×

NIC ASIA

लुम्बिनीमा टिमुर सम्मेलन, ‘कालो सुन’लाई मोहरमा बदल्नुपर्नेमा जोड

बुटवल | जेठ १२, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

औषधीय गुण भएको टिमुरको व्यावसायिक उत्पादन गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेश सरकारले शनिबार टिमुर सम्मेलन गरेको छ । वन तथा वातावारण मन्त्रालय र कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा दाङको लमहीमा प्रदेशस्तरीय टिमुर सम्मेलन भएको हो । जहाँ टिमुरको व्यावसायिक खेती गर्नेदेखि निर्यात गरेर प्रदेशको आर्थिक विकास र समृद्धिको खाकाको बारेमा समेत चर्चा गरिएको छ । 

पहिलो पटक टिमुर सम्मेलन गरेर यसबारेमा खोजीनिति थालिएको हो । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा टिमुर खेती हुने गरेको छ । लुम्बिनी प्रदेशमा १० लाख हेक्टर वन क्षेत्र छ । जसमध्ये ५० हजार हेक्टरमा टिमुर खेती गर्न सकिने सम्भाव्यता रहेको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख राजु क्षेत्रीले जानकारी दिए । उनका अनुसार एक हेक्टर जमिनमा ४०० विरुवा हुर्काउन सकिने, एउटा विरुवाबाट मात्रै तीन किलोग्रामसम्म टिमुर उत्पादन गर्न सकियो भने प्रतिवर्ष ६ करोड किलो टिमुर उत्पादन गर्न सकिने देखिएको छ । प्रशोधन नगरिएको टिमुर प्रतिकिलो ५०० देखि ८०० रुपैयाँ सहजै बिक्री हुने गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टिमुरलाई कालो सुन भनेर पनि चिन्ने गरिन्छ । तर, यो कालो सुनलाई मोहरमा बदल्नेगरी प्रभावकारी योजना बनाउन नसक्दा आर्थिक उपार्जनमा योगदान पुग्न नसकिएको सरोकारवालाको भनाइ छ । वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले आर्थिक वर्ष २०७८-०७९ मा दुई लाख ९० हजार ५१९ किलो टिमुर निर्यात भएको विवरण सुनाए । कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव नम्रता सिंहले टिमुरमा औषधीय गुण अधिक रहने जानकारी दिँदै उत्पादन बढाउन आवश्यकता महशुस गरिएको बताइन् । 


Advertisment
Rupse Holidays
Nabil box

लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले आउने नीति तथा कार्यक्रममा टिमुरको विषयलाई सकारले समावेश गर्ने विश्वास व्यक्त गरेका छन् । टिमुर सम्मेलनको उद्घाटन गर्दै उनले किसानलाई नयाँ भविष्य दिन टिमुर सम्मेलन सहयोगी हुने पनि बताए । ‘यो सम्मेलन कष्टकर जीवनबाट सहज बनाउने उद्देश्यले महत्वपूर्ण हुनेछ,’ उनले भने, ‘वस्तु विनियमको जमानामा टिमुर बेचेर नुन बोकेर खान्थ्यौँ । कोइलाबासमा टिमुर लगेर नुन ल्याइन्थ्यो । यो विगत भइसक्यो । अब टिमुरबाट प्रदेशको समृद्धि खोजिरहेका छौं ।’ 

Vianet communication

शहरी विकास तथा खानेपानी मन्त्री भूमिश्वर ढकालले प्रदेशलाई समृद्ध बनाउनका लागि टिमुरको मूल्य श्रृङ्खलामा आधारित उत्पादन, प्रशोधन र बजारीकरणलाई प्राथमिकतामा राखिएको जानकारी दिए । ‘हाम्रो प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउने सम्भावनाको खोजीका क्रममा हामीले टिमुर सम्मेलन आयोजना गरेका छौँ,’ उनले भने, ‘आगामी दिनमा हाम्रो प्रदेशका उत्पादन हुन सक्ने कृषिजन्य उपजलाई अगाडि बढाउने सन्दर्भमा घनिभूत छलफल गर्न जरुरी छ । सबैले साझा प्रतिबद्धता व्यक्त गरेर टिमुरबाट आर्थिक विकासका लागि लागौँ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...

जेठ १५, २०८१

सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रहेको ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x