×

जलवायु परिवर्तको असरले प्राकृतिक सम्पदा विनाश भइरहेको छः मन्त्री राई

काठमाडाैं | जेठ २४, २०८१

खानेपानीमन्त्री राजेन्द्रकुमार राईले जलवायु परिवर्तनका कारण प्राकृतिक सम्पदामा ठूलो असर परिरहेको बताएका छन् । डिप्लोमा इञ्जिनियर्स एशोसिएसन, नेपाल (डिन)को ४४औँ स्थापना दिवसका अवसरमा आज मन्त्री राईले जलवायु परिवर्तनका कारण प्राकृतिक सम्पदामा नराम्रो असर परेको बताएका हुन् । 

“पछिल्लो समय जलवायु परिवर्तनका कारण अच्चमका घटना घटिरहेका छन्, हिमालमा फल्ने फलफूल पहाडमा उत्पादन हुन थालेका छन्”, मन्त्री राईले भने, “हिमालमा हिउँको सतह घट्दै छ, गर्मी प्रत्येक वर्ष बढिरहेको छ, त्यसको असर बढ्दै गएको छ, सबै सजक भएर वातावरण जोगाउने कार्यममा जुट्न मेरो आग्रह छ ।”


Advertisment

त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभा सदस्य पूर्वयोजना आयोगका उपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाले मुलुकको विकास र समाज रुपान्तरण गर्ने क्रममा डिप्लोमा इञ्जिनियरिङको ठूलो भूमिका रहेको बताए ।
      
उनले पछिल्लो समय जलवायु प्रदूषणका कारण देशमा जमिनको बिग्रिँदो अवस्था रहेको, वर्षायाम आएपछि डराउनुपर्ने अवस्था आएकामा चिन्ता व्यक्त गर्दै पुरानै अवस्थामा जमिनलाई ल्याउनका लागि वन विनाश कम गर्दै वातावरण संरक्षणमा जुट्न आह्वानसमेत गरे।


Advertisment

विकास निर्माणमा चरम लापरवाहीका कारण विकास निर्माणका काम सुरु नहुँदै नष्ट हुने गरेको भन्दै उनले जलवायु परिवर्तनले खानेपानी, जलविद्युत् क्षेत्रमा असर पुगेको बताए। वातावरणलाई सुरक्षित गर्नका लागि मुख्यरुपमा पानी, कृषि र वनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै उनले परम्परागत नभएर हरित अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने, छरिएको पुँजीलाई एकीकृत गर्नुपर्ने, सहकारी समस्या समाधान गर्नुपर्ने र जलविद्युत्को अवसरलाई उपयोग हुनेमा जोड दिए । 

    डिनका अध्यक्ष कामेश्वरप्रसाद सिंहले देशमा निर्माण हुने हरेक विकास निर्माणका काम प्राकृतिकरुपमा नै सहज हुनेगरी निर्माण गर्नुपर्नेमा जोड दिँदै प्राकृतिक सम्पदाको संरक्षण गर्दै विकास निर्माणलाई दिगो बनाउने कुरामा डिनको भूमिकालाई थप प्रभावकारी बनाउने बताए । 

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x