकामा आफू देखिन पाउँछु भन्ने उनले सोचेका थिएनन् । ‘बुवा छोराको सम्बन्धमा फिल्म बन्दैछ भन्ने सुनेको थिएँ । तर, त्यतिबेला उमेरकै हिसाबले पनि मैले काम पाउँछु भनेर सोचेको थिएन,’अभिनेता राई बताउँछन्,’ संयोग बस यतिबेला यो फिल्म बन्यो, र मैले यसमा काम गर्न पाएँ ।'


Advertisment
Rupse Holidays
Nabil box

null

Vianet communication

यो फिल्मका लागि अभिनेता दयाहाङले १२ केजी तौल घटाएका थिए । दया विश्व बजार पुगेको यस किसिमको फिल्मलाई नेपाली दर्शकले हेरिदिनुपर्ने बताउँछन् । ‘विश्व बजार पुगेको यो फिल्म धेरै दर्शकले हेरिदिनुभयो भने यस किसिमको फिल्म बनाउने फिल्मर्मीलाई ऊर्जा मिल्छ,’दयाले भने,’दयाले भने ।

फिल्ममा दयासँगै जोडी बाँधेकी अभिनेत्री पशुपति राईले पनि अभिनयको फरक पक्षलाई आफूले सिक्न पाएको बताइन् । '१९ वर्षको अभिनय यात्रामा अभिनयका पक्षमा म कहाँ छु त भन्ने खालको धरातल नै बदलिदिनुभयो, निर्देशक सुब्बाले । उहाँसँग अभिनयमा लिएर निकै गहिरो बहस गर्थ्यौं, त्यो गजब्बको सिकाइ रह्यो,’उनले भनिन् । बाल-कलाकारको अभिनयमा देखिएका प्रसनले भने ‘गाउँ आएको बाटो’मा काम गर्दा निकै रमाइलो भएको बताए । अभिनेता दयाहाङ छायांकन ताका प्रसनले आफूलाई चुनौति दिने किसिमको अभिनय गरेको पनि बताए । 

अमोद राई निर्माता रहेको यो फिल्मलाई निर्देशक सुब्बा र महेश राईले लेखेका हुन् । सामुदायिक लगानीमा बनेको यो फिल्मलाई विश्वका दर्शकले झैं नेपाली दर्शकले पनि मनपराइदिनेमा आशावादी छन्, निर्माता राई । ‘यो फिल्म विश्वका प्रमुख फेस्टिभल घुमेर आफ्नै गाउँ फर्किएको छ । जसरी विश्वका दर्शकले यो फिल्मलाई राम्रो छ भनेर विश्वास गरिदिनुभयो, मनपराइदिनुभयो । त्यसरी नै घरेलु दर्शकले पनि मनपराइदिनुहुनेछ भन्ने आशावादी छौं,’ निर्माता राईले बताए । 

सामुदायिक लगानीमा बनेको यो फिल्मलाई अमेरिकन छायाँकार जोश हेरमले खिचेका हुन् । फिल्ममा हाइडी लीको संगीत, केदार श्रेष्ठको कास्टिङ निर्देशन, राज थापाको कला निर्देशन, किशोर आचार्यको साउन्ड डिजाइन, सिकुमा राईको पहिरण, क्वान पुन लुङको सम्पादन छ ।

हेर्नुहोस् भीडियो

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

जेठ ५, २०८१

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपप्राध्यापकका रुपमा कार्यरत डाक्टर स्मृति शाक्य ​पेशाले चिकित्सक हुन् ।  लामो समयदेखि यो क्षेत्रमा सक्रिय मुटुरोग विशेषज्ञ डा स्मृतिले अहि...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x