×

NIC ASIA

विदेशमा पढाइ, स्वदेशमा कर्म

‘हस्पिटालिटी’मा शान्तम: ४० करोड लगानी सम्हाल्दै २६ वर्षीय युवा

बुटवल | जेठ १९, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

बुटवलका पुराना व्यवसायी अनन्त थैव आफ्ना सन्तानले देशमै भविष्य खोजुन् भन्ने सोच राख्थे । देश नै विदेश हिँडेजस्तो गरी बलियो युवा जनशक्ति पराइ मुलुक बनाउन हिँडेको अनन्तलाई पटक्कै मन परेको थिएन । राम्रो ज्ञान, सीप र बिकाउ प्रमाणपत्र हासिल गर्न केही वर्ष विदेश गए पनि फर्किएर स्वदेशमै केही गर्नुपर्छ भन्ने सुझाव उनी युवा पुस्तालाई दिने गर्थे । अनन्तको त्यही सुझावलाई उनका आफ्नै छोरा शान्तम थैवले अंगिकार गरेका छन् । 

२६ वर्षीया शान्तमले थाइल्यान्डको बैंककमा व्यवस्थापन विषयबाट स्नातकोत्तर अध्ययन पूरा गरी बुटवलमा ‘दी क्राउन इन’ होटल (हस्पिटालिटी) सञ्चालन गरेका छन् । जुन ‘विजनेस कर्पोरेट’ होटल हो । यो होटल ‘दी क्राउन इन’ बुटवल–भैरहवा ‘सिक्स लेन’ सडकमा पर्ने जानकीनगरमा पर्छ । यसका लागि आफूले ४० करोड रुपैयाँ लगानी गरेको उनी बताउँछन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रोपाइटर शान्तमलाई राम्रो सेवा दिएर पर्यटकको मन मस्तिष्कमा ‘दी क्राउन इन’को छाप बसाल्नु छ । ‘राम्रो छाप बसाल्न एउटा पक्षमा मात्र राम्रो भएर हुँदैन, सबै क्षेत्रको संयोजन मिल्नुपर्छ,’ उनी भन्छन् । यसका लागि आफूले योजना बनाएको उनी सुनाउँछन् । कुनै पनि काम सानो ठूलो हुँदैन भन्ने सोचाइ राख्ने उनी आफैँ पनि काममा खटिन्छन् । यसैले त होला उनको होटल छोटो समयमै पर्यटकको रोजाइमा पर्न थालेको छ । 


Advertisment
Rupse Holidays
Nabil box

hotel

Vianet communication

स्नातकोत्तर पूरा गरेपछि शान्तमलाई युरोप, अमेरिका, अस्ट्रेलियामा पेशा–व्यवसाय गरेर बस्ने पर्याप्त अवसर थिए । तर उनले आफ्नै माटोमा सम्भावना देखे । आफूले अध्ययन गरेको बैंककमा हस्पिटालिटी क्षेत्रबाट भएको अथाह प्रगति उनले देखे । सोहीअनुसार आफ्नो देशमा पनि हस्पिटालिटीसहितका होटल सञ्चालन गर्न सके सफल हुने उनको भनाइ छ । ‘देशमा अहिले छाएको आर्थिक संकट लामो समय नजाला भन्नेमा म आशाबादी छु,’ उनी भन्छन्, ‘अहिले सबै क्षेत्रका देखिएको अफ्ठ्यारो परिस्थितिमा पक्कै परिवर्तन हुनेछ । ठूलो आशा र सम्भावना देखेरै यो क्षेत्रमा लागेको हुँ । यसैले सफल भएर देखाउनु छ ।’

सँगै पढेका धेरै साथी विदेशतिरै स्थापित हुँदा शान्तम भने स्वदेशमै दीर्घकालीन सोच बनाइरहेका छन् । आफूले एकैपटक नाफा कमाउने गरी होटल व्यवसायमा हात नहालेको उनी स्पष्ट पार्छन् । 

‘मैले एकैपटक नाफा कमाउने गरी यो विजनेशमा हात हालेको होइन, दीर्घकालीन व्यवसाय गर्ने योजना बनाउँदै व्यवसायलाई दिगोपन दिन सकिन्छ भन्ने मेरो ठम्माइ छ,’ उनी भन्छन । ‘अध्ययन गरेका धेरै साथीहरू पनि विदेशतिरै स्थापित भएका छन् । तर म आफ्नै भूमिका केही गर्न थालिरहेको छु । यसैमा मलाई खुशी मिलेको छ ।’  

