मंसिर २४, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
काठमाडाैं | जेठ ११, २०८१
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महान्यायधिवक्ताको कार्यालय रास्वपाको भातृ संगठन जस्तो बनेको टिप्पणी गरेका छन् ।
दोहोरो राहदानीमा मुद्दा नचल्ने र सहकारी ठगीमा संलग्न नरहेको भनेर दिएको पत्र महान्यायाधिवक्ता कार्यालयको क्षेत्राधिकार बाहिरको विषय भएको उनले बताए ।
शुक्रबार प्रतिनिधि सभा बैठकपछि संसद भवनमा पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री शर्माले महान्यायाधिवक्ता कार्यालय गृहमन्त्रालयको शाखा जस्तो बनेको टिप्पणी गरेका हुन् ।
‘प्रतिशोध स्वरूप कैलाश सिरोहिया रातारात भाग्ने जस्तो गरेर गिरफ्तार गरियो । गिरफ्तार गर्ने निकायमा को हुनुहुन्छ ? दुई वटा पासपोर्टको कारण छानबिन हुनुपर्ने भनेर आरोपित व्यक्ति गृहमन्त्री हुनुहुन्छ । महान्यायाधिवक्ताको कार्यालयले के भनेको छ भन्दा दोहोरो राहदानीमा छानबिन गर्नु नपर्ने । महान्यायाधिवक्ता कार्यालय रास्वपा पार्टीको भ्रातृ संस्था हो ? गृह मन्त्रालयको शाखा हो ?’, शर्माले प्रश्न गरे, ‘कहिले पासपोर्ट प्रकरणमा छानबिन गर्नु पर्दैन भनेको छ । कहिले सहकारी ठगीमा हुनुहुन्न भनेको छ । त्यो (महान्यायाधिवक्ता कार्यालय) संवैधानिक इजलास हो ? विचाराधीन विषयमा अलग्गै लेखेर दिन मिल्छ ?’
महामन्त्री शर्माले सहकारी ठगीबारे छानबिन गर्न बनाउने भनिएको संसदीय समितिमा रविको नाम किटान गर्नुपर्ने बताए ।
‘सहकारी ठगीको विषयमा लामो कुरा केही छैन, जसरी अस्पतालमा आएका सबै विरामीको अप्रेसन गरिँदैन । एपेन्डिक्सको अप्रेसन गर्ने भन्दैमा हस्पिटलमा आएका सबैको त गरिँदैन, जो बिरामी हो त्यसैको गर्ने होला’, शर्माले भने, ‘कागजमा कसैको नाम लेखेपछि समिति बन्नु र नबन्नुको अर्थ हुँदैन ।’
सहकारी ठगीमा रविले एकढंगको स्वीकार्यता गरिसकेकाले कांग्रेस नेताहरूको फाइल खोल्ने बार्गेनिङ गरेको महामन्त्री शर्माले बताए ।
‘कांग्रेसको सभापतिमाथि छानबिन गर्ने हो कि दाई भाउजूमाथि छानबिन गर्ने हो गर्नुस् । नाम थर, गोत्र लेख्नुस् । माइती ससुरालीको कुरा लेख्नुस् । औँठामा भएको शंख, चक्र उल्लेख गर्नुस्’, शर्माले भने, ‘कांग्रेसको कोही भ्रष्टाचारी भयो भने हामीहरू कसैको सती जान्नौं ।’
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...
अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...