बुटवलमै जन्मे–हुर्केका शान्तमले विद्यालय तहको पढाइ त्यहीँबाट पूरा गरेँ । उनले प्लस टू लेबलको अध्ययन काठमाडौंमै गरेँ । त्यसपछि स्नातक तह पढ्न उनी भारत पुगे । तर, त्यहाँ एक वर्ष केही गरेरन् । त्यसबीचमा होटल सञ्चालन गर्ने सोच बनाए । स्नातक भारतबाट स्नातक पूरा गरी स्नातकोत्तर पढ्न उनी थाल्याल्यान्ड पुगेका हुन् । ‘थाइल्यान्डमा होटलको ठूलो अवसर देखे । किनकि, थाइल्यान्डमा कोरोना महामारीमा पनि होटल चलेको थियो । नेपालमा पनि नयाँ र फरक तरिकाले केही गर्न सकिन्छ भन्ने लाग्यो । बुवाले पनि यहीँ होटलकै प्राजेक्ट गर्ने भनेपछि नेपाल फर्केँ,’ उनी सुनाउँछन् । भारतको उत्तर प्रदेशका पर्यटकमात्र आकर्षित रुपन्देहीमा तान्न सकेमा यहाँको पर्यटन क्षेत्र सजिलै धानिने उनी बताउँछन् ।

शान्तमको होटल ‘दी क्राउन इन’मा ४० स्तरीय कोठा छन् । यिनलाई सेमी–स्वीट, डिलक्स र सुपर डिलक्स गरी तीन वर्गमा छुट्याएका छन् । यहाँ बस्न चार हजारदेखि १४ हजार रुपैयाँसम्म तिर्नु पर्छ । यो बस्नका निम्ति मात्र बनाइएको होटल हो । बिहे, पार्टी, ठूला सभा वा गोष्ठी गर्ने व्यवस्था छैन । यसले गर्दा यहाँ शान्त वातावरण भएको र पाहुनालाई ‘डिस्टर्ब’ नहुने शान्तमले बताए । होटलको डिजाइन र लुक्स निकै आकर्षक छ । ‘हाइवेको छेउमै भए पनि सबै कोठा साउन्ड–प्रूफ छन् । बाहिरको आवाज सुनिँदैन,’ उनी भन्छन् । होटलमा ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

शुरूवातदेखि नै होटलको ‘अकुपेन्सी’ निकै राम्रो छ । शान्तम आफैँ पनि काममा खटिरहन्छन् । उनको  व्यवसायप्रति लगाव अरुले पनि प्रेरणा लिने खालको छ । राज्यबाट उद्यममा व्यवसायीहरूले सपोर्ट पाउन नसकेको उनको भनाइ छ । होटल मात्र खुलेर हुँदैन, प्रकृतिले हामीलाई अनुपम उपहार दिएको छ तर, त्यसको घुम्न पुग्ने एक्सिस छैन । लिभिङ स्टान्डर पनि बढ्दो छ । शहर बजारमा बेरोजगार बसेका युवालाई देशमै बसी कृषि, उद्योग र पर्यटन क्षेत्रतर्फ लाग्न शान्तम सुझाव दिन्छन् । तीन तहका सरकारले विभिन्न संघ–संस्थाद्वारा अनुदान दिए देशमा केही युवा रोकिने अवस्था आउने उनको बुझाइ छ ।  

देशमा राजनीतिक स्थिरता आउन सकेमा पर्यटन क्षेत्रमा लगानी बढ्न सक्ने सरोकारवालाहरू बताउँछन् । राजनीतिक अस्थिरता र अनेक समस्याले गर्दा चाहेर पनि व्यवसायी लगानी गर्ने हाट बढाउन सकेका छैनन् । लगानीयोग्य पैसा बैंकमा थुप्रिएको छ । सरकारले लगानी प्रबर्द्धन गर्ने नीतिगत कानूनी व्यवस्था र झन्झट हटाउन नसकेको शान्तमको गुनासो छ । 

राज्यले गतिशीलता, इच्छाशक्ति र नीतिगत पहलकदमी लिए व्यवसायी लगानी गर्न तयार रहेको सान्तम उनी बताउँछन् । होटलमा लगानीको प्रमुख भनेको जग्गा हो । अहिले शहरी क्षेत्रमा जग्गा महँगो छ । रुपन्देहीमा अहिले पाँचतारे होटलको संख्या पाँच पुगेको छ । अन्य चारतारे र तीनतारे गरी यहाँ दर्जनौं होटल छन् । मध्यमस्तरका होटलहरूले पनि लगानी बढाएर गरी स्तरवृद्धि गरिरहेका छन् । सरकारले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रको सहकार्यमा अगाडि बढ्नुपर्ने शान्तमको सुझाव छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

जेठ १२, २०८१

हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